22 C
Nepal
Monday, February 17, 2025

अमेरिकाले फेरि बढायो ब्याजदर, विश्व सेयर बजारमा उथलपुथल हुन सक्ने

अमेरिकाले फेरि विश्व सेयर बजारमा उथलपुथल हुने कदम चालेको छ। 

निरन्तर बढ्दो महँगीका कारण फेडरल रिजर्भ बैंक (यूएस फेड) ले नीति दर २५ आधार विन्दु वा ०.२५ प्रतिशतले बढाएको हो। पछिल्लो वृद्धिपछि अमेरिकामा ब्याजदरको बेन्चमार्क ५.२५ देखि ५.५० प्रतिशतको दायरामा पुगेको छ। यो स्तर २२ वर्षअघि अर्थात सन् २००१ बराबर पुगेको हो। 

यूएस फेडले बुधबार दुई दिने समीक्षा बैठकपछि नीतिगत दर वृद्धिको घोषणा गरेको हो। गत मार्च २०२२ पछि यूएस फेडले हालसम्म सम्पन्न १२ बैठकमध्ये ११ मा बेन्चमार्क ब्याज दर बढाउने कदम चालेको छ। पछिल्लो बैठकपछि फेड रिजर्भले ब्याजदर नबढाउने निर्णय गरे पनि अमेरिकामा फेरि पनि ब्याजदर बढ्न सक्ने विज्ञहरुको अनुमान थियो। 

दुई दिने बैठकमा भएका निर्णयहरुबारे जानकारी दिँदै अमेरिकी फेडरल रिजर्भका प्रमुख जेरोम पावेलले अमेरिकाको मुद्रास्फीति पूर्वनिर्धारित २ प्रतिशतभन्दा तल नआएसम्म ब्याजदर बढाउने बताए। अमेरिकामा बेन्चमार्क ब्याज दर रातारात ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको स्तरमा पुगेको छ। नीति दरको यो स्तर अन्तिम पटक २००७ हाउसिङ मार्केट क्र्यास हुनुअघि देखिएको थियो। 

यसअघि सन् २०२३ को मार्च र मे महिनामा पनि बैंकिङ संकटका बीच अमेरिकी संघीय सरकारले ब्याजदर २५ आधार विन्दुले बढाएको थियो। यद्यपि यी दरहरु जुनमा स्थिर राखिएको थियो। 

फेडले जारी गरेको विज्ञप्तिमा फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले अघिल्लो घोषणाअनुसार ट्रेजरी सेक्युरिटीजमा आफ्नो होल्डिङ घटाउन जारी राख्नेछ। तर, अमेरिकामा ब्याजदर बढाउने यो प्रक्रिया निरन्तर जारी रहेको देखिन्छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here