यही साउन १८ गतेदेखि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुल्ला गर्ने भएको छ।
कम्पनीले जारीपुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशतले हुन आउने १९ लाख ८८ हजार २३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ।
कम्पनीले २ प्रतिशतले हुन आउने ३९ हजार ७६५ कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ९९ हजार ४१२ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । अब बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।
यो आईपीओ निष्कासन बन्द छिटोमा साउन २२ गते र ढिलोमा साउन ३२ गते बैंकिङ समयपछि हुनेछ।
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
गैरकानुनी ढंगले लघुवित्त वित्तीय संस्थाहरुले ऋणीको सम्पत्ति लिलामी गरेको पाइएमा कारबाही गर्ने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकमा उजुरी गर्नु पर्ने छ।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको गुनासो सुन्नको लागि राष्ट्र बैंकले अलग्गै सुनुवाइ डेस्क स्थापना गरेको छ। यदि कुनै लघुवित्तले गैरकानुनीबाट ऋणीको सम्पत्ति लिलामी गरेको भएमा सोही गुनासो सुनुवाइ डेस्कमा ऋणीहरुले आफ्ना उजुरी वा गुनासो दर्ता गर्न सक्नेछन्।
केन्द्रीय बैंकले एक सूचना जानकारी गर्दै यसबारेमा लघुवित्तका ऋणीहरुलाई समयमै गुनासो दर्ता गर्न भनेको छ । लघुवित्तले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम–व्यवसाय गर्न असहयोग गरेकोलगायत अन्य जुनसुकै गुनासो भएमा गुनासो सुनुवाइ डेस्कमा दर्ता गर्न सकिनेछ।
आफ्ना गुनासा बेलैमा दर्ता गरी सोको यथोचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणीलाई राष्ट्र बैंकले आग्रह गरेको छ।
यो डेस्कमा आफ्ना गुनासा पैसा तिर्नु नपर्ने (टोल फ्री) फोन नं. १८१०५००००२२ मार्फत टिकाउन सक्नेछन्। यस्तै राष्ट्र बैंकको अनलाइन गुनासो पोर्टल gunaso.nrb.org.np बाट वा ई–मेल gunaso@nrb.org.np मार्फत वा कार्यालय समयमा राष्ट्र बैंकको जुनसुकै कार्यालयमा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
हतियार देखाएर फिल्मी शैलीमा दिउसै एनएमबी बैंक लुट्ने गिरोहका एकजना पक्राउ परेका छन् ।
भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजय कुमार पक्राउ परेका हुन । प्रहरीले बुधबार उनलाई पक्राउ गरेको हो ।
उनलाई बुधबार महोत्तरीको मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।
महोत्तरी गाउँपालिका-२ स्थित रहेको एनएमबी बैंकको शाखामा १६ जेठमा दिउँसै ४/५ को हतियारधारी समूहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख एक हजार ४९३ रुपैयाँ तथा कर्मचारीका मोबाइल लुटेका थिए ।
नम्बर नभएको दुईवटा मोटरसाइकलमा चढेर आएका उनीहरु बैंक लुटेर फरार भएका थिए । सुरुमा ३८ लाख रुपैयाँ लुटेको कर्मचारीले भनेपनि पछि रुजु गर्दा १५ लाख १ हजार ४९३ रुपैयाँ मात्र लुटेको पुष्टि भएको थियो ।
घटना पश्चात मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिहरूको पहिचान खुलेको प्रहरीले जनाएको छ । सोही आधारमा लुटेराहरुको खोजबिन गरिरहेको प्रहरीले जनाएको छ ।
लुटेरामाथी हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा चल्नेछ ।
आज हामीले यहाँ बिगत बर्षहरुमा धेरै लाभाम्स दिने बाणिज्य बैंकहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंलाई लगानी गर्नका लागि थप सहयोग मिल्छ भन्ने अपेक्षा गरेका छौ । हाल १८ बाणिज्य बैंकहरु छन , त्यसमध्ये आफ्ना लगानिकर्तालाई खुशी पार्ने वा धेरै लाभाम्स दिने 5 बाणिज्य बैंकहरु तल उल्लेख गरिएको छ ।
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु 1.नबिल बैंक यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई ३० प्रतिसत डिभिडेन्ट दिएको छ ।
2.बैंक अफ काठमाडौं (*) यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.९५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. एभरेस्ट बैंक यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई २०.६८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4. हिमालयन बैंक यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १९.११ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. स्ट्यान्डर्ड चार्टर्ड बैंक यस बैंकले आर्थिक बर्ष २०७८-७९ मा लगानिकर्तालाई १६.५१ प्रतिसत डिभिडेन्ट दिएको छ । *बैंक अफ काठमाडौं हाल ग्लोबल आइएमई बैंक सँग मर्जर भएको छ ।
S.no
बैंकको नाम
लाभांश (प्रतिसत )
1
नबिल बैंक
३०
2
बैंक अफ काठमाडौं (*)
२०.९
3
एभरेस्ट बैंक
२०.६
4
हिमालयन बैंक
१९.१
5
स्ट्यान्डर्ड चार्टर्ड बैंक
१६.५
आर्थिक बर्ष २०७८-७९ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु 1. नबिल बैंक यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३८ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. राष्ट्रिय बाणिज्य बैंक यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई ३३ प्रतिसत डिभिडेन्ट दिएको छ ।
3.हिमालयन बैंक यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २६ प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.कृषि बिकास बैंक यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई २१ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5. सानीमा बैंक यस बैंकले आर्थिक बर्ष २०७७ -७८ मा लगानिकर्तालाई १७.८९ प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.No.
बैंकको नाम
लाभांश (प्रतिसत )
1
नबिल बैंक
३८
2
राष्ट्रिय बाणिज्य बैंक
३३
3
हिमालयन बैंक
२६
4
कृषि बिकास बैंक
२१
5
सानीमा बैंक
१७.८
आर्थिक बर्ष २०७७ -७८ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
1.नबिल बैंक यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई ३५.२६ प्रतिसत डिभिडेन्ट दिएको छ ।
2. हिमालयन बैंक यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।
3. एनआइसी एसिया बैंक यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई २० प्रतिसत डिभिडेन्ट दिएको छ ।
4.नेपाल इन्भेस्टमेन्ट बैंक यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १८.५ प्रतिसत डिभिडेन्ट दिएको छ ।
5.एनएमबी बैंक यस बैंकले आर्थिक बर्ष २०७६-७७ मा लगानिकर्तालाई १६.२ प्रतिसत डिभिडेन्ट दिएको छ ।
S.No.
बैंकको नाम
लाभांश (प्रतिसत )
1
नबिल बैंक
३५.२
2
हिमालयन बैंक
२०
3
एनआइसी एसिया बैंक
२०
4
नेपाल इन्भेस्टमेन्ट बैंक
१८.५
5
एनएमबी बैंक
१६.२
आर्थिक बर्ष २०७६-७७ मा सर्बाधिक डिभिडेन्ट दिने बैंकहरु
आज नेप्से ८ अङ्कले बढेको छ । सेयर बजार ०. ३७ प्रतिसतले घटेर २१५६ मा बन्द भएको छ ।
सेयर बजारमा आज ६७ कम्पनिको मुल्य बढेको छ भने १४१ कम्पनिको मुल्य घटेको छ ।
आज नेप्सेमा २ अर्ब ४३ करोड भन्दा माथिको कारोबार भएको छ ।
किसान लघुवित्तको आज पनि सर्वाधिक सेयर मुल्य बढेको छ । कम्पनीको आज सेयरमूल्य ६.९६ प्रतिशतले बढेर १०२५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज बाराही हाइड्रोपावर, इमर्जीङ नेपाल, बिसाल बजार कम्पनीलगायत अन्य कम्पनीको सेयर मूल्य बढेको छ ।
आज सर्बाधिक गुमाउने कम्पनिहरुमा जाल्पा लघुबित्त , युनिलिभर नेपाल ,श्रीजन्सिल लघुबित्त , पिपलस पावर लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै सर्बाधीक कारोबार गर्ने कम्पनिहरु ग्लोबल आइएमई प्रमोटर ,शिभम सिमेन्ट , नेपाल रिइन्सुरेन्स कम्पनी , हिमालयन लाइफ इन्सुरेन्स , एभरेस्ट बैंक लगायतका कम्पनीहरु रहेका छन ।
काठमाडौंको न्यूरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई ठगी गरेर फरार भएपछी सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अहिले सहकारीका अध्यक्ष अनिल खड्का लगायतलाई प्रहरिले खोजिरहेको छ ।
सहकारीका बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । बचतकर्ताले उजुरी दिएपछि संस्थाका अध्यक्षसँग त्यतिखेरै बयान लिएको थियो ।
उनले तत्कालिन समयमा बयान दिँदा आफु संस्थामा २०७५ सालदेखि प्रबन्ध निर्देशकको रुपमा काम गरेको स्वीकारेका छन् ।
उनी २०७७ पुस २५ गतेको बार्षिक साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका थिए ।
उनको बयान जस्ताको तस्तै :-
‘उक्त साधारण सभाबाट अध्यक्षमा म, उपाध्यक्षमा बिजय खड्का, सचिवमा जिवन बुढाथोकी, कोषाध्क्षमा कुम्भराज जोशी, सदस्यमा सुशिलबिक्रम राणा, सदस्यमा प्रकाश खड्का, सदस्यमा सुशिला बोहरा, सदस्यमा गोबिन्द बुढाथोकी, सदस्यमा सुवास बुढाथोकी र सदस्यमा वबिता खड्का निर्वाचित भई सहकारी संचालन गर्दै आएका थियौँ । यसै क्रममा उक्त संस्थामा बचतकर्ताहरुको संख्या बढाउने उद्देश्यले २०७८ असोज ६ गते काठमाडौ कोटेश्वरमा सहकारीकै नाममा सुबिधा काउण्टर संचालनमा ल्याएका थियौँ’ उनले बयानमा भनेका छन् ‘उक्त काउण्टरमा हालसम्म करिब १५० जना बचतकर्ताहरु थिए । उक्त काउण्टरमा बचतकर्ताहरुले जम्मा गरेको रकमको अवधी पूरा भएपछि बचतकर्ताहरु पैसा झिक्न एकैसाथ आएको र सहकारीमा जम्मा भएको रकम ऋण प्रवाह गरेको हुँदा बचतकर्तालाई रकम फिर्ता गर्न सकिरहेको थिएन । बजारबाट उठ्नुपर्ने लोन नउठेकोले कोटेश्वर स्थित सुविधा काउण्टरमा काम गर्ने स्टाफहरुलाई तलब समेत दिन नसकेकोले निजहरुले राजीनामा दिएको हुँदा उक्त काउण्टर तत्कालको लागि बन्द गरी प्रधान कार्यालयबाट नै सुविधा दिदै आएका थियौँ ।’
‘बचतकर्ताहरुको रकम फिर्ता गर्न पर्यो भनि बजारमा प्रवाह गरेको ऋणीको जग्गा लिई बचतकर्ताहरुलाई जग्गा मार्फत रकम फिर्ता दिने कार्य लागि रहेको थिएँ । उक्त काम मिलाउन नपाउँदै म पक्राउमा परेकोले बचतकर्ताको रकम फिर्ता दिन सकेको छैन’ उनले बयानमा भनेका छन् ‘म दिनहुँ सहकारीमा आई बचतकर्ताहरुसँग भेट्ने, फोनमा समेत कुरा हुने गर्दथियो । तर मैले जाहेरवालाहरु तथा निवेदक बचतकर्ताहरुको मेरो संस्थामा जम्मा गरेको रकम खाई पचाउने नियत राखी रकम हिनामिना गरेको छैन । बजारमा ऋण प्रबाह भएको रकम आर्थिक मन्दीको कारणले उठाउन नसकेको हुँदा रकम झिक्न आएका सबै बचतकर्ताहरुलाई मैले रकम फिर्ता गर्न नसकेको हो । केही बचतकर्ताहरुको रकम मैले फिर्ता गरेको छु ।’
अध्यक्ष खड्काले केही बचतकर्ताहरुलाई आफ्नो व्यक्तिगत बैंक खाताको चेकहरु दिएको समेत बताएका छन् । आफुले दिएको चेक भुक्तानी नभएकोले बचतकर्ताहरुले चेक वाउन्स गरी आफुविरुद्ध चेक वाउन्सको मुद्दा हालेको जनाएका छन् ।
‘बचतकर्ताले सहकारीमा जम्मा गरेको रकमबाट मैले करिब ९ करोड रुपैयाँजति ऋण बजारमा प्रबाह गरेको छु । बजारमा ऋण प्रवाह गर्दा बिनाधितो सामुहिक जमानीमा व्यक्ति तथा संस्थालाई ऋण प्रवाह गरेको छु । विस्तृत विवरण सहकारीकै अभिलेखमा छ । भने मैले सहकारी संस्थाको तर्फबाट सरकारलाई आ.व. ०७६-०७७ सम्मको कर चुक्ता गरेको छु’ उनले बयानमा भनेका छन् ‘पछिल्लो समयमा पैसा नभएकोले पछिल्लो आर्थिक वर्षदेखि हालसम्मको कर बुझाउन सकेको छैन । मैले करिब ९ करोड बराबरको रकम बजारमा ऋण प्रवाह गरेको छु । बचतकर्ताहरुलाई औसतमा ६ करोड बराबरको रकम फिर्ता गर्नु बाँकी छ ।’
बजारमा प्रवाह गरेको ऋण नउठे पनि बचतकर्ताहरुको रकम तिर्न मन्जुर रहेको जनाएका थिए । हाल सहकारीमा पैसा नभएको समेत स्वीरेका छन् ।
उनले आफुले बचतकर्ताको रकम हिनामिना नगरेको बताएका थिए ।
चिनियाँ भिडियो स्ट्रिमिङ एप टिकटकले अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने नयाँ सुविधा दिने भएको छ।
टिकटकका अनुसार अब प्रयोगकर्तालाई तीनवटा विकल्प दिइनेछ। जसमा प्रयोगकर्ताले फोटो, भिडियो वा टेक्स्ट पोस्ट गर्न पाउनेछन्। प्रयोगकर्ताले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरु प्रयोगकर्ताद्वारा प्रेषित भिडियोमा आफ्नो प्रतिक्रिया थपेर दोहोरीजस्तै बनाइएको सामग्रीलाई ‘ड्युएट’ भनिन्छ।
यी फिचरका साथ अब प्रयोगकर्ताले टेक्स्ट पोस्टलाई भिडियो वा फोटो पोस्टजस्तै गतिशील र अन्तरक्रियात्मक बनाउन सक्ने टिकटकले जनाएको छ। चीनको बाइटड्यान्स कम्पनीको स्वामित्वमा टिकटकले हालै भर्खरै ब्रजिल र इन्डोनेसियामा ‘टिकटक म्युजिक’ नामक संगीत स्ट्रिमिङ सेवा सुरु गरेको थियो।
गत साता कम्पनीले सिंगापुर, मेक्सिको र अस्ट्रेलियामा पनि उक्त सेवाको बिटा भर्सन सुरु गरेको छ।
सन् २०२१ टिकटक सबैभन्दा लोकप्रिय अनलाइन मञ्च बनेको थियो। टिकटक प्रयोग गर्ने मानिसको संख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेको संख्यालाई उछिनेको थियो। सोही वर्ष टिकटकले आफ्ना सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी भएको जनाएको थियो। –एजेन्सी
भारतीय सेयर बजार नियामक सेबीले अब कारोबार दिनमै फन्ड सेटलमेन्ट हुने घोषणा गरेको छ।
सेबीले बजारमा सेयर खरिद–बिक्रीसम्बन्धी रकम तत्काल लगानीकर्ताको खातामा पठाइने व्यवस्था गरिने घोषणा गरेको हो। सेबीको यो योजना सुरुमा यूपीआईअन्तर्गत मात्रै यो प्रणाली लागू गर्ने भनिए पनि यो कदमले भारतीय सेयर बजारका साथै भारतको म्युचुअल फन्ड बजारमा गहिरो प्रभाव पार्ने सम्भावना छ।
सेबीको यो कदमले भारतीय सेयर बजारप्रति लगानीकर्ताको विश्वास अझै बढ्ने बजार विज्ञहरु बताउँछन्। भारतमा हाल कारोबारको अर्को दिनमात्र फन्ड सेटलमेन्टको व्यवस्था छ। जसलाई ‘टी पल्स वन’ भनिन्छ। यदि लगानीकर्ताको खातामा पैसा जम्मा गर्ने यो सुविधा कारोबार गरेकै दिनमा लागू गरियो भने त्यसो गर्ने भारत विश्वको पहिलो देश हुनेछ।
सेयर कारोबार गरेको दोस्रो दिनमा फन्ड सेटलमेन्ट गर्ने प्रणाली हाल चीन, दक्षिण कोरिया, बेलायत, थाइल्यान्डजस्ता केही देशमा मात्र उपलब्ध छ। यो प्रणाली भारतमा गत जनवरी २०२३ देखि लागू गरिएको छ। अब सेबीले ‘टी प्लस शून्य’ अर्थात् कारोबार गरेकै दिन सेटलमेन्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेको छ। जसले वित्तीय भुक्तानीका लागि आवश्यक डिजिटल पूर्वाधारमा भारतको बढ्दो विश्वासको व्याख्या गर्छ।
सेयर कारोबार गरेको दोस्रो र तेस्रो दिनको फन्ड सेलटमेन्ट कार्यान्वयन गर्ने धेरै देशहरुका लगानीकर्ता समस्यामा पर्दै आएका छन्। –एजेन्सी
किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन ।
दुवै संस्थाकाप्रतिनिधिहरुले मंगलबार (साउन ९ गते) आपसमा मर्ज हुने सम्झौतामा हस्ताक्षर गरेका छन्।
किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ। जाल्पा सामुदायिक लघुवित्तको भने रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ।
दुवै संस्थाले मर्जर प्रयोजनका लागि संस्थाका आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का हुने छ ।साधारणसभा सम्पन्न नहुन्जेलसम्म रोक्का राखिदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई दुबै लघुबित्तले आग्रह गरेका छन्।
हामीले बजार पुजिकरणका आधारमा टप टेन कम्पनीहरुको सुची तयार परेका छौ । हामिले नेप्सेमा सुचिक्रित भएर कारोबार भईरहेका कम्पनीहरुलाई समेट्ने प्रयास गरेका छौ ।
हामीले सुचिक्रित गर्दा १० ठुला कम्पनी मध्ये ५ वटा कम्पनी बाणिज्य बैंक सेक्टरको ,एउटा उत्पादन तथा प्रसोधन समुहको , एउटा जिबन बिमा समुहको र अन्य दुइटा अन्य समुहको परेका छन ।
नबिल बैंक बजार पुजिकरणका हिसाबले १ खर्ब ६८ अर्ब ७३ करोड पुजिकरण सहित पहिलो नम्बरमा , नेपाल दुरसन्चार कम्पनी लिमिटेड १ खर्ब ६४ अर्ब २५ करोड बजार पुजिकरण सहीत दोश्रो स्थानमा र हिमालयन डिस्टिलरी ५५ अर्ब १७ करोड बजार पुजिकरण सहीत दशौ स्थानमा परेको छ ।
१. नबिल बैंक लिमिटेड यसको बजार पुजिकरण १ खर्ब ६८ अर्ब ७३ करोड रहेको छ ।
२. नेपाल दुरसन्चार कम्पनी लिमिटेड यसको बजार पुजिकरण १ खर्ब ६४ अर्ब २५ करोड रहेको छ ।
३. सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट यसको बजार पुजिकरण १ खर्ब १३ अर्ब ५० करोड रहेको छ ।
४. नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेड यसको बजार पुजिकरण ९६ अर्ब ५२ करोड रहेको छ ।
५. एनआइसी एसिया बैंक यसको बजार पुजिकरण ९१ अर्ब ८७ करोड रहेको छ ।
६. ग्लोबल आइएमई बैंक यसको बजार पुजिकरण ७९ अर्ब ५१ करोड रहेको छ ।
७. नेपाल इन्भेस्ट्मेन्ट मेघा बैंक लिमिटेड यसको बजार पुजिकरण ६७ अर्ब ७७ करोड रहेको छ ।
८. एभरेस्ट बैंक लिमिटेड यसको बजार पुजिकरण ६३ अर्ब ७६ करोड रहेको छ ।
९. नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड यसको बजार पुजिकरण ६१ अर्ब ३९ करोड रहेको छ ।
१०. हिमालयन डिस्टिलरी लिमिटेड यसको बजार पुजिकरण ५५ अर्ब १७ करोड रहेको छ ।