काठमाडौँ । सुपर मादी हाईड्रोपावर लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ४ गते साधारण सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
५% बोनस सेयर र ०.२६४२% नगद लाभांश प्रस्ताव
आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीले सेयरधनीलाई
- ५ प्रतिशत बोनस सेयर,
- कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश
वितरण गर्ने प्रस्ताव सभामा पेस गर्नेछ।
२ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँ पुग्नेछ। उक्त पुँजीको आधारमा २ः१ अनुपातमा, रु. १०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ।
वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र लेखापरीक्षक नियुक्ति
सभामा निम्न प्रस्तावहरुमा छलफल हुनेछ–
- आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल र पारित
- लेखापरीक्षकद्वारा प्रस्तुत वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरुको पारित
- आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण
बुक क्लोज मिति
कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म आफ्नो सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ।
यसअनुसार–
- मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनी मात्र साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।




