24.4 C
Nepal
Monday, September 16, 2024

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

लाईफ इन्सुरेन्स कम्पनीहरुले यो बर्ष खासै ब्यापार गर्न सकेनन । उत्साहजनक ब्याबसाय गर्न नसकेपछी यो बर्ष यि कम्पनिको बेहाल भएको छ ।
कुनै पनि कम्पनिको कमाइ प्रतिसेयर १० सम्म नि छैन । प्रतिसेयर आम्दानी १० भन्दा कम हुनु भनेको कम्पनिको लागि राम्रो हैन ।

अधिकाम्स कम्पनिको प्रतिसेयर आम्दानी १० भन्दा मुनी रहेको छ । सबै भन्दा धेरै प्रतिसेयर आम्दानी रहेको गुरास लाइफ इन्सुरेन्सको ईपियस ९.५९ रहेको छ भने दोश्रो धेरै रिलायन्स लाइफ इन्सुरेन्सको ९. २८ रहेको छ । त्यस्तै प्राइम लाइफको ईपियस ८.९१ रहेको छ । एसियन लाइफ इन्सुरेन्सको ईपियस ८.२३ छ भने प्रभु लाइफको ८.२३ रहेको छ ।


यसै गरी नेसनल लाइफको ईपियस ७.८९ रहेको छ भने युनियन लाइफको प्रतिसेयर आम्दानी ७.३७ छ । यस्तै सुर्य ज्योतिको प्रतिसेयर आम्दानी ७.४३ रहेको छ , नेपाल लाइफको प्रतिसेयर आम्दानी ७.२५ छ । सानीमा लाइफको प्रतिसेयर ५.१२ रहेको छ भने लाइफ इन्सुरेन्स कम्पनिको प्रतिसेयर आम्दानी ४.२ रहेको छ ।

केही समय अगाडि इन्सुरेन्सको प्रिमियम तिर्न नसकेपछी ठुलो रकमको बिमा पोलिसी सरेन्डर भएको थियो ।

लगानिकर्ताले लगानी गर्ने भनेको कमाउनको लागि हो तर लगानी गरेको ठाउँबाट कम्तिमा इन्फ्लेसन रेट भन्दा बढी रिटर्न आउनु पर्छ । तर अध्ययन ले इन्फ्लेसन भन्दा बढी रिटर्न अधिकाम्स कम्पनिले दिन नसक्ने देखिन्छ । नेपालको सन २०२३ को इन्फ्लेसन रेट ८ प्रतिसतको हाराहारीमा रहने अनुमान गरिएको छ ।

लाइफ इन्सुरेन्स कम्पनिको पिई रेसियो ३५ देखी ३७३ सम्म रहेको पाइयो । पिई रेसियो भनेको कती बर्षमा हालको कमाइका दरले कमाइ हुँदा आफ्नो लगानी फिर्ता आउछ भन्ने हो । यसर्थ यि कम्पनीहरुमा अहिलेको मुल्यमा लगानी गर्दा यदी ईपियस यस्तै रहेमा आफ्नो लगानी उठाउन कम्तिमा ३५ बर्षदेखी बढीमा ३७३ बर्ष लाग्ने कम्पनीहरु बजारमा रहेका छन । पिई रेसियो हेर्नुस् टेबलमा ।

जिबन बिमा कम्पनिको रिटर्न अन ईक्विटी घटिमा ४ देखी बढीमा लगभग ८ रहेको देखिन्छ । हेर्नुस् टेबलमा ।

यि कम्पनीहरुको बुक भ्यालु १०५ देखी बढीमा १५६ रहेको देखिन्छ । हेर्नुस् टेबलमा रहेको विवरण ।

समग्रमा लङ टर्म लगानिका हिसाबले कुनै पनि कम्पनी बजारमा मुल्यमा किन्नु उचित नहुने जस्तो देखिन्छ किनकी यि कम्पनिहरु पिई पनि बढी र कमाइ एकदमै कम देखियो ।

हेर्नुस् टेबलमा जिबन बिमा कम्पनिको बारे एक झलक

यसरी समग्रमा जिबन बिमा समुहले राम्रो पर्फर्मेन्स गर्न नसकेको देख्न सकिन्छ । हुन त आर्थीक मन्दिको अवस्थाले सबै तिर असार गरेको देखिन्छ तर जिबन बिमा समुहमा बढी नै असार परेको देखिन्छ त्यसैले जिबन बिमा समुहका कम्पनिले आफ्नो रणनितीलाई समयानुकुल बनाउनु पर्ने देखिन्छ। साथै आगामी दिनमा कम्पनिको बित्तिय स्थिती चुस्त र सबल बनाउन नयाँ रणनिती लिनुपर्ने र नयाँ प्रोडक्टहरु ल्याउनुपर्ने देखिन्छ ।

नोट : यो बाइ सेल रेकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी अगर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नु होला । यो रिपोर्ट तेश्रो चौमासिकलाई आधार बनाएर तयार पारीएको हो । यो जानकारी ट्रेडरका लागि हैन ।

यो पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here