21.1 C
Nepal
Friday, November 21, 2025

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मंसिर २६ गते साधारण सभा, १३% लाभांश पारित गर्ने एजेण्डा

spot_imgspot_imgspot_img

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सञ्चालक समितिको मंसिर ४ गते बसेको ३२०औं बैठकले मंसिर २६ गते बुटवलस्थित होटल सेफ्रन सिकेमा अपरान्ह १२:३० बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो।

सभामा बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश पारित गरिनेछ।

यससँगै, बैंकलाई अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने/गाभिने कार्यका लागि पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। साथै नियमनकारी निकायबाट निर्देशित भएअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई हस्तान्तरण गरिनेछ।

सभामा गत आवको सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा संलग्न अनुसूचीहरू छलफल गरी पारित गरिनेछन्। त्यस्तै, आव २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा उहाँको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन्।

साधारण सभाले बैंकको लाभांश, गाभिने प्रक्रिया र आगामी रणनीतिक निर्णयहरूलाई औपचारिकरूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here