20.7 C
Nepal
Thursday, September 19, 2024

मौद्रिक नीतिपछि करिब १०० अंकले घट्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि सेयर बजार २९.७१ अंकले ओरालो लागेको छ।

आज सेयर बजार २१२६.४८ को विन्दुमा बन्द भएको छ। आज करिब साढे २ अर्ब रुपैयाँको हाराहारी भएको छ।

मौद्रिक नीति सार्वजनिक भएपछिको पछिल्लो ४ कारोबार दिनमा सेयर बजार करिब १०० अंकले घटेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा घटेको छ। व्यापार समूह सर्वाधिक २.६५ प्रतिशतले घटेको छ। वित्त समूह २.२३ प्रतिशतले ओरालो लागेको छ भने बैंकिङ समूहमा ०.९९ प्रतिशत, विकास बैंक समूहमा १.१७ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०२ प्रतिशत, जलविद्युत समूहमा १.०९ प्रतिशत, लगानी समूहमा १.२९ प्रतिशत, निजीवन बीमा समूहमा १.८७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, लघुवित्त समूहमा १.४८ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५५ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२१ प्रतिशत र अन्य समूहमा २.१२ प्रतिशतको गिरावट आएको छ।

सर्बाधिक कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको १० करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख रुपैयाँ, प्रोग्रेसिभ फाइनान्सको ६ करोड ८० लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ११ लाख रुपैयाँ, एभरेस्ट बैंकको ६ करोड ३ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ५ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ५ करोड २२ लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ४ करोड ८८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको ४ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल र अभियान लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यी कम्पनीको सेयरभाउमा ६ प्रतिशतको हाराहारी बढोत्तरी भएको छ।

यो दिन किसान लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउमा ९ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here