20.3 C
Nepal
Thursday, April 23, 2026
Home Blog Page 228

अपि पावरको हकप्रद साउन ३१ गतेदेखि खुल्दै

0

अपि पावर कम्पनी लिमिटेडले ४० हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले साउन ३१ गतेबाट १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि असार २२ गते बुकक्लाेज गरेकाे थियाे त्यसैले असार २१ सम्म कायम सेयर धनीले हकप्रद भर्न पाउनेछन ।

साउन ३१ गते, बुधबारबाट निष्कासन गरिने उक्त हकप्रद सेयरमा भदाै १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ ।

त्यस्तै कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

३० हजार मानिस कालोसूचीमा

कालोसूचीमा पर्नेको संख्या निकै बढेको पाइेको छ । भुक्तानीका लागि काटिएका चेक रकम अभाबमा बाउन्स हुँदा र लोन तिर्न नसक्दा डिफल्ट भएर कालोसूचीमा पर्नेको संख्या बढेको हो ।

कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्षमा चेक बाउन्स र बैंकको ऋण तिर्न नसकेका कारण कालोसूचीमा पर्नेको संख्या २९ हजार ८७६ पुगेको छ ।

अघिल्लो आवमा कालोसूचीमा पर्नेको संख्या १२ हजार ४०३ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका थिए ।यो एक वर्षको अवधिमा १७ हजार ४१० ले बढी हो ।

कुनै पनि कम्पनी वा व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्ने अवधि ९० दिनभन्दा बढी भएमा त्यस्तो ऋणी कालोसूचीमा पर्ने गर्छ ।

आर्थिक समस्याका कारणले चेक बाउन्सका साथै लोन डिफल्टका घट्ना बढ्दै गईरहेक छ ।

चेक काट्ने तर उक्त चेक साट्न जादा रकम पर्याप्त नभई फिर्ता भएमा पनि ब्यक्ती कालोसुचीमा पर्छ । यदी तिन पटक सम्म चेक साट्न जादा पनि चेक नसाटिएमा जसको नाममा चेक काटिएको हो उसले सम्बन्धित बैंकलाई निबेदन दिनु पर्छ । बैंकले चेक जारी गर्ने ब्यक्तीलाई ७ दिनको सुचना दिने गर्दछ । यदी उक्त समयमा पनि खातामा रकम जमा गरेर चेकको भुक्तानी नगरेमा चेक जारी गर्ने कालोसुचिमा पर्छ ।

स्वस्तिक लघुवित्तको आईपीओ आउँदै

0

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ ल्याउने भएको छ। यसका लागि आबस्यक प्रकृया सुरु भएको छ ।

संस्थाले अधिकृत पूँजीको ४० प्रतिशतले हुन आउने आईपीओ ल्याउन लागेको हो । यसका लागि संस्थाले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्तको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान नपा–८ मा रहेको छ। स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आइरहेको छ।

एक विज्ञप्ति जारी गर्दै नबिल इन्भेस्टमेन्ट स्वस्तिक लघुबित्तको आइपिओको लागि पूर्वतयारी भईरहेको र पूर्व तयाती सकिएपछी नियामक निकायहरुबाट सेयर निस्कासनका लागि अनुमतिका मागिने उल्लेख गरिएको छ ।

फेरी बढ्यो सुनको मुल्य

0

नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ३५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ४० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

मिड सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

0

आजबाट मिड सोलु हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलेको छ।

कम्पनीको जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ७ करोड ४८ लाख ४० हजार रुपैयाँबराबरको सेयर स्थानियलाई बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले स्थानीयका लागि छुट्याइएको कुल कित्तामध्ये ५ लाख ६१ हजार ३०० कित्ता सेयर आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ११ का बासिन्दालाई जारी गरेको छ। बाँकी १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीयका लागि बिक्री खुला गरिएको छ।

त्यस्तै आम सर्वसाधारणका लागि जारी गर्ने कुल ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ७४ हजार ८४० कित्ता सेयरमा भने विदेशमा रहेका श्रमिकले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा स्थानीय र विदेशमा रहेका श्रमिकले अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने न्युनतम १० कित्ता भर्न सक्नेछन ।

स्थानीयका लागि जारी हुने आईपीओको निष्कासन बन्दी छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन २८ गतेसम्म आवेदन दिन पाउनेछन्।

किन बढेन हाइड्रोको सेयर ? लाभाम्स ईतिहास कस्को कती ?

अरु सबै कम्पनीको मुल्य नेप्से १८०० देखी २२०० माथि पुग्दा बढेको भएतापनी अहिलेसम्म हाइड्रो पावर सेक्टर बढेको छैन । यसको कारणहरु बारे बिभिन्न चर्चाहरु भईरहेको छ ।
यसका बिभिन्न कारणहरु मध्ये केहीको चर्चा गर्ने प्रयासमा छौ ।
१. लाभाम्स क्षमता कम हुनु : यहाँ रहेका धेरै कम्पनीहरुले लाभाम्स दिने क्षमता राख्दैनन । कुनै हाइड्रो निर्माणकै चरणमा छन भने केही निर्माण पुरा भएर भर्खर बिध्युत उत्पादन गर्ने चरणमा छन , यस्ता लाभाम्स नदिने कम्पनीहरु लगानीकर्ताको रोजाइमा नपर्दा पनि यसको माग कम हुन गई मुल्य बढ्न सकेको छैन ।


२. यो सेक्टरमा धेरै कम्पनिहरु हुनु : यो कम्पनीमा धेरै कम्पनीहरु रहेका छन । जसले यसको पुजी धेरै भएको छ । धेरै पुजी भएको सेक्टर सेयर खेलाडीले चलाउन गाह्रो हुन्छ र उनिहरु यस्तो सेक्टरमा चासो राख्दैनन । त्यसैले खेलाडीको रोजाइमा नपरेकोले पनि यो सेक्टर नबढेको केही लगानिकर्ताले अनुमान गरिरहेको पाइेको छ ।
३. आधारभुत रुपमा कमजोर : लगानी कर्ताले लगानी गर्नु अघी आधारभुत पक्षहरु केलाउने गर्दछ । केही कम्पनी बाहेक धेरै जस्तो हाइड्रोपावरको आधारभुत पक्ष कमजोर देखिदा , लगानी कर्ताको नजरमा पर्न नसकेकोले यसको मुल्य बढन नसकेको अनुमान गरिन्छ ।

४. आबस्यक करेक्सन नसकिनु : अन्य सेक्टरहरु हाइड्रोपावरको तुलनामा धेरै करेक्सन भएको देखिन्छ तर हाइड्रो सेक्टरले अझै आबस्यक करेक्सन नसकेको हुँदा आफ्नो करेक्सन सकाएपछी मात्र यो सेक्टर बढ्ने अनुमान गरिएको छ ।
समग्रमा फन्डामेन्टल्ली राम्रो नभएका कम्पनी लगानिकर्ताहरुको रोजाइमा नपर्नु र धेरै पुजी भएकोले ट्रेडर तथा सेयर खेलाडीको नजरमा नपरेका कारण हालसम्म यस्को मुल्य धेरै नबढेको पाईन्छ ।


यहाँ हामी यि बिभिन्न कम्पनीहरुको लाभाम्स ईतिहासको चर्चा गर्न जादैछौ । बिगत ३ बर्षमा यि कम्पनीले दिएको लाभाम्सबारे यहाँ देखाइएको छ । हाइड्रो पावर सेक्टरमा धेरै कम्पनीहरु भए नि अन्यले हाल सम्म लाभाम्स नदिएको देखिएकोले लाभाम्स दिने कम्पनीहरु (२५) मात्र तल प्रस्तुत गरिएको छ ।

Company2076/20772077/20782078/2079
AHPC5.26%10.53%8.42%
AKPL6.00%17.89%10.00%
API9.00%11.05%7.89%
BARUN5.26%
BHDC5.03%
BPCL25.00%20.00%12.50%
CHCL20.00%15.00%15.00%
CHL5.26%
KPCL15.79%
MEN10.53%
MHL5.00%
NGPL10.53%21.05%5.00%
NHDL15.79%7.37%5.03%
NHPC19.50%
PPCL7.00%
RADHI36.50%
RHPC5.26%12.60%
RIDI42.10%
RRHP12.60%
RURU10.53%10.53%
SHPC15.00%10.53%5.26%
SIKLES10.53%
SPDL5.00%10.53%
UMHL5.26%7.37%
UMRH10.53%

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

बजारमा धेरै लाभांश दिने निर्जिबन बिमा कम्पनिहरु कुन-कुन? सबैभन्दा धेरै १२९.६ प्रतिसतसम्म लाभांश

बजारमा धेरै लाभांश दिने निर्जिबन बिमा कम्पनिहरु कुन-कुन? सबैभन्दा धेरै १२९.६ प्रतिसतसम्म लाभांश

आज हामी यहाँ नेप्सेमा सुचिक्रित निर्जिबन बिमा कम्पनीको लाभाम्स ईतिहासबारे चर्चा गर्न गईरहेका छौ । निर्जिबन बिमा कमनीको इतिहासलाई केलाउदा सबैभन्दा धेरै लाभाम्स १२९.६ प्रतिसत बाडेको देखिन्छ ।

तीन बर्षको लाभाम्स ईतिहासमा सबै भन्दा बढी लाभाम्स दिने ५ कम्पनिको बारेमा चर्चा गर्नेछौ । आशा छ , यसले तपाईंलाई लगानिको लागि केही सहयोग गर्नेछ । एक्पल्ट धेरै लाभाम्स दिने कम्पनीले सधैं धेरै लाभाम्स दिन्छ भन्ने हुँदैन तर अध्ययन अनुसन्धानका लागि सहयोग अबस्य पुग्नेछ ।

निर्जिबन जिबन बिमाको ईतिहासमा सबै भन्दा बढी लाभाम्स सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडले २०६८-७९ मा १२९.६ प्रतिसत दिएको देखिन्छ जुन हाल सम्मकै सर्बाधिक लाभाम्स रहेको देखिएको छ ।

त्यस्तै दोश्रो सर्बाधिक लाभाम्स दिनेमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले आर्थिक बर्ष २०६२-६३ मा १२०.२७ प्रतिसत लाभाम्स दिएको देखिन्छ ।

त्यस्तै गरी तोश्रो सर्बाधिक लाभाम्स सगरमाथा इन्सुरेन्सले नै आर्थिक बर्ष २०७४-७५ मा ८६ प्रतिसत दिएको देखिन्छ त्यस्तै चौथो धेरैमा प्रिमियर इन्सुरेन्स कम्पनिले ८४ प्रतिसत लाभाम्स बाडेको देखिन्छ ।

अब हामी अघिला ३ आर्थिक बर्षमा सर्बाधिक लाभाम्स बाड्ने, आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 नन लाइफ इन्सुरेन्सको बारेमा चर्चा गर्दैछौ ।

आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु
1.
शिखर इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १६.८४ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2.नेको इन्सुरेन्स लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4. सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १३.०५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5. एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १०.५३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.noइन्सुरेन्सको नामलाभांश (प्रतिसत )
1शिखर इन्सुरेन्स कम्पनी लिमिटेड १६.८४
2नेको इन्सुरेन्स लिमिटेड १५.७९
3 प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड १५
4सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड १३.०५
5एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड १०.५३
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्स

आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु
1.सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड

यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई २१.५३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. सिद्धार्थ इन्सुरेन्स लिमिटेडनेको इन्सुरेन्स लिमिटेड
यि दुई कम्पनिले उस्तै लाभाम्स दिएका छन । यि इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई १५.७९ प्रतिसत डिभिडेन्ट दिएका छन ।

3.प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई १५ प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.  प्रभु इन्सुरेन्स लिमिटेड
यस इन्सुरेन्सलेआर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

S.No.इन्सुरेन्सको नामलाभांश (प्रतिसत )
1सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेड२१.५३
2सिद्धार्थ इन्सुरेन्स लिमिटेड / नेको इन्सुरेन्स लिमिटेड १५.७९
3प्रिमियर इन्सुरेन्स कम्पनी लिमिटेड१५
4नेपाल इन्सुरेन्स कम्पनी लिमिटेड११.५८
5 प्रभु इन्सुरेन्स लिमिटेड११.५८
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु

आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु

1.शिखर इन्सुरेन्स कम्पनी लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २९.२३ प्रतिसत डिभिडेन्ट दिएको छ ।

2. नेको इन्सुरेन्स लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १६.३२ प्रतिसत डिभिडेन्ट दिएको छ ।

3. सिद्धार्थ इन्सुरेन्स लिमिटेड १५.७८
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १५.७८प्रतिसत डिभिडेन्ट दिएको छ ।

4.सगरमाथा कम्पनी इन्सुरेन्स लिमिटेड
यस इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ११.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।

5.प्रभु इन्सुरेन्स लिमिटेड र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड
यि दुई कम्पनिले उस्तै लाभाम्स दिएका छन । यि इन्सुरेन्सले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १०.५३ प्रतिसत डिभिडेन्ट दिएका छन ।

S.No.इन्सुरेन्सको नामलाभांश (प्रतिसत )
1शिखर इन्सुरेन्स कम्पनी लिमिटेड२९.२३
2नेको इन्सुरेन्स लिमिटेड१६.३२
3सिद्धार्थ इन्सुरेन्स लिमिटेड १५.७८
4सगरमाथा कम्पनी इन्सुरेन्स लिमिटेड११.५८
5प्रभु इन्सुरेन्स लिमिटेड१०.५३
5एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेड १०.५३
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने इन्सुरेन्सहरु

नोट: केही इन्सुरेन्स कम्पनीहरु मर्जर भएका छन । जस्तै प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच मर्जर भएको छ । हामीले तत्कालिन समयमा उक्त कम्पनीहरुले दिएको लाभाम्सका आधारमा यो रिपोर्ट बनाएका छौ । कतिपय कम्पनिहरु मर्ज भईसकेका हुन सक्छन ।

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

नेपाल एयरलाइन्सले ऋण नतिरेपछि सञ्चय कोषको आक्रोश – भन्छ अब एक रुपैया थप्दैनौ

0

कर्मचारी सञ्चय कोष नेपाल एयरलाइन्ससँग आक्रोशित भएको छ । हवाइजहाज किन्न दिएको ऋण समयमै नतिरेपछि कोषले आक्रोश पोखेको हो ।

नेपाल एयरलाइन्सलाई ४ वटा जहाज किन्न दिएको २२ अर्ब ऋण बढेर २९ अर्ब रुपैयाँ रिण छ । पछिल्ला दिनमा निगमले ३ पटक गरी झन्डै ३ अर्ब रुपैयाँ ऋण तिरेको छ ।

सन्चय कोष त्यही ॠणको कारण तनाबमा छ तर हामीलाई ॠण तिर्न सक्दैनौ भन्ने , बाहिर चाँही हामीले ऋण तिर्‍यौँ भनेर प्रसार गरिराख्ने रबैयाले हामीलाई दुखी बनाएको छ – एक उच्च तहका प्रसासकले भने ।

एयरलाइन्सले पैसा नतिरेपछि सन्चय कोषले सो कर्जाको संभावित जोखिम व्यवस्थाका लागि ठुलो रकम छुट्याएको छ । जसले गर्दा सञ्चयकर्ताले प्राप्त गर्ने लाभ घटेको छ ।

अब कोषले एयर्लाइन्सलाई थप ॠण प्रदान गर्न सक्दैन । एक रुपैया दिन पनि धेरै सोच्नु पर्ने स्थिती एयरलाइन्सले ल्याएको कोष श्रोतको भनाइ छ ।

५० लाखसम्मको सेयरकर्जामा जोखिम भार घट्यो , अब १५० बाट १०० प्रतिशत कायम

0

नेपाल राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड १५० बाट घटाएर १०० प्रतिसत बनाएको छ ।

राष्ट्र बैंकले शुक्रबार इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०७९ परिमार्जन गर्दै अबबाट ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड कम गरेको हो ।

यो भन्दा पहिला २५ लाखसम्ममा १०० प्रतिशत लागू थियो ।

राष्ट्र बैंकले क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५/२००७ को ३.३ को i को ९ संशोधन गरी यो व्यवस्था गरेको हो ।

२५ लाखभन्दा बढी ऋण लिनेलाई प्यान अनिवार्य

0

बैंक तथा वित्तीय संस्थाहरुले छुट्टाछुट्टै वा एकमुष्ट गरी २५ लाख वा सोभन्दा बढी कर्जा लिने ब्याक्तिका लागि स्थायी लेखा नम्बर अनिबाय रुपमा लिनु पर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका २०७९ परिमार्जन गर्दै यो ब्यबस्था लागु गरिएको हो ।

यो भन्दा पहिला ५० लाखको ॠण लिदा मात्र स्थायी लेखा नम्बर चाहिन्थ्यो ।

संशोधित व्यवस्था अनुसार ऋणी एउटै समूहअन्तर्गत पर्ने भएमा त्यस्तो समूहले २५ लाख वा सोभन्दा बढी रकमको कर्जा लिएको अवस्थामा उक्त समूहअन्तर्गतको कुनै व्यक्तिलाई २५ लाखभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपरेको अवस्थामा समेत अनिवार्य रुपमा प्यान लिएको हुनुपर्नेछ ।