12 C
Nepal
Saturday, February 14, 2026

कम्पनीहरुलाई सूचना/विवरण समयमै पेस नगरे कारबाही गर्ने चेतावनी -दियो निर्देशन

spot_imgspot_imgspot_img

अब सूचीकृत संगठित संस्थाहरुलाई समयमै सूचना, जानकारी तथा विवरण पेस नगरे कारबाही गर्ने भएको छ । यसका लागि सेबोनले समयमै विवरण पेश गर्न निर्देशन दिएको छ ।

धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै संगठित संस्थाहरुलाई ४ बुँदे निर्देशन दिएको हो।

अब धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अनुसूची १४ मा उल्लेखित विवरणहरु सो त्रैमासिक अवधि समाप्त भएको ३० दिनभित्र बोर्डसमक्ष पेस गर्नुपर्नेछ भने त्यस्तो प्रतिवेदन राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेछ।

यसैगरी धितोपत्र बोर्डमा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १५ बमोजिमको वार्षिक प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ५ महिनाभित्र बोर्डमा पेस गर्नुपर्नेछ। यसका साथै सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७४ को दफा २० को उपदफा (४) वमोजिम अनुपालना प्रतिवेदनको मुख्य मुख्य बुँदाहरुसहितको प्रमाणित सारांश वार्षिक प्रतिवेदनमा समावेश गर्नुपर्नेछ।

यसैगरी धितोपत्र सूचीकरण गराएका संगठित संस्थाहरुले सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्न सक्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को अनुसूची १६ मा उल्लेखित कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तत्काल धितोपत्र बजारमा दिई ३ दिनभित्र बोर्डमा पेस गर्नुपर्नेछ।

यस्तै धितोपत्रसम्बन्धी कानुनमा उल्लेख भएका यस्ता अन्य सूचना, जानकारी तथा विवरणहरु उल्लेखित समयमा नै पेस गर्नुपर्नेछ।

त्यस्ता सूचना, जानकारी तथा विवरण समयमै पेस नगरेमा आगामी दिनमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा जरिवाना गरिने धितोपत्र बोर्डले चेतावनी दिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here