सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०७९–८०मा खुद नाफा,रिजर्भ र ईपीएस बढेको छ।
बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षक नाफा भन्दा १०.४१ प्रतिशतले बढी हो।
यस अबधिमा वितरणयोग्य मुनाफा ९८ करोड ६० लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ३० करोड रुपैयाँ भएको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रुपैयाँ भएको छ।
बैंकको रिजर्भको आकार ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो बर्षको भन्दा २४.५१ प्रतिशतले बढी हो ।
यस अवधिमा बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३.१९ प्रतिशत पुगेको छ। बैंकको वार्षिकीकत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १५.५९ रुपैयाँ कायम भएको छ।
पीई रेसियो ११.१० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५०.०८ रुपैयाँ रहेको छ।
आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने लघुबित्तहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ । हाल लगभग 62 वटा लघुबित्तहरु छन , त्यसमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 लघुबित्तहरुहरु तल उल्लेख गरिएको छ ।
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु 1.नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ७३.७८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2.उपकार लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ६५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. आधिखोला लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4. सिवाइसी नेपाल लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.no
बैंकको नाम
लाभांश (प्रतिसत )
1
*नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सस्था लिमिटेड
७३.७८
2
उपकार लघुबित्त बित्तिय सस्था लिमिटेड
६५
3
आधिखोला लघुबित्त बित्तिय सस्था लिमिटेड
३१.५८
4
सिवाइसी नेपाल लघुबित्त बित्तिय सस्था लिमिटेड
३१.५८
5
फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड
३०
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
*नष्डो समृद्ध लघुवित्तले ७३.७८ प्रतिसत लाभांश दिने निर्णय गरेपनी राष्ट्र बैंकले स्विक्रिती नदिएपछी संशोधित लाभांश नबाड्ने लघुवित्तले निर्णय गरेको छ ।
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु 1. जिबन बिकास लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ७३.६८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. महिला लघुबित्त बित्तिय सस्था यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ५० प्रतिसत डिभिडेन्ट दिएको छ ।
3.नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ४५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.फर्वार्ड लघुबित्त बित्तिय सस्था यस लघुबित्तले आर्थिक बर्ष २०७७-७८ मा लगानिकर्तालाई ४२ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. स्वाबिमान लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३४ प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.No.
बैंकको नाम
लाभांश (प्रतिसत )
1
जिबन बिकास लघुबित्त बित्तिय सस्था लिमिटेड
७३.६८
2
महिला लघुबित्त बित्तिय सस्था
५०
3
नेशनल माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड
४५
4
फर्वार्ड लघुबित्त बित्तिय सस्था
४२
5
स्वाबिमान लघुबित्त बित्तिय सस्था लिमिटेड
३४
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
1.जनउत्थान सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ५२ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३१.५८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. वोमी माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.छिमेक लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २९ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5.ग्लोबल आइएमई लघुबित्त बित्तिय सस्था लिमिटेड यस लघुबित्तले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २८.९ प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.No.
लघुबित्तको नाम
लाभांश (प्रतिसत )
1
जनउत्थान सामुदायिक लघुबित्त बित्तिय सस्था लिमिटेड
५२
2
फर्वार्ड लघुबित्त बित्तिय सस्था लिमिटेड
३१.५८
3
वोमी माइक्रोफाइनान्स बित्तिय सस्था लिमिटेड
३०
4
छिमेक लघुबित्त बित्तिय सस्था लिमिटेड
२९
5
ग्लोबल आइएमई लघुबित्त बित्तिय सस्था लिमिटेड
२८.९
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने लघुबित्तहरु
साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजार २९.७१ अंकले ओरालो लागेको छ।
आज सेयर बजार २१२६.४८ को विन्दुमा बन्द भएको छ। आज करिब साढे २ अर्ब रुपैयाँको हाराहारी भएको छ।
मौद्रिक नीति सार्वजनिक भएपछिको पछिल्लो ४ कारोबार दिनमा सेयर बजार करिब १०० अंकले घटेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा घटेको छ। व्यापार समूह सर्वाधिक २.६५ प्रतिशतले घटेको छ। वित्त समूह २.२३ प्रतिशतले ओरालो लागेको छ भने बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा १.१७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०२ प्रतिशत, जलविद्युत समूहमा १.०९ प्रतिशत, लगानी समूहमा १.२९ प्रतिशत, निजीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत र अन्य समूहमा २.१२ प्रतिशतको गिरावट आएको छ।
सर्बाधिक कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको १० करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ११ लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ३ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड २२ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ८८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल र अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारी बढोत्तरी भएको छ।
यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
अब सूचीकृत संगठित संस्थाहरुलाई समयमै सूचना, जानकारी तथा विवरण पेस नगरे कारबाही गर्ने भएको छ । यसका लागि सेबोनले समयमै विवरण पेश गर्न निर्देशन दिएको छ ।
धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन दिएको हो।
अब धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ भने त्यस्तो प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ।
यसैगरी धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महिनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ। यसका साथै सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) वमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरुसहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ।
यसैगरी धितोपत्र सूचीकरण गराएका संगठित संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई ३ दिनभित्र बोर्डमा पेस गर्नुपर्नेछ।
यस्तै धितोपत्रसम्बन्धी कानुनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेस गर्नुपर्नेछ।
त्यस्ता सूचना, जानकारी तथा विवरण समयमै पेस नगरेमा आगामी दिनमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफुले गलत कदम चालेको र त्यसलाई सर्वाेच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन् ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गरेर गौतमले सरकार बनाउन आफ्नो मत दिएका थिए । सभामुख तथस्ट हुनुपर्नेमा सरकार बनाउन भूमिका खेलेको भन्दै उनको चार्को आलोचना भएको थियो । उनको उक्त कदमलाई सर्बोच्चले बदर गरिदिएको छ ।
‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वाेच्चले त्यसलाई करेक्सन गर्यो,’ उनले भने, ‘सर्वाेच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’ उनले सर्वाेच्च अदालतको फैसललाई सम्मान गर्ने बताए ।
सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए । आदेशले नैतिक संकट पर्यो नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वाेच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो (राजीनामा) हल्ला मात्रै हो ।’
मिटर ब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवानाको व्यवस्थासहित मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाले पुन: पारित गरेको छ। राष्ट्रिय सभाको बैठकले प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित विधेयक सर्वसम्मतिले पारित गरेको हो।
राष्ट्रिय सभाले यो विधेयक यसअघि नै पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले असार ३१ गते पारित गरेको थियो। राष्ट्रिय सभाबाट यसअघि पारित गर्दा ‘अध्यादेश प्रतिस्थापन विधेयक’ शब्द राखिएकामा प्रतिनिधि सभाबाट पारित गर्दा ‘विधेयक’ मात्रै राखिएको थियो।
राष्ट्रिय सभाले अध्यादेशको प्रतिस्थापन विधेयकका रूपमा पठाएकामा प्रतिनिधि सभाबाट अरू विधेयक जस्तै पारित भएर सन्देश आएपछि अध्यक्ष गणेश तिमिल्सिनाले संशोधन स्वीकार गरेर विधेयक अगाडि बढाउन आनाकानी गरेका थिए। उनले यस विषयमा महान्यायाधिवक्तासँग कानुनी परामर्श गर्न लगाएका थिए।
महान्यायाधिवक्ताले प्रतिनिधि सभाबाट विधेयक पारित गर्दा संविधान र कानुन उल्लंघन नभएको राय दिएपछि तिमिल्सिनाले बिहिबार दोस्रो बैठक राखेर संशोधन स्वीकार गरी विधेयक पुन: पारित गराएका हुन्। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि पारित विधेयक कानुनका रुपमा कार्यान्वयनमा आउनेछ।
अमेरिकाले फेरि विश्व सेयर बजारमा उथलपुथल हुने कदम चालेको छ।
निरन्तर बढ्दो महँगीका कारण फेडरल रिजर्भ बैंक (यूएस फेड) ले नीति दर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाएको हो। पछिल्लो वृद्धिपछि अमेरिकामा ब्याजदरको बेन्चमार्क ५.२५ देखि ५.५० प्रतिशतको दायरामा पुगेको छ। यो स्तर २२ वर्षअघि अर्थात सन् २००१ बराबर पुगेको हो।
यूएस फेडले बुधबार दुई दिने समीक्षा बैठकपछि नीतिगत दर वृद्धिको घोषणा गरेको हो। गत मार्च २०२२ पछि यूएस फेडले हालसम्म सम्पन्न १२ बैठकमध्ये ११ मा बेन्चमार्क ब्याज दर बढाउने कदम चालेको छ। पछिल्लो बैठकपछि फेड रिजर्भले ब्याजदर नबढाउने निर्णय गरे पनि अमेरिकामा फेरि पनि ब्याजदर बढ्न सक्ने विज्ञहरुको अनुमान थियो।
दुई दिने बैठकमा भएका निर्णयहरुबारे जानकारी दिँदै अमेरिकी फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले अमेरिकाको मुद्रास्फीति पूर्वनिर्धारित २ प्रतिशतभन्दा तल नआएसम्म ब्याजदर बढाउने बताए। अमेरिकामा बेन्चमार्क ब्याज दर रातारात ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको स्तरमा पुगेको छ। नीति दरको यो स्तर अन्तिम पटक २००७ हाउसिङ मार्केट क्र्यास हुनुअघि देखिएको थियो।
यसअघि सन् २०२३ को मार्च र मे महिनामा पनि बैंकिङ संकटका बीच अमेरिकी संघीय सरकारले ब्याजदर २५ आधार विन्दुले बढाएको थियो। यद्यपि यी दरहरु जुनमा स्थिर राखिएको थियो।
फेडले जारी गरेको विज्ञप्तिमा फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले अघिल्लो घोषणाअनुसार ट्रेजरी सेक्युरिटीजमा आफ्नो होल्डिङ घटाउन जारी राख्नेछ। तर, अमेरिकामा ब्याजदर बढाउने यो प्रक्रिया निरन्तर जारी रहेको देखिन्छ। –एजेन्सी
काठमाडौं महानगरपालिका क्षेत्रभित्र विभिन्न किसिमका सवारी साधन पार्किङ शुल्क तोकेको छ । महानगरपालिकाबाट जारी भएको आर्थिक ऐन २०८० मा भएको व्यवस्थाअनुसार पार्किङ शुल्क तोकिएको हो ।
महानगरपालिकाका अनुसार क्षेत्रगत आधारमा दुई किसिमका पार्किङ शुल्क तोकिएका छन् । पहिलो क्षेत्र (क्षेत्र नम्बर १) सडकमा स्पष्ट रेखांकन गरी, प्रवेश र बर्हिगमन फरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी आधुनिक प्रविधिको प्रयोग गरी पार्किङ शुल्क तोक्न पाइनेछ ।
क्षेत्र नम्बर १ अन्तर्गतका स्थानमा दुई पांग्रे सवारी पहिलो आधा घण्टा पार्क गर्दा १५ रुपैयाँ, प्रतिघण्टा २५ रुपैयाँ, चार पांग्रे सवारी पहिलो आधा घण्टा ५० रुपैयाँ र चार पांग्रे सवारी प्रतिघण्टा ८० रुपैयाँ लाग्ने महानगरले उल्लेख गरेको छ ।
त्यस्तै, क्षेत्र नम्बर १ मा उल्लेख भएका स्थानबाहेक महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानमा सवारीसाधन पार्किङ गर्दा दुई पांग्रेका लागि प्रतिघण्टा १५ रुपैयाँ, चार पांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र चार पांग्रेभन्दा बढीका लागि १ सय रुपैयाँ शुल्क लाग्ने महानगरले जनाएको छ ।
निजी क्षेत्रबाट निजी घरजग्गामा महानगरपालिकाबाट अनुमति लिएर व्यवसाय दर्ता गरी स:शुल्क पार्किङ व्यवसाय सञ्चालन पनि गर्न सकिने महानगरले जनाएको छ । यस्तो पार्किङको हकमा दुई पांग्रे सवारीलाई पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र पहिलो एक घण्टासम्म २५ रुपैयाँ शुल्क लिन सकिनेछ । त्यस्तै, एक घण्टाभन्दा बढीको हकमा भने हरेक १५ मिनेटका लागि थप ५ रुपैयाँ लाग्नेछ ।
त्यस्तै, निजी क्षेत्रबाट सञ्चालित पार्किङमा चार पांग्रेको हकमा आधा घण्टासम्मका लागि ४० रुपैयाँ र पहिलो एक घण्टासम्मका लागि ७५ रुपैयाँ लाग्नेछ । त्यसपछि भने हरेक १५ मिनेटका लागि थप १५ रुपैयाँ लाग्ने छ ।
लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ गर्ने गरी सञ्चालन गरिने पार्किङ व्यवसायलाई व्यवसायमा लाग्ने व्यवसाय करमा पाँच वर्षसम्मका लागि शतप्रतिशत छुट दिइने छ ।
त्यस्तै, सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिकाले तोक्न सक्ने तथा अपांगता भएका व्यक्तिका लागि कुनै पनि शुल्क लाग्ने छैन ।
निर्धारित शुल्क अनिवार्य रुपमा डिजिटल प्रणालीबाट बिलिङ हुनुपर्ने महानगरपालिकाले जनाएको छ ।