15.6 C
Nepal
Saturday, October 26, 2024

५३ अङ्कले घट्यो नेप्से , बजार २००० तर्फको यात्रामा – नेप्से प्राबिधिक बिस्लेषण

आज साताको चौथो दिन बुधवार सेयर बजार ५३।७ अङ्कले घटेको छ । आज २।५ प्रतिसतले घटेर २०९७ को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज १८ कम्पनिको मुल्य बढेको छ भने २०७ कम्पनिको मुल्य घटेको छ ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोएर बजार तलतर्फ फर्किन खोजेको देख्न सकिन्छ । सामान्यतया यदी बजारले माथिल्लो रेखालाई रेसिस्टेन्स बनाउछ भने तल्लो रेखा सम्म जान सक्छ।

एमएसिडिले बाइ सिग्नल कायम छ । बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।हिस्टोग्रामहरु छोटा हुन थालेको छ जसले सतर्क हुनुपर्ने सङ्केत गर्छ ।

आरएसआइ ६० को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ६०को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

फिबोनेसी रेसियो अनुसार अब बजार घटेमा पहिलो सपोर्ट २०१२ दोश्रो सपोर्ट १९६४ देखिएको छ यद्दपी यदी ०।३८ बाटै बजार फर्किए २०६० लाई सपोर्ट बनाउनेछ जसको सम्भाबना कम देखिन्छ ।

इलियट वेभ अनुसार बजारले इम्पल्सिभको वेभ सक्काएर करेक्सनको चरणमा बजार रहेको देखिन्छ ।

हामिले यस अघिको बिस्लेसणमा बजार घट्न सक्ने भनेर बिस्लेशण गरेका थियौ । यो हेर्नुस् ३५ अङ्कले घट्यो नेप्से अब के होला , नेप्से प्राबिधिक विश्लेषण

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here