29.5 C
Nepal
Wednesday, April 15, 2026
Home Blog Page 300

आदर्श लघुवित्तको आईपीओमा १८ लाखको आवेदन, ३२१ गुणा बढी शेयर माग

0

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि निष्काशन गरेको आईपीओमा करिब १८ लाखको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ः०७ बजेसम्ममा १७ लाख ९६ हजार ६८४ जना आवेदकबाट २ अर्ब १ करोड ४२ लाख रुपैयाँ बराबरको २ करोड १ लाख ४२ हजार ६१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ६२ हजार ६१५ कित्ता शेयरको ३२१.६८ गुणा बढी हो ।

लघुवित्तले असार १ गते देखि ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ६२ हजार ६१५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

लघुवित्तको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ६ हजार २६१ जना आवेदकले मात्रै शेयर पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

काठमाडौंभित्र घर भाडासम्बन्धी काम कम्पनीमार्फत मात्रै

0

काठमाडौं महानगरपालिकाभित्र घर भाडासम्बन्धी काम अबदेखि कम्पनीमार्फत मात्रै हुने भएको छ।

मेयर बालेन्द्र शाहले आगामी आवको नीति तथा कार्यक्रममार्फत उक्त व्यवस्था गरिने जानकारी दिएका हुन्। उनले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै घरजग्गा बहाल कम्पनीमार्फत मात्रै हुने व्यवस्था हुने बताए।

तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर बन्न सक्ने चिकित्सकको चेतावनी ,मुटुको चाल घट्यो

0

काठमाण्डौ। पुँजीबजार सुधार र विकासका लागि आमरण अनशन बसेका तिलक कोइरालाको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ।

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक कोइराला गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन)को कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। आज पाँचौँ दिन स्वास्थ्य परीक्षणका लागि पुगेका चिकित्सकले कोइरालाको स्वास्थ्य जुनसुकै बेला गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।

डा अजित मल्लिकले आज कोइरालाको नियमित स्वास्थ्य परीक्षण गर्दै यस्तो चेतावनी दिएका हुन्। ‘उहाँ मधुमूहको बिरामी हुनुहुन्छ, त्यसैले विशेष ख्याल गर्नुपर्छ’, उनले भने।

आज कोइरालाको मिर्गौला र पिसाबको परीक्षण भएको छ। ‘यदि मिर्गौलामा कुनै खराबी देखियो भने उहाँ तुरुन्तै अस्पताल भर्ना गर्नुपर्ने हुन्छ’, डा मल्लिकले भने।

डा मल्ल्किका अनुसार कोइरालाको मुटुको चाल घट्दै गएको छ भने बीपीको अवस्था पनि बिग्रिँदै गएको छ। ‘उहाँको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ’, उनले भने, ‘कुनै पनि बेला गम्भीर अवस्था बन्न सक्छ।’

पुँजीबजार सुधार र विकासका लागि १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरुले गत जेठ २० गतेदेखि आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ। आन्दोलनलाई निरन्तरता दिँदै आज लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेरउ गर्न जाँदैछन्।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

0

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

पुनर्बीमा कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ११ अर्ब ६५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने कम्पनीले जनाएको छ। 

शेयर बजार सुधारका लागि राष्ट्र बैंकमा १९ बुँदे ज्ञापनपत्र

0

सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका नेताहरुको टोलीले आइतबार सेयर बजार सुधारका लागि नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

टोलीमा रहेका नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई ज्ञापनपत्र बुझाइएको हो। ‘गभर्नर हुनुहुँदो रहेनछ, त्यसैले प्रवक्तालाई बुझायौँ’, उनले भने।

यसअघि राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले बाटोमै रोकेका थिए। सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने अवस्थामा थिए ।

पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम थियो।

गत जेठ २० गतेदेखि सेयर बजार सुधारका लागि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका थिए। तर, उनीहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोटमा रोकेका थिए।

लगानीकर्ताहरु बर्बाद, बिटक्वाइनको भाउ झरेर २० हजार डलर भन्दा तल

0

क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरुले अब हरेक दिन नयाँ झट्का सामना गरिरहेका अवस्था छ ।

यसरी लगानीकर्ताले झट्का सामना गर्नुको मुख्य कारण भनेको कुनै बेला उच्च प्रतिफल दिने लोकप्रिय क्रिप्टोकरेन्सीहरु भाउ केही समयअघि लगातार झरिरहनु नै हो। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको अवस्था पनि त्यस्तै छ। अहिले यसको भाउ २० हजार डलरभन्दा तल झरेको छ।
क्वाइन मार्केट क्यापको डाटा अनुसार बिटक्वाइनको मूल्य हाल १९ हजार ३२२ डलर आसपास छ। यही इथेरियमको मूल्यमा पनि व्यापक गिरावट आएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य अहिले १ हजार ७ डलरको तल्लो स्तरमा रहेको छ।

यी क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटका कारण तिनीहरुको बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ।

पछिल्लो २४ घन्टामा बिटक्वाइनको मूल्य ८.२८ प्रतिशतले घटेको छ भने ७ दिनमा ३० प्रतिशतभन्दा बढीले घटेको छ। यसरी अहिले बिटक्वाइनको मार्केट क्याप ३६७.६८ अर्ब डलरमात्रै छ।

त्यस्तै इथरियमको मूल्य पनि पछिल्लो २४ घन्टामा ८.३० प्रतिशत र ७ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। यसरी यसको मार्केट क्याप अहिले १२१.९५ अर्ब डलरमा झरेको छ।

क्रिप्टोकरेन्सीको मूल्य लगातार घट्नुको मुख्य कारण मुद्रास्फीतिमा लगातार वृद्धि हुनुलाई विज्ञहरुले बताइरहेका छन्। मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन्। जसका कारण बिटक्वाइनदेखि अन्य क्रिप्टोकरेन्सीमा ठूलो गिरावट आएको छ।

यसका साथै लगातारको गिरावटका कारण लगानीकर्ताहरु पनि क्रिप्टोकरेन्सीबाट टाढै रहन र जोखिम कम गर्दैछन्।

पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो गिरावट सेल्सियसमा देखिएको छ । यसको मूल्य १८.४७ प्रतिशतले घटेको छ। अब यसको मूल्य घटाएर ५३ सेन्ट गरिएको छ । यही बेला बीएनबी, एक्सआपी, सोलाना, पोल्काडट र ट्रनजस्ता क्रिप्टोकरन्सीहरु मार्केट क्याप न्यून विन्दुमा झरेको छ। –एजेन्सी

कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गर्न नबिल बैंक र कतार एयरवेबिच सम्झौता

0

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड  प्रयोगकर्तालाई विशेष सुविधाप्रदान गर्न सम्झौता गरेको छ। जसअन्तर्गत नबिल बैंकका कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरुमा लागू हुनेछ र हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्। यो छुट मिति असार १७ गतेदेखि लागू हुनेछ।

आज आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

यस साझेदरीअन्तर्गत बिजनेस र इकोनोमी क्लास हवाई टिकटमा उक्त १० प्रतिशत छुट लागू हुनेछ र यसका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिहरुलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने हुन्छ।

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संस्था Skytrax द्वारा 5-Star Covid-19 Airline Safety Rating हासिल गरेको एक विश्वव्यापी अन्तर्राष्ट्रिय हावाई सेवा हो। ‘अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै यो सहकार्यले हाम्रा ग्राहकका लागि यो साझेदारी लाभदायक हुनेछ’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने। 

सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकूल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७  एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ। 

हरेक आइतबार ‘जनतासँग मेयर’ कार्यक्रम

0

प्रत्येक हप्ताको आइतबार जनतासँग मेयर कार्यक्रम काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतबार सञ्चालन गरिने जनतासँग मेयर कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले बताएका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकालाई पारदर्शी र सुशासनको लागि मातहतका सबै कार्यालयमा सीसी क्यामेरा जडान गरिने बालेनले बताए ।

काठमाडौं महानगर- करदाताको स्वास्थ्य बीमा गर्न ५० प्रतिशत अनुदान

0

काठमाडौं महानगरपालिकाले करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै कररदाताको स्वास्थ्य बीमाका लागि बढीमा ५० प्रतिशत अनुदान दिने घोषणा गरे ।

टप ब्रोकरहरुमध्ये अधिकांश खरिदमा केन्द्रित

0

गत बिहिबार नेप्से परिसूचक २२८७ को बिन्दुसम्म झर्दै माथितिर लाग्यो। आईतबारको दिन बजार ९५ अङ्कले बढ्यो। सोमबार सुरुवाती चरणमा बजार बढ्यो तर २४४६ को बिन्दुभन्दा माथि जान सकेन। २२८७ को बिन्दुबाट करिब १६० अङ्कले बढेर २४४६ पुगेको बजार आज मंगलबारको दिन २३७१ को बिन्दुमा क्लोज भएको छ।

बजार घट्दै गर्दा टप ब्रोकरहरु भने सेयर खरिदमा केन्द्रित देखिएका छन। १७ अप्रिल २०२२; गत आईतबार देखिको फ्लोर सिट हेर्दा यो कुरा स्पष्ट रुपमा देखिन्छ। यो अवधिमा ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिज, ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा सेक्युरिटिज र ब्रोकर नम्बर ४२ सनी सेक्युरिटिजबाट बिक्रीको तुलनामा खरिद बढी देखिन्छ। यो अवधिमा ४९ नम्बर ब्रोकरले ७२ करोडको सेयर किनेको छ भने ४८ करोडको बेचेको छ। बिक्रीको तुलनामा खरिद २४ करोड बढी छ। त्यस्तै ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिज बाट ५६ करोडको खरिद र ५० करोडको बिक्रि भएको छ। ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिज पनि खरिदमै केन्द्रित देखिन्छ। ५७ नम्बर ब्रोकरबाट ४८ करोडको खरिद र ४२ करोडको बिक्रि भएको देखिन्छ।

ब्रोकर नम्बर ४२ खरिदमा आक्रामक देखिएको छ। ४२ बाट ३७ करोडको बिक्रि हुँदा ४६ करोडको खरिद भएको देखियो।

यसअवधिमा टप कारोबार गर्ने १० वटा ब्रोकरहरुको खरिद बिक्रि तथ्याङ्क अध्ययन गर्दा ६ वटा ब्रोकरहरुबाट बिक्रीको तुलनामा खरिद धेरै पाइयो भने ४ वटा ब्रोकरहरुबाट खरिदको तुलनामा बिक्रि बढी भएको पाइयो। बजारको सबैभन्दा चर्चित र धेरैले खेलाडी ब्रोकरको रुपमा चित्रण गर्ने ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजबाट भने खरिदको तुलनामा बिक्रि बढी भएको छ। यो अवधिमा ५८ बाट ६४ करोडको खरिद हुँदै गर्दा ७७ करोडको बिक्रि भएको छ। त्यस्तै अर्को खेलाडी ब्रोकर इम्पेरिएयल सेक्युरिटिज (ब्रोकर नम्बर ४२) बाट पनि खरिदको तुलनामा बिक्रि नै बढी रहेको देखिन्छ। यो अवधिमा ४२ नम्बर ब्रोकरबाट ५८ करोडको खरिद र ६९ करोडको बिक्रि भएको छ।