21.1 C
Nepal
Friday, November 21, 2025

कृषि विकास बैंकको १९ औं साधारण सभा मंसिर २९ गते, १२.५०% लाभांश पारित गर्ने एजेण्डा

spot_imgspot_imgspot_img

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा मंसिर २९ गते आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट साधारण सभा गर्ने निर्णय गरेको हो।

यस वर्ष बैंकले सेयरधनीहरूका लागि कुल १२.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसअन्तर्गत ३.२५ प्रतिशत बोनस सेयर तथा ९.२५ प्रतिशत नगद लाभांश हुनेछ। साथै अविमोच्य अग्राधिकार सेयरधनीहरूलाई तोकिएअनुसार चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश पारित गरिने एजेण्डा राखिएको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ। साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here