6.9 C
Nepal
Saturday, February 15, 2025

टिकटकमा अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने

चिनियाँ भिडियो स्ट्रिमिङ एप टिकटकले अब टेक्स्ट पनि पोस्ट गर्न मिल्ने नयाँ सुविधा दिने भएको छ। 

टिकटकका अनुसार अब प्रयोगकर्तालाई तीनवटा विकल्प दिइनेछ। जसमा प्रयोगकर्ताले फोटो, भिडियो वा टेक्स्ट पोस्ट गर्न पाउनेछन्। प्रयोगकर्ताले आवाज, स्थान र ड्युएट थपेर आफ्नो पोस्ट ‘कस्टमाइज’ गर्न पाउने छन्। टिकटकमा अरु प्रयोगकर्ताद्वारा प्रेषित भिडियोमा आफ्नो प्रतिक्रिया थपेर दोहोरीजस्तै बनाइएको सामग्रीलाई ‘ड्युएट’ भनिन्छ।

यी फिचरका साथ अब प्रयोगकर्ताले टेक्स्ट पोस्टलाई भिडियो वा फोटो पोस्टजस्तै गतिशील र अन्तरक्रियात्मक बनाउन सक्ने टिकटकले जनाएको छ। चीनको बाइटड्यान्स कम्पनीको स्वामित्वमा टिकटकले हालै भर्खरै ब्रजिल र इन्डोनेसियामा ‘टिकटक म्युजिक’ नामक संगीत स्ट्रिमिङ सेवा सुरु गरेको थियो। 

गत साता कम्पनीले सिंगापुर, मेक्सिको र अस्ट्रेलियामा पनि उक्त सेवाको बिटा भर्सन सुरु गरेको छ।

सन् २०२१ टिकटक सबैभन्दा लोकप्रिय अनलाइन मञ्च बनेको थियो। टिकटक प्रयोग गर्ने मानिसको संख्याले अमेरिकी सर्च इन्जिन गुगल प्रयोग गर्नेको संख्यालाई उछिनेको थियो। सोही वर्ष टिकटकले आफ्ना सक्रिय प्रयोगकर्ताको संख्या १ अर्बभन्दा बढी भएको जनाएको थियो। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here