काठमाडौं — काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पर्दा देशभर सेयर कारोबार बन्द गरिने व्यवस्थाप्रति लगानीकर्ता शिव चन्द्रले असन्तुष्टि व्यक्त गरेका छन्।
उनले काठमाडौँ केन्द्रित निर्णयले मोफसलका लगानीकर्तामाथि अन्याय भइरहेको उल्लेख गर्दै “नेपाल धितोपत्र बोर्ड हो कि काठमाडौँ धितोपत्र बोर्ड?” भन्ने प्रश्न उठाएका छन्।
उनका अनुसार देशभरबाट अनलाइन प्रणालीमार्फत सेयर कारोबार भइरहेको वर्तमान अवस्थामा काठमाडौँमा मात्र बिदा हुँदा सम्पूर्ण बजार बन्द गर्नु उपयुक्त नभएको बताएका छन्।
यसले काठमाडौँ बाहिर रहेका लगानीकर्ताको पहुँच र अधिकारमा असर पर्ने भन्दै उनले सम्बन्धित निकायले यस विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
विशेषगरी नेपाल स्टक एक्सचेञ्ज जस्तो डिजिटल प्लेटफर्ममार्फत कारोबार भइरहेको अवस्थामा भौगोलिक आधारमा बजार बन्द गर्नु व्यवहारिक नदेखिएको उनको भनाइ छ।
लगानीकर्ताहरूबीच पनि यस विषयमा बहस बढ्दै गएको छ भने बजार सञ्चालन प्रणालीलाई अझ समावेशी र देशव्यापी बनाउने माग उठ्न थालेको छ।




