8.7 C
Nepal
Thursday, December 11, 2025

एभरेष्ट कलर लिमिटेडले मंसिर २९ गते साधारण सभा, आईपीओ निष्कासनका प्रस्ताव पारित गर्ने

spot_imgspot_imgspot_img

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आईपीओ निष्कासनका लागि महत्वपूर्ण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते भक्तपुरको कौशलटारस्थित त्रिशक्ति ब्याङ्क्वेटमा बिहान १० बजेबाट साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने प्रस्ताव अनुमोदन गर्ने र आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ।

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। एभरेष्ट कलरले आफ्नो ३ करोड ९० लाख रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरमा ७ लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने तयारी गरेको छ।

यस आईपीओका लागि केयर रेटिङ्स नेपाल लिमिटेडले ‘CARE-NP BB– (IS)’ तथा ‘Double B Minus (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको मध्यम जोखिम क्षमता संकेत गर्दछ।

साधारण सभाबाट प्रस्तावित विषयहरू पारित भएसँगै कम्पनीको आईपीओ प्रक्रिया औपचारिकरूपमा अघि बढ्नेछ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here