13.3 C
Nepal
Monday, March 24, 2025

भारतीय सेयर बजारमा कारोबार गरेकै दिन फन्ड सेन्टलमेन्टको घोषणा

भारतीय सेयर बजार नियामक सेबीले अब कारोबार दिनमै फन्ड सेटलमेन्ट हुने घोषणा गरेको छ। 

सेबीले बजारमा सेयर खरिद–बिक्रीसम्बन्धी रकम तत्काल लगानीकर्ताको खातामा पठाइने व्यवस्था गरिने घोषणा गरेको हो। सेबीको यो योजना सुरुमा यूपीआईअन्तर्गत मात्रै यो प्रणाली लागू गर्ने भनिए पनि यो कदमले भारतीय सेयर बजारका साथै भारतको म्युचुअल फन्ड बजारमा गहिरो प्रभाव पार्ने सम्भावना छ।

सेबीको यो कदमले भारतीय सेयर बजारप्रति लगानीकर्ताको विश्वास अझै बढ्ने बजार विज्ञहरु बताउँछन्। भारतमा हाल कारोबारको अर्को दिनमात्र फन्ड सेटलमेन्टको व्यवस्था छ। जसलाई ‘टी पल्स वन’ भनिन्छ। यदि लगानीकर्ताको खातामा पैसा जम्मा गर्ने यो सुविधा कारोबार गरेकै दिनमा लागू गरियो भने त्यसो गर्ने भारत विश्वको पहिलो देश हुनेछ।

सेयर कारोबार गरेको दोस्रो दिनमा फन्ड सेटलमेन्ट गर्ने प्रणाली हाल चीन, दक्षिण कोरिया, बेलायत, थाइल्यान्डजस्ता केही देशमा मात्र उपलब्ध छ। यो प्रणाली भारतमा गत जनवरी २०२३ देखि लागू गरिएको छ। अब सेबीले ‘टी प्लस शून्य’ अर्थात् कारोबार गरेकै दिन सेटलमेन्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेको छ। जसले वित्तीय भुक्तानीका लागि आवश्यक डिजिटल पूर्वाधारमा भारतको बढ्दो विश्वासको व्याख्या गर्छ।

सेयर कारोबार गरेको दोस्रो र तेस्रो दिनको फन्ड सेलटमेन्ट कार्यान्वयन गर्ने धेरै देशहरुका लगानीकर्ता समस्यामा पर्दै आएका छन्। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here