19.2 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 227

रु. २१.१० अर्बको ट्रेजरी बिल आज बोलकबोलबाट नवीकरण गर्दै राष्ट्र बैंक

0

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल मार्फत नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १२ गते, कात्तिक १४ गते र माघ १६ गते परिपक्व हुनेछन्।

यसका लागि आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

सेयर बजारमा धेरै लाभांश दिने बिकास बैंकहरु कुन-कुन? लगानी गर्नुअघी यो अबस्य हेर्नुस्

आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने नेप्सेमा सुचिक्रित बिकास बैंकहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ ।

हाल रहेका बिकास बैंकहरुमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 बिकास बैंकहरु तल उल्लेख गरिएको छ ।

एकपल्ट धेरै लाभाम्स दिनेले सधै धेरै लाभाम्स दिन्छ भन्ने हुन्न तर यसले लगानिका लागि बिस्लेषणमा महत्वपुर्ण भूमिका खेल्छ । प्रस्तुत छ , धेरै लाभाम्स दिने टप ५ बिकास बैंकहरु :

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.
गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४.२१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. साइन रेसुङ्गा बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १४ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. मितेरी डिभलप्मेन्ट बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. लुम्बिनी बिकास बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.noबैंकको नामलाभांश (प्रतिसत )
1गरिमा बिकास बैंक लिमिटेड१४.५
2मुक्तिनाथ बिकास बैंक लिमिटेड १४.२
3साइन रेसुङ्गा बिकास बैंक लिमिटेड १४
4मितेरी डिभलप्मेन्ट बैंक लिमिटेड १३
5लुम्बिनी बिकास बैंक लिमिटेड १२
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.
महालक्ष्मी बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २१.०५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. कामना सेवा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १९.४७ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १८.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १६ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. ज्योति बिकास बैंक लिमिटेड

यस बिकास बैंकलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १५.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1महालक्ष्मी बिकास बैंक लिमिटेड २१.०५
2कामना सेवा बिकास बैंक लिमिटेड १९.४७
3मुक्तिनाथ बिकास बैंक लिमिटेड १८.५
4गरिमा बिकास बैंक लिमिटेड १६
5ज्योति बिकास बैंक लिमिटेड १५.५
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु

1.मितेरी बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. मुक्तिनाथ बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.५१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. गरिमा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १४.२१ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.साइन रेसुङ्गा बिकास बैंक लिमिटेड
यस बिकास बैंकलेआर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.एक्सेल डिभलप्मेन्ट बैंक लिमिटेड
यस बिकास बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १२।६३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.बैंकको नामलाभांश (प्रतिसत )
1मितेरी बिकास बैंक लिमिटेड १५.७९
2मुक्तिनाथ बिकास बैंक लिमिटेड १५.५१
3गरिमा बिकास बैंक लिमिटेड १४.२१
4साइन रेसुङ्गा बिकास बैंक लिमिटेड १३
5एक्सेल डिभलप्मेन्ट बैंक लिमिटेड १२.६३
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बिकास बैंकहरु

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

बजारमा धेरै लाभांश दिने निर्जिबन बिमा कम्पनिहरु कुन-कुन? सबैभन्दा धेरै १२९.६ प्रतिसतसम्म लाभांश

एनआरएनलाई पुँजीबजारमा भित्राउने तयारी गर्दै सेबोन

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउने तयारी गरेको छ । जसका लागि आबस्यक कानुनको ब्यबस्था गर्न सेबोन लागिपरेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेबोनले एनरआएनलाई पुँजीबजारमा भित्र्याउने विषयलाई प्राथमिकतामा राखिएको हो।

पुँजीबजारमा भित्र्याउन हालको व्यवस्थामा ५ लाख डलरको क्याप बाधक रहेको अवस्थामा सेबोनले उक्त कानुन परिमार्जन गर्ने तयारी गरेको हो ।

एनआरएनलाई पुजीबजारमा लगानी गर्न पाउने ब्यबस्था गर्न पहिलादेखी नै माग हुँदै आए पनि पहिलोपटक कार्वान्वयन हुन लागेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

0

वैदेशिक रोजागरीमा गएका नेपालीहरुका भनेर लागि जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ भर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ।

सन लाइफले साउन १ गतेदेखि विदेशमा काम गर्ने नेपालीका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिन्छ ।

यो कम्पनीले अंकित मूल्य रु. १०० मा रु. १३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमका रुपमा उठाउने योजना बनाएको छ।

सीडीएससीका अनुसार आइतबार साँझसम्म यो आईपीओमा २६ हजार ४७४ आवेदकबाट कुल १६ लाख ८९ हजार १७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.७६ गुणाले बढी हो।

यो जीवन बीमा कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ भने यसले जारी पुँजीको ३० प्रतिसतको आइपिओ निस्काशन गरेको हो ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

बोनस सेयरमा लाग्ने करको मिलान नगद लाभांसबाट गर्नुपर्ने

0

आर्थिक वर्ष २०८०-८१ मा बोनस सेयरमा लाग्ने करको मिलान नगद लाभांसबाट गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा उक्त निर्देशन दिने उल्लेख गरिएको छ ।

त्यस्तै बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरुको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने जनाएको छ ।

बोल्लिङर ब्यान्डको मध्यरेखाबाट नी झर्यो सेयर बजार – अब के होला ? -प्राबिधिक बिस्लेषण

सेयर बजारले बोल्लिङर ब्यान्डको मध्यरेखामा पनि सपोर्ट नलीई बजार तलतिर झरेको छ । सामान्यतया बजार मध्य रेखाबाट तल झरेमा तल्लो रेखामा सपोर्ट लिन जान्छ ।

प्राबिधिक रुपमा आज पनि बियरिस क्यान्डल बनेको छ। यसले बजार अझै घट्न सक्ने अनुमान गर्न सकिन्छ ।

एमएसिडीमा यस अघी बनेको बियरिस क्रस ओभर अहिले सम्म भ्यालिड छ । हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।

डेली बेसमा हेर्दा आरएसआई हाल ४९ को न्युट्रल जोनमा रहेको छ।

पिभटमार्फत बजारको अबको पहिलो सपोर्ट २०८५ को विन्दुमा रहेको देखिन्छ। त्यहाँबाट पनि बजार खस्छ भने दोस्रो सपोर्ट २०४५ र २००० मा लिन सक्छ।

बजार बढेमा पिभट पोइन्ट अनुसार २१६४, २२०५ र २२८४ मा क्रमशः पहिलो, दोश्रो र तेश्रो रेसिस्टेन्स रहेको देख्न सकिन्छ ।

ब्रोकर कमिसनलगायत सेयर कारोबारको लागत घटाउन अध्ययन गर्दै धितोपत्र बोर्ड

0

। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर कारोबार लागत घटाउन प्रयास गर्ने भएको छ । त्यसका लागि उसले अध्ययन गर्ने भएको हो ।

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयर कारोबार लागत घटाउने कुरालाई उठाएको छ ।

धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरुले लिने शुल्क सम्बन्धमा अध्ययन गरिने नीति तथा कार्यक्रममा प्रस्ताब गरिएको छ।

यो नीतिअनुसार सेबोनले सेयर कारोबारका क्रममा लगानीकर्ताले ब्रोकरलाई तिर्ने कमिसन, मर्चेन्ट बैंकिङ लिने शुल्क, नेप्सेले पाउने कमिसनलगायतका विषयमा अध्ययन गर्ने तयारी गरेको हो।

२६ अङ्कले घट्यो सेयर बजार, लघुबित्तका लगानिकर्ताले गुमाए

0

आज सेयर बजार २६ अङ्कले घटेको छ । १.२२ प्रतिसतले घटेर आज सेयर बजार २१०० को बिन्दुमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनीमध्ये १८ कम्पनीको मुल्य आज बढेको छ भने १८९ कम्पनिको मुल्य घटेको छ ।

आज नेप्सेमा २ अर्ब ५० करोड भन्दा माथिको कारोबार भएको छ । पिपल्स पावर , सुपर माइ हाइड्रो , सिनर्जी पावर लगायत केही म्युचुवल फन्ड ले सर्बाधिक कमाएको छ ।

त्यस्तै मनकामना स्मार्ट लघुबित्त , अभियान लघुबित्त , हिमालयन लघुबित्त , रावा ईनर्जी डिभलप्मेन्ट कम्पनी लगायतका कम्पनिले सर्बाधिक गुमाएका छन ।

आज सर्बाधीक कारोबार हुने कम्पनीहरुमा सिभम सिमेन्ट, सोल्टी होटेल , एभरेस्ट बैंक , हिमालयन डिस्टिलरी ,सुर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनी लगायतका कम्पनिहरु रहेका छन ।

चारगुणाले घट्यो नेपाल टेलिकमको रोमिङ महसुल

0

नेपाल टेलिकमको रोमिङ महसुल चार गुणा सम्मले घटाएको छ।

सञ्चारमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले रोमिङ महसुल चारगुणाले घटाएको हो।

योसँगै अब नेपाल टेलिकमको रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्दै आएमा अब ७ रुपैयाँमात्रै लाग्नेछ। अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस २४ रुपैयाँ लाग्दै आएकोमा अब ७ रुपैयाँमात्रै लाग्नेछ।

थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट १३५ रुपैयाँ लाग्दै आएको थियो। अब भने प्रतिमिनेट ५० रुपैयाँमात्रै लाग्ने नेपाल टेलिकमले भनेको छ। यस्तै थाइल्यान्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँदा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने छ।

त्यस्तै हाल प्रतिएमबी ४० रुपैयाँ लाग्दै आएको नेपाल टेलिकमको सिमबाट डाटा शुल्क अब घटाएर अब प्रतिएमबी ५ रुपैयाँ कायम गरिएको छ।

राष्ट्र बैंकलाई सिबिफिनले दियो ८ बुँदे सुझाव-मौद्रिक नीति सकारात्मक

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति सकात्मक भएको प्रतिकृया जनाएको छ । समग्र अर्थतन्त्रलाई चलायमान बनाउन प्रयत्न गरिएको भन्दै आफ्नो धारणा सार्वजनिक गरेको छ।

सिबिफिन आज सुझावसहितको एक विज्ञप्ति जारी गर्दै भनेको छ – ‘समग्र अर्थतन्त्रमा देखिएका चुनौती र समस्याहरुको सम्बोधन र समाधान मौद्रिक नीतिबाट मात्रै हुँदैन भन्ने तथ्य जगजाहेरै छ’, विज्ञप्तिमा भनिएको छ, ‘तथापि वित्तीय एवं व्यावसायिक क्षेत्रको समस्याहरुको दिगो समाधान गर्नका लागि केही व्यवस्थाहरु सकारात्मक भए पनि सरोकारवाला पक्षहरुले पेस गरेका अन्य महत्वपूर्ण सुझावहरु राष्ट्र बैंकले आगामी निर्देशनमार्फत अवश्य पनि सम्बोधन गर्नुपर्ने देखिन्छ।’

नेपालको वर्तमान आर्थिक अवस्थाको सूक्ष्म मूल्यांककनसहित सिबिफिनले राष्ट्र बैंकसमक्ष ८ बुँदे सुझाव पनि पेस गरेको छ। ती सुझावको सम्बोधन हुन सकेमा सुदृढ अर्थतन्त्रको निर्माणमा ठूलो सहयोग पुग्ने सिबिफिनले जनाएको छ। ‘राष्ट्र बैंकले आगामी दिनमा ती सुझावमा आवश्यक सम्बोधनसहित कार्यान्वयनमा पहलकदमी लिनेछ भन्ने अपेक्षा छ’, सिबिफिनले भनेको छ।

यस्ता छन् सिबिफिनका सुझाव

  1. संस्थापक सेयरलाई क्रमिक रुपमा सर्वसाधारण सेयरमा रुपान्तरण गर्र्दै जाने बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को व्यवस्थालाई कार्यान्वयन गरिनुपर्दछ। यसले पुँजी निर्माण र परिचालनमा मात्र होइन, बैंकर्स र व्यवसायी छुट्टाउने नीतिलाई समेत सहयोग पुग्दछ।
  2. साना कर्जामा जोखिम भार कम गरिएको विषय स्वागतयोग्य रहेको छ। यसले घरेलु, साना तथा मझौला उद्योगहरुलाई कर्जा पहुँचमा सहजता प्रदान गरी आर्थिक गतिविधिहरुलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्नेछ। तथापि ठूला किसिमका कर्जामा समेत क्षेत्रगत सीमा तोकिसकेको अवस्थामा थप जोखिम भार हटाइँदा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार भई अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ। 
  3. ३ महिनेजस्तो छोटो अवधिको निक्षेपलाई समेत मुद्दतिमा गणना गर्न पाउने व्यवस्थाले बचत निक्षेपसमेत मुद्दतिमा रुपान्तरण भइरहेको र सो कारणले बैंक तथा वित्तीय संस्थाहरुको कस्ट अफ फन्ड बढिरहेको छ।  धेरै छोटा अवधिका मुद्दति निक्षेपको व्यवस्थाले दीर्घकालीन कर्जा विस्तारमा समेत अवरोध सिर्जना गरिरहेको हुँदा यस्तो व्यवस्थालाई हटाउनु मनासिव देखिन्छ।
  4. उत्पादनशील क्षेत्रलाई २ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने व्यवस्था सकारात्मक भए पनि बैंकलाई अन्य किसिमका शुल्कलगायतमा नियन्त्रण गरिनु उचित देखिँदैन।
  5. आर्थिक वर्ष २०७९–८० को कर्जा विस्तार केवल ३.६ प्रतिशतमा सीमित भएको र यो अत्यन्तै न्यून भएको तथा यसले बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो कर्मचारी तथा सञ्चालन खर्च धान्न नसकिने हुँदा कर्जा विस्तार ११.५ प्रतिशतको लक्ष्यअनुरुप हासिल गर्नका लागि पुँजी पर्याप्तता, जोखिम वहन र क्षेत्रगत सीमालगायतका व्यवस्थाहरुमा थप लचिलो हुन अत्यन्तै जरुरी देखिन्छ।
  6. हाल विद्यमान बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको अवस्था साँघुरिँदै गएको अवस्थामा र ती बैंक तथा वित्तीय संस्थाहरुले नै डिजिटल सेवा दिइरहेको अवस्थामा थप डिजिटल बैंकिङको लाइसेन्स दिइनु हुँदैन।
  7. तोकिएमा समयमा ब्याज नबुझाउँदासमेत छुट दिनुपर्ने व्यवस्थाले ब्याज नतिर्ने प्रवृत्तिलाई आश्रय पुगिरहेको हुँदा त्यस्तो व्यवस्थामा तत्काल हटाउनु मनासिव देखिन्छ। 
  8. बैंक तथा वित्तीय संस्थाहरुमाथि गरिएका अराजक गतिविधिहरुको नियन्त्रणका लागि  गरिएको व्यवस्था सकारात्मक र स्वागतयोग्य रहेको छ।