19.9 C
Nepal
Sunday, September 28, 2025

३५ अङ्कले घट्यो नेप्से अब के होला , नेप्से प्राबिधिक विश्लेषण

spot_imgspot_imgspot_img

आज साताको चौथो दिन बुधवार सेयर बजार ३५.३७ अङ्कले घटेको छ । आज १.६२ प्रतिसतले घटेर २१५० को बिन्दुमा बजार बन्द भएको छ । आज बजारमा ५ अर्ब ९७ करोडभन्दा माथिको कारोबार भएको छ ।

नेप्सेमा आज ३६ कम्पनिको मुल्य बढेको छ भने १८८ कम्पनिको मुल्य घटेको छ । त्यस्तै १ कम्पनिको मुल्य घटबढ भएको छैन ।

प्राबिधिक बिस्लेशण
नेप्सेले बोलिङ्गर ब्यान्डको माथिल्लो रेखालाई छोएर बजार तलतर्फ फर्किन खोजेको देख्न सकिन्छ । सामान्यतया यदी बजारले माथिल्लो रेखालाई रेसिस्टेन्स बनाउछ भने कम्तिमा मध्य बिन्दु सम्म जान सक्छ।

मएसिडिले बाइ सिग्नल कायम छ । बजार अल्पकालिन बुल नै रहेको सन्केत गर्छ ।हिस्टोग्रामहरु छोटा हुन थालेको छ जसले सतर्क हुनुपर्ने सङ्केत गर्छ ।

आरएसआइ ७० को बिन्दुमा छ । बजार ७८को बिन्दुसम्म पुगेर फेरी फर्केर ७०को बिन्दुमा कायम भएको छ । आरएसआइमा ३० को बिन्दुलाई ओभरसोल्ड र ७० को बिन्दुलाई ओभरबाइको रुपमा लिइन्छ ।

फिबोनेसी रेसियो अनुसार अब बजार घटेमा पहिलो सपोर्ट २११३ दोश्रो सपोर्ट २०५७ तेश्रो सपोर्ट २०११ चौथो सपोर्ट १९६६

इलियट वेभ अनुसार बजारले इम्पल्सिभको चौथो वेभको करेक्सन सक्काएर पाचौ वेभ चलिरहेको अवस्था रहेकोमा आजबाट बजार झर्न थालेकोले यदी भोलीबाट पनि तल तर्फ नै झरेमा ५ सक्काएर करेक्सन तर्फ लागेको बुझ्न सकिन्छ ।

नोट : यो लगानिको लागि बाइ सेल रिकोमेन्डेसन होइन ।सेयर बजार जोखिमको क्षेत्र हो त्यसैले लगानी गर्नुअघी आँफैले अध्ययन गर्नु होला ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here