20.4 C
Nepal
Wednesday, September 18, 2024

कवाडी कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

सेयर बजारमा टोपी लगाउने भन्ने भनाइ एकदमै प्रचलित भनाइ हो । सेयर बजारमा मान्छेहरु कमाइन्छ भनेर आउछन तर गुमाइरहेका हुन्छन । कमाउन भनेर आएका मनिसहरु आफु सँग भएको नि गुमाएपछी पुर्पुरोमा हात लगाएर बस्नु बाहेक केही बाँकी रहन्न । किन त्यस्तो हुन्छ र के गर्ने त यसबाट बच्न ? यसबारे हामी यहाँ केही चर्चा गर्ने छौ ।

किन त्यस्तो हुन्छ त् ? हल्लाको भरमा सेयर किन्नाले ,आफुले अध्ययन ,अनुसन्धान नगरि सेयर किन्नाले , अरुको लहैलहैमा लागेर नराम्रा कम्पनी किनेसी होल्ड इज गोल्ड भन्दै बस्नाले ,पिक प्राइस अर्थात उच्च मुल्यमा सेयर किन्नाले आदी कारणले कमाउन भनेर सेयर बजार छिरेको मान्छे डुबिरहेको हुन्छ । के छ त यसबाट बच्ने उपाय ? केही उपायको हामी तल चर्चा गर्दैछौ ।

हल्लाका भरमा सेयर नकिन्नुस्
अक्सर लगानीकर्ताहरुले आधारभुत(फन्डामेन्टल) पक्षहरु नहेरी सेयर बजारमा हल्लाका भरमा सेयर किन्ने गरेको पाईएको छ । सेयर बजारमा मान्छेहरु आफुले सेयर किनेसी यो कम्पनी बड्छ, बूम बूम हुन्छ , किन्नुस् भन्दै सामाजिक सन्जालमा हल्ला मच्चाउने गर्दछन । जता ततै हल्ला भईरहेको हुन्छ अनी सेयरको मुल्य नि बढीरहेको हुन्छ त्यही समयमा नयाँ लगानिकर्ताहरुले नि सेयर किन्छन तर सेयर खातामा आईनसक्दै कम्पनिको मुल्य घटिसकेको हुन्छ । त्यसरी सेयर घट्न थालेपछी भनिने एक दमै प्रचलित शब्द हो “होल्ड इज गोल्ड” ।

सेयरको मुल्य घटिरहेको हुन्छ तरपनी भनिन्छ होल्ड इज गोल्ड , एक दिन सेयर बढेर नै जाने हो भनेर सान्त्वना दिईन्छ । तर हल्लाको भरमा किनेका सेयर अक्सर घाटामा गएका, कम कित्ता भएका र खेलाडिले चलाएर मुल्य बढाएका हुन सक्छन । खेलाडिले चलाएर मुल्य बढाएका कम्पनीहरु जब खेलाडी बाहिरिन्छन तब त्यो स्टकको मुल्य यसरी घट्छ कि तपाईं ऐया पनि भन्न पाउनुहुन्न ।

यहा १०० रुपैया वास्तविक मुल्याङ्कन भएका कम्पनी खेलाडिले १५०० पुगाएका हुन्छन २०० वास्तविक मुल्य भएका कम्पनिलाई उचालेर २००० भन्दा माथि पुर्याएका हुन्छन । ति कम्पनीहरु खेलाडीले बेच्ने बित्तिकै सोही मुल्यका आसपास आईपुग्छन । तपाइले त्यो कम्पनी उच्च मुल्यमा किन्नु भएको हुन्छ किनकी हल्ला बेच्ने बेलामा धेरै हुन्छ किन्ने बेलामा यसरी हल्ला नै हुँदैन । त्यसैले तपाईं धेरै ठुलो घाटामा जानुहुन्छ ।

अर्को खराब भनाइ “मुल्य घटेर के भयो त कित्ता घटेको छैन नि”
हामीले सुन्दै आइरहेको भनाइ हो कित्ता घटेको छैन , मुल्य घटेर के भयो र ? यो खराब भनाइ हो यदी तपाईंले ॠण खोजेर लगानी गर्नु भएको छ, बैंकमा ब्याज तिर्नु पर्छ अथवा गाउघरमा सयकडा २ रुपैया ब्याजले ॠण लिनु भएको छ भने सो भनाइले तपाईं आँफैलाई खरानी बनाउन सक्छ ।

महिनाकै ब्याज पनि तिर्नु अनी उता स्टकको मुल्य घटेर झनै तनाब कसरी सहन सक्नु र ? यदी बजार बियरिस भयो भने तपाईंलाई धेरै गाह्रो पर्न सक्छ । त्यसैले उचित समयमा किन्ने र उचित समयमा बेच्ने गर्नुस् , तपाईंको आफ्नै पैसा होइन र बजार बियरिस भयो भने याद गर्नुस् २० लाख घाटा खानु भन्दा २ लाख मात्रा घाटा खानु बुद्धीमानी ठहर्छ । आफ्नै पैसा हो र लगानी गर्नु भएको हो भने धेरै बोनस (सेयर ) दिन सक्ने कम्पनिमा तपाईं लागानी गर्न सक्नु हुन्छ । तपाईंको सम्पत्ति कम्पाउडिङ भएर दिर्घकालिन रुपमा फाईदा नै हुन्छ ।

कवाडी कम्पनिमा लगानी नगरनुस्
तपाईंले यदी घाटामा गएका कम्पनिमा लगानी गर्नु भयो भने तपाईंले कमाउने भन्दा गुमाउने सम्भाबना धेरै हुन्छ । तपाईंले त्यस्तो कम्पनिमा लगानी गर्दा क्षणिक रुपमा कागजी नाफा देखिए पनि तपाईंलाई हुने भनेको घाटा नै हो । त्यसैले घाटामा गएका कम्पनीमा लगानी नगरनुस् । यदी तपाईं ट्रेडर हो भनेको बेला प्राबिधिक बिस्लेषण गरेर किन्न बेच्न जान्नु हुन्छ , किन्न बेच्न सबै गर्न पर्फेक्ट हुनुन्छ भने यो जानकारी तपाईंको लागि होइन । कसरी थाहा पाउने त घाटामा गएका कम्पनी भन्ने थाहा छैन भने आर्थिक कागज डट कम वेभसाइट हेर्नुस् हामिले घाटामा गएका कम्पनी को लिस्ट प्रकासित गरेका हुन्छौ । यो पढ्नुस् घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

त्यसो भए कस्तो कम्पनिमा लगानी गर्ने त ?
तपाईं लगानी गर्ने बेलामा कम्पनी कस्तो छ भन्ने जान्नका लागि फन्डामेन्टल एनालाइसिस गर्नुपर्ने हुन्छ । तर यदी त्यो आउँदैन भने तपाईं कम्तिमा प्रती सेयर आम्दानी ईपियस हेर्नुस् ईपीयस भनेको सामान्य भाषामा प्रत्यक सेयरले कती कमाइरहेका छन भन्ने हो । यो कम्पनिको नाफालाई सम्पुर्ण सेयर सङ्ख्याले भाग गरेर निकालिन्छ । साथमा नेटवर्थ हेर्नुस् । नेटवर्थले कम्पनिको वास्तविक मुल्याङ्कन दिन्छ । नेटवर्थ भनेको कम्पनिको सम्पूर्ण सम्पत्तिबाट कम्पनिको सम्पूर्ण दाहित्व घटाएर निकालिन्छ । यो हेर्नका लागी यो लिन्क हेर्नुस् बजारका सम्पूर्ण कम्पनिको आधारभुत पक्षहरु एकैठाउमा , सम्पूर्ण कुराको जानकारीको लागि हेर्नुस् यो

अझ तपाईं वास्तवमै लगानी सुरक्षित गर्न चाहनुहुन्छ भने ईपियस ३० भन्दा माथि भएका कम्पनिमा लगानी गर्नुस् । ईपियस ३० भन्दा माथि हुनु भनेको सामान्य अर्थमा १००को लगानिमा ३० भन्दा बढी नाफा कमाउनु हो । आँफै सोच्नुस् १०० को लगानिमा ३० भन्दा बढी कमाउछ भने त्यसले प्रतिफल पनि राम्रै बाड्छ । त्यसका लागिको माथिको लिन्क बाट ईपियस ३० भन्दा माथि भएका कम्पनी छनोट गर्नुस् । यस्तो राम्रो कम्पनिमा लगानी गर्दा दिर्घकालमा तपाईं कम्पाउन्डिङको शक्ती देख्नु हुनेछ । यदी छान्न कठिनाइ हुन्छ भने तपाईं आर्थीक कागजमा हेर्न सक्नु हुन्छ जहाँ ईपियस ३० माथिका कम्पनीको लिस्ट तयार परेका हुन्छौ। यो पढ्नुस् प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

तर यदी ईपियस ३० भन्दा मुनिको सेयर खरिद गर्न चाहनुहुन्छ भने याद गर्नुस्, कम्पनिको ईपियस मनी इनफ्लेसन ( मुद्रा स्फीति ) भन्दा बढी भएका कम्पनीमा मात्र लगानी गर्नु होला । अर्थात यदी कुनै कम्पनिको ईपियस २ वा ३ वा ५ लगायत छ , मानौ इन्फ्लेसन ९ छ र तपाईं त्यो कम्पनिमा लगानी गर्नु भनेको तपाईं घाटामा हुनु हो । यदी इन्फ्लेसन ९ छ भने ईपियस ९ भन्दा बढी भएको कम्पनी मात्र किन्नुस् , सकेसम्म इन्फ्लेसन र ईपियसको फरक बढी होस । मानौ इन्फ्लेसन ९ छ ,भने ईपियस १५ जती होस ।

याद गर्नुस्, हिमालयन डिस्टिलरी १२०० बाट ७००० हाराहारी पुग्नुको मुख्य कारण ईपियस नै थियो । त्यती बेला कम्पनिको ईपियस १०० को आसपास थियो । जुन कम्पनिले बढी कमाउछ , त्यसले तपाईंलाई पनि बढी नै दिन्छ ।

HDL

कती बेला किन्ने त ?

त्यसो भए ईपियस ३० भन्दा माथि भएका तथा अन्य राम्रा कम्पनी जहिले किन्दा नि हुन्छ त ? हामी भन्छौ हुँदैन । तपाईंले भ्यालुएसन हेर्नुपर्नेछ । ति कम्पनीहरु कतै ओभरभ्यालुड त छैनन? यदी तपाईंले यि राम्रा कम्पनीहरु पनि बजार पिकमा हुँदा (बुझ्नको लागि ३२०० हुँदा) किन्नु भयो त तपाईंलाई घाटा नै हुन सक्छ तर याद राख्नुस् यस्ता धेरै ईपियस भएका कम्पनिमा दिर्घकालिन लगानी हो भने नाफा चाँही दिन्छ तर तपाईंले लामो समय कुर्नु पर्छ । त्यो भन्दा राम्रो तपाईं ओभरप्राइस्ट भएको बेला नकिन्नुस् , अन्डर प्राइस्ड भाएको बेला किन्नुस् वा फेयर प्राइस वा फेयर भ्यालुमा किन्नुस् । आँफै फेयर भ्यालु पत्ता लगाउन सक्नु हुन्छ भने ठिकै छ नत्र आर्थिक कागज हेर्दै गर्नुस् । हामी तपाईंलाई सहयोग गर्नेछौ ।

फेरी तपाईंलाई लाग्ला अन्डर प्राइस्ड भको कसरी थाहा पाउने ? त्यो थाहा पाउने सजिलो उपाय हो पिई रेसियो हेर्ने । पिई रेसियो १५ भन्दा कम भएका कम्पनिलाई अनडर भ्यालुड मानिन्छ । तर कसैले पिई १० मुनिलाई समेत अन्डर प्राइस्ड भन्ने गर्छन् तर राम्रा कम्पनीको पिई रेसियो धेरै तल नआउन पनि सक्छ । कुनै सेक्टरको पिई भने अझै माथि बाट नै बजार फर्किन सक्छ । थप बिस्लेषणका लागि आर्थिक कागज हेर्दै रहनु होला ।

बियरमा कती झर्छ सेयर बजार ?
बुल यदी बियरमा पारीणत भयो भने जहाँबाट बजार बड्न सुरु भएको हो र जहाँ सम्म पुग्छ त्यसको सामान्यतया ५० देखी ६० प्रतिसतसम्म घट्छ भन्ने मानिन्छ । तर बजार जहाँबाट बढ्न सुरु भएको हो त्यही बिन्दु सम्म पनि झर्न सक्छ ।

मानौ बजार सुरुबाट १००० पोइन्ट बढ्योभने बजार बियर हुँदा ५०० देखी ६०० पोइन्ट घट्न सक्छ । बजार ३२०० हुँदा जानकार तथा खेलाडीले किन बजार १८०० मा आउछ भने तपाईंलाई थाहा छ ? र किन त्यहिसम्म आयो थाहा छ? त्यो भनेको बढेको पोइन्टको ६० प्रतिसतको घटाइ हो । त्यही ६० प्रतिसत घट्छ भन्ने सोचेर उनिहरुले बजार १८०० मा आउछ् भनेका हुन ।

६० प्रतिसतको घटाइ पछी बलियो सपोर्ट हुन्छ भन्ने मानिन्छ । तर यो भन्दा मुनी बजार कहिल्यै जादैन भन्ने चाही हैन । पछील्लो दुई बुलको कुरा गर्दा बजार ३०० बाट १८०० हाराहारी पुगेर बजार घट्दा ५० प्रतिसतले घटेको थियो त्यसपछी बढेर ३२०० सम्म पुगेको थियो र त्यसपछीको बजारको बुलमा ११०० बाट ३२०० सम्म झर्दा पुगेर बजार झर्दा ६० प्रतिसतले बजार घटेर १८०० सम्म आएको थियो ।

एकपल्ट लगानी गरेसी हुन्छ? कि कम्पनी हेरिरहनु पर्छ ?
एकपल्ट माथिका कुराहरु हेरेर लगानी गरेसी बर्सौसम्म आँखा चिम्लेर बस्नु हुन्न । यदी आफुले किनेको कम्पनिले राम्रो पर्फर्मेन्स गर्न छोड्यो वा घाटामा जान थाल्यो वा आफुले लगानी गर्दा भएको ईपीयस भन्दा धेरै कम ईपियस भयो भने त्यो कम्पनिबाट बाहिरिनु उचित हुन्छ ।

मानौ कुनै कम्पनिको ईपियस तपाईंले लगानी गर्दा ६० थियो र दुईबर्ष पछी त्यसको ईपियस घट्न थाल्यो , मानौ ईपियस २० मा आयो भने त्यस्तो कम्पनिलाई बेच्ने तर्फ सोच्नु उचित हुन्छ र सो रकम त्यस्तै राम्रो ईपियस भएको, राम्रो डिभिडेन्ट, बोनस दिन सक्ने कम्पनीमा लगानी गर्नु उत्तम हुन्छ ।


उदाहरणका लागी नेपाल लाइफ इन्सुरेन्स केही समय अघी रु ७०० बाट २९०० हाराहारी मुल्य पुग्दा (२२०० एडजस्टेड मुल्य) पुग्दा राम्रो पर्फर्मेस थियो ईपियस र रिसर्भ राम्रो थियो ,राम्रो बोनस दीईरहेको थियो , जब ईपियस एकदमै घट्यो त्यसको मुल्य घटेर ५०० को आसपास आइपुग्यो । कम्पनी एकपल्ट घाटामा नै गयो भने नि हुन्छ । यसरी राम्रो कम्पनि पनी घाटामा जान सक्छ त्यस्तो कम्पनी बाट बाहिर निस्केर राम्रो कम्पनिमा लगानी गर्नु उचित देखिन्छ । कम्पनि घाटामा गएको वा पर्फमेन्स राम्रो गरे, नगरेको हेर्न आर्थिक कागज हेर्दै गर्नुस् , आर्थिक कागजले बिभिन्न रिपोर्टहरु निकालिरहेको हुन्छ ।

यदी तपाईं प्राबिधीक बिस्लेषण पनि हेर्न चाहनु हुन्छ ,तपाइलाई टेक्निकल अनालाइसिसको विश्वाश लाग्छ , टेक्निकल अनालाइसिसको पनि सहयोग लिन्छु भन्नु हुन्छ भने हामी टेक्निकल अनालाइसिस पनि गरिरहेका हुन्छौ । यो हेर्नुस् नेप्सेको सम्पूर्ण बिष्लेषण एकैठाउमा

यसरी राम्रो ईपियस भएको, राम्रो बोनस ,डीभीडेन्ड दिन सक्ने कम्पनी फेयर भ्यालुमा वा उचित मुल्यमा किन्न सक्नु भयो र होल्ड गर्नु भयो भने तपाईंलाई सेयरबाट करोडपती बन्न इन्द्रेको बाउ चन्द्रेले नि रोक्न सक्दैन । कम्पनिको मुल्य पिकमा पुगेको बेला सेयर नकिन्नुस् , बजारले किन्ने मौका अबस्य दिन्छ । यहाँ हामीले सामान्य बुझ्ने भाषामा बुझाउने कोसिस गरेका छौ । यसलाई अझ गहिरोसँग बुझ्न आर्थिक कागज हेर्दै गर्नु होला । हामी तपाईंलाई यस्ता खुराकहरु पस्किरहने छौ ।

लेखक आर्थिक कागजका सम्पादक देबेन्द्र लुइटेल हुनुन्छ ।

यो बाइ सेल रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो , लगानी गर्नु अघी आफु पनि अध्ययन, अनुसन्धान गर्नुहोला । यो बिशेष लेख ट्रेडरका लागि हैन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here