29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 301

दोर्दी खोलाको आईपीओ खुल्ला, कति दिने आवेदन ?

0

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले (आज)बैशाख १३ गतेदेखि आईपीओ निष्काशन खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिएको हो।  

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा बैशाख २७ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ ११ गतेसम्म लम्बिनेछ

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

रेटिङ

रेटिङ एजेन्सी  इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

१८ अर्ब ६० कराेडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, बाेलकबाेल कहिले ?

0

नेपाल राष्ट्र बैंकले १८ अर्ब ६० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल जेठ १० गते परिपक्क हुनेछ । यस्तै, बैंकले ९१ दिनकाे अवधिकाे लागि १३ अर्ब ६० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल श्रावण १० गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल भाेलि (वैशाख १२ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर पर्सी वैशाख १३ गते, मंगलबार बिक्री हुनेछ ।

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

साधना लघुवित्तको नाफा बढ्यो, प्रति शेयर आम्दानी ३८ रुपैयाँ

0

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार

खुद नाफा
बढ्यो
( समीक्षा अवधिमा लघुवित्तले खुद नाफा ९ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म खूद नाफा ७ करोड ५८ लाख रुपैयाँ आर्जन थियो ) )

खुद ब्याज आम्दानी
बढ्यो (२१ करोड ८९ लाख रुपैयाँ (अहिले ) १५ करोड ९५ लाख (गत वर्षको येही अवधि ))

सञ्चालन मुनाफा
बढ्यो

प्रति शेयर आम्दानी (ईपीएस)
३८ रुपैयाँ २७ पैसा

प्रतिशेयर नेटवर्थ
१४७.५५ रुपैया

मूल्य आम्दानी अनुपात (पि ई रेसियो )
३२.९४ गुणा ​

जगेडा कोष बढ्यो ।

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले वैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

0

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ देखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले १३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १३ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो। आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा जेठ ५ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद जेठ २० गतेसम्म लम्बिनेछ

कहाँबाट दिने आवेदन ?

स्थानीय बासिन्दालेएनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिनेछ।

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेट गर्दछ।

सिवाईसी नेपालको आईपीओ बाँडफाँडको तोकियो  मिति र स्थान

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) को बाँडफाँडको मिति र स्थान तोकिएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार बिहीबार अर्थात चैत्र १५ गते विहान ९ बजे क्यापिटलको केन्द्रिय कार्यालय नक्शालमा हुने भएको छ ।
(आज) सोमबार ४ बजे प्रि-अलटमेन्ट भएको भोली वा पर्सी बाँडफाँड हुने क्यापिटलले अर्थ संसारलाई जानकारी दिएको छ ।

कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

सीडीएसका अनुसार बैशाख ६ गते अर्थात अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ७७ हजार ७ सय ४३ जना लगानीकर्ताले २ करोड ५६ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि छुट्याइएको भन्दा ६९.५२ गुणा धेरै हो ।

Hello world!

1

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!