29.5 C
Nepal
Tuesday, March 25, 2025

शेयर बजार सुधारका लागि राष्ट्र बैंकमा १९ बुँदे ज्ञापनपत्र

सेयर लगानीकर्ताका विभिन्न संघसंगठनका नेताहरुको टोलीले आइतबार सेयर बजार सुधारका लागि नेपाल राष्ट्र बैंकमा १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

टोलीमा रहेका नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टलाई ज्ञापनपत्र बुझाइएको हो। ‘गभर्नर हुनुहुँदो रहेनछ, त्यसैले प्रवक्तालाई बुझायौँ’, उनले भने।

यसअघि राष्ट्र बैंक घेराउ गर्न अगाडि बढिरहेका सेयर लगानीकर्ताहरुलाई सुरक्षाकर्मीहरुले बाटोमै रोकेका थिए। सुरक्षाकर्मी अगाडि बढ्न नदिएपछि सयौँमा रहेका लगानीकर्ताहरु पिपलबोटबाटै फर्किने अवस्थामा थिए ।

पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज राष्ट्र बैंक घेराउ गर्दै प्रदर्शन गर्ने कार्यक्रम थियो।

गत जेठ २० गतेदेखि सेयर बजार सुधारका लागि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलनरत छन्। यही क्रममा आज काठमाण्डौको नक्सालस्थित गहनापोखरीमा भेला भएका लगानीकर्ता नाराबाजी गर्दै बालुवाटारस्थित राष्ट्र बैंकतर्फ अगाडि बढिरहेका थिए। तर, उनीहरुलाई सुरक्षाकर्मीहरुले भाटभटेनीको पिपलबोटमा रोकेका थिए।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here