21.7 C
Nepal
Thursday, September 19, 2024

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

हामीले अध्ययन तथा अनुसन्धान गर्दै गर्दा यस्तो तथ्य फेला पार्यौ कि बिकास बैंक समुहमध्ये सबैभन्दा कम नेटवर्थ भएको नारायणी डिभलोपमेन्ट बैंक लिमिटेड कम्पनीको बजार मुल्य भने सबैभन्दा बढी रहेको पाइएको छ । यो कम्पनी अहिले घाटामा रहेको छ । जसले आफ्नो नेटवर्थ यसरी घटाएको छ र घाटामा गएको कम्पनिको बजार मुल्य कसरी सबै भन्दा बढी भयो अचम्म लाग्दो बिषय रहेको छ ।

यसको नेटवर्थ वा बुक भ्यालु ४६.०६ रहेको छ जुन बिकास बैंक समुहका बैंकहरुमध्येकै सबै भन्दा कम हो ।

हामीले हेर्दै जादा यसले दुइपल्ट १०० प्रतिसतको दरले हकप्रद सेयर जारी गरेको पाइयो । तर कपनिले हकप्रदबाट उठाएको पैसा सदुपयोग गरेको पाइएन । जसको कारण यो कम्पनी अहिले घाटामा छ र नेटवर्थ पनी बिकास बैंकसमुहका बैंकमध्ये सबैभन्दा कम रहेको पाईयो ।

समरण रहोस् बोनस र डिभिडेन्ड कम्पनिले कमाएर तपाईंलाई दिने हो , राइट सेयर भनेको तपाईंबाट कम्पनिले पैसा लिने हो ।

नारायणी डिभोलोपमेन्ट कम्पनिको हालको बजार मुल्य ४३७को हाराहारिमा छ । तर यसको ईपियस भने माइनसमा छ , यसको ईपियस माइनस १६.७१ रहेको छ । यो भनेको १०० को लगानीमा १६ रुपैया घाटा हुन्छ यो कम्पनिलाई ।

यसै पनि नेटवर्थ ४६ रहेको फेरी यो कम्पनिले यसरी नै घाटामा रहने हो भने कम्पनी जिरोमा आउन धेरै लामो समय नलाग्न सक्छ ।

यसको पिई माइनस २६ रहेको छ भने रिटर्न अन ईक्विटी माइनस ३६ रहेको छ । यसको नन पर्फमिङ लोन ४.८१ यानिकी झन्डै ५ प्रतिसत रहेको छ ।

यसको चुक्ता पुजी २६ करोड २४ लाख सटसठठी हजार ६ सय रहेको छ । यसको फेस भ्यालु १०० हो र नेटवर्थ ४६ हुनु भनेको यो कम्पनीमा लागानी गरिएको १४ करोड १७ लाख ३२ हजारको हाराहारी रकम बालुवामा पानी अथवा खरानी भईसकेको छ । अब कम्पनिले दिन सक्ने भनेको कमाएर हो तर ईपियस पनि नेगेटिभ रहेको छ भने लगानीकर्तालाई के दिन्छ, कसरी दिन्छ ?

यो बिकास बैंकका संचालकहरुलाई यो सल्लाह तथा सुझाब छ कि कम्पनिलाई चुस्त दुरुस्त राख्न र आफ्नो कम्पनिको आर्थिक स्थिती राम्रो बनाउन आजबाटै लाग्नुस् नत्र तपाईंको लगानी बालुवामा पानी हुन धेरै समय नलाग्ला ।

नोट : यो बाइ सेल रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । लगानी गर्नु अघी आफ्नै अध्ययन अनुसन्धान गार्नुहोला ।यो रिपोर्ट तेश्रो चौमासिकमा आधारित छ ।

यो पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here