20.7 C
Nepal
Thursday, September 19, 2024

किन बढेन हाइड्रोको सेयर ? लाभाम्स ईतिहास कस्को कती ?

अरु सबै कम्पनीको मुल्य नेप्से १८०० देखी २२०० माथि पुग्दा बढेको भएतापनी अहिलेसम्म हाइड्रो पावर सेक्टर बढेको छैन । यसको कारणहरु बारे बिभिन्न चर्चाहरु भईरहेको छ ।
यसका बिभिन्न कारणहरु मध्ये केहीको चर्चा गर्ने प्रयासमा छौ ।
१. लाभाम्स क्षमता कम हुनु : यहाँ रहेका धेरै कम्पनीहरुले लाभाम्स दिने क्षमता राख्दैनन । कुनै हाइड्रो निर्माणकै चरणमा छन भने केही निर्माण पुरा भएर भर्खर बिध्युत उत्पादन गर्ने चरणमा छन , यस्ता लाभाम्स नदिने कम्पनीहरु लगानीकर्ताको रोजाइमा नपर्दा पनि यसको माग कम हुन गई मुल्य बढ्न सकेको छैन ।


२. यो सेक्टरमा धेरै कम्पनिहरु हुनु : यो कम्पनीमा धेरै कम्पनीहरु रहेका छन । जसले यसको पुजी धेरै भएको छ । धेरै पुजी भएको सेक्टर सेयर खेलाडीले चलाउन गाह्रो हुन्छ र उनिहरु यस्तो सेक्टरमा चासो राख्दैनन । त्यसैले खेलाडीको रोजाइमा नपरेकोले पनि यो सेक्टर नबढेको केही लगानिकर्ताले अनुमान गरिरहेको पाइेको छ ।
३. आधारभुत रुपमा कमजोर : लगानी कर्ताले लगानी गर्नु अघी आधारभुत पक्षहरु केलाउने गर्दछ । केही कम्पनी बाहेक धेरै जस्तो हाइड्रोपावरको आधारभुत पक्ष कमजोर देखिदा , लगानी कर्ताको नजरमा पर्न नसकेकोले यसको मुल्य बढन नसकेको अनुमान गरिन्छ ।

४. आबस्यक करेक्सन नसकिनु : अन्य सेक्टरहरु हाइड्रोपावरको तुलनामा धेरै करेक्सन भएको देखिन्छ तर हाइड्रो सेक्टरले अझै आबस्यक करेक्सन नसकेको हुँदा आफ्नो करेक्सन सकाएपछी मात्र यो सेक्टर बढ्ने अनुमान गरिएको छ ।
समग्रमा फन्डामेन्टल्ली राम्रो नभएका कम्पनी लगानिकर्ताहरुको रोजाइमा नपर्नु र धेरै पुजी भएकोले ट्रेडर तथा सेयर खेलाडीको नजरमा नपरेका कारण हालसम्म यस्को मुल्य धेरै नबढेको पाईन्छ ।


यहाँ हामी यि बिभिन्न कम्पनीहरुको लाभाम्स ईतिहासको चर्चा गर्न जादैछौ । बिगत ३ बर्षमा यि कम्पनीले दिएको लाभाम्सबारे यहाँ देखाइएको छ । हाइड्रो पावर सेक्टरमा धेरै कम्पनीहरु भए नि अन्यले हाल सम्म लाभाम्स नदिएको देखिएकोले लाभाम्स दिने कम्पनीहरु (२५) मात्र तल प्रस्तुत गरिएको छ ।

Company2076/20772077/20782078/2079
AHPC5.26%10.53%8.42%
AKPL6.00%17.89%10.00%
API9.00%11.05%7.89%
BARUN5.26%
BHDC5.03%
BPCL25.00%20.00%12.50%
CHCL20.00%15.00%15.00%
CHL5.26%
KPCL15.79%
MEN10.53%
MHL5.00%
NGPL10.53%21.05%5.00%
NHDL15.79%7.37%5.03%
NHPC19.50%
PPCL7.00%
RADHI36.50%
RHPC5.26%12.60%
RIDI42.10%
RRHP12.60%
RURU10.53%10.53%
SHPC15.00%10.53%5.26%
SIKLES10.53%
SPDL5.00%10.53%
UMHL5.26%7.37%
UMRH10.53%

सेयर बजार सम्बन्धी यि जानकारी पनि हेर्नुस् , छुटाउनु भएको त छैन ?

बैंकको सेयरलाई के भयो यस्तो ? ८ वटा बैंकको सेयर मुल्य नेटवर्थ नजिक -लङ टर्मका लागि फाईदाजनक

झन्डिमार कम्पनी किन्न बन्द गरौ, सेयरबाट कमाउने हो-टोपी लाउने हैन, सेयरबाट करोडपती बन्नुस्…

प्रती सेयर आम्दानी ३० भन्दा माथि भएका १८ कम्पनी जसले तपाईंलाई बनाउन सक्छ मालामाल

घाटामा रहेका यि ४३ कम्पनिहरु, १००मा ७२ घाटामा जानेदेखी ६ रुपैया नेटवर्थसम्मका कम्पनी, लगानिकर्ता फस्ने सम्भाबना – लगानी गर्नु अघी ध्यान दिनुस्

घाटामा रहेको नेटवर्थ सबैभन्दा कम भएको बिकास बैंक जसको बजार मुल्य सबैभन्दा बढी , के देखेर लगानी गरे त ?

लाईफ इन्सुरेन्स कम्पनीहरुको बेहाल, कुनै कम्पनिले पनि १००को लगानिमा १० पनि नाफा कमाउन सकेनन

होटल सेक्टरका कम्पनिको सम्पूर्ण नालिबेली , हेर्नुस् कुन कम्पनी कस्तो?

नेपाली सेयर बजारमा धेरै लाभांश दिने लघुबित्तहरु कुन-कुन? लगानी गर्नु अघी अबस्य हेर्नुस्

नेपाली सेयर बजारमा धेरै लाभांश दिने बैंकहरु कुन ? लगानीको निर्णय लिनु अघी, यो अबस्य हेर्नुस्

बजारमा धेरै लाभांश दिने निर्जिबन बिमा कम्पनिहरु कुन-कुन? सबैभन्दा धेरै १२९.६ प्रतिसतसम्म लाभांश

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here