27.1 C
Nepal
Tuesday, October 22, 2024

लगानीकर्ताहरु बर्बाद, बिटक्वाइनको भाउ झरेर २० हजार डलर भन्दा तल

क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरुले अब हरेक दिन नयाँ झट्का सामना गरिरहेका अवस्था छ ।

यसरी लगानीकर्ताले झट्का सामना गर्नुको मुख्य कारण भनेको कुनै बेला उच्च प्रतिफल दिने लोकप्रिय क्रिप्टोकरेन्सीहरु भाउ केही समयअघि लगातार झरिरहनु नै हो। विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको अवस्था पनि त्यस्तै छ। अहिले यसको भाउ २० हजार डलरभन्दा तल झरेको छ।
क्वाइन मार्केट क्यापको डाटा अनुसार बिटक्वाइनको मूल्य हाल १९ हजार ३२२ डलर आसपास छ। यही इथेरियमको मूल्यमा पनि व्यापक गिरावट आएको छ। विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी इथरियमको मूल्य अहिले १ हजार ७ डलरको तल्लो स्तरमा रहेको छ।

यी क्रिप्टोकरेन्सीको मूल्यमा आएको गिरावटका कारण तिनीहरुको बजार पुँजीकरणमा पनि उल्लेखनीय गिरावट आएको छ।

पछिल्लो २४ घन्टामा बिटक्वाइनको मूल्य ८.२८ प्रतिशतले घटेको छ भने ७ दिनमा ३० प्रतिशतभन्दा बढीले घटेको छ। यसरी अहिले बिटक्वाइनको मार्केट क्याप ३६७.६८ अर्ब डलरमात्रै छ।

त्यस्तै इथरियमको मूल्य पनि पछिल्लो २४ घन्टामा ८.३० प्रतिशत र ७ दिनमा ३५ प्रतिशतभन्दा बढीले घटेको छ। यसरी यसको मार्केट क्याप अहिले १२१.९५ अर्ब डलरमा झरेको छ।

क्रिप्टोकरेन्सीको मूल्य लगातार घट्नुको मुख्य कारण मुद्रास्फीतिमा लगातार वृद्धि हुनुलाई विज्ञहरुले बताइरहेका छन्। मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन्। जसका कारण बिटक्वाइनदेखि अन्य क्रिप्टोकरेन्सीमा ठूलो गिरावट आएको छ।

यसका साथै लगातारको गिरावटका कारण लगानीकर्ताहरु पनि क्रिप्टोकरेन्सीबाट टाढै रहन र जोखिम कम गर्दैछन्।

पछिल्लो २४ घन्टामा क्रिप्टोकरेन्सीको सबैभन्दा ठूलो गिरावट सेल्सियसमा देखिएको छ । यसको मूल्य १८.४७ प्रतिशतले घटेको छ। अब यसको मूल्य घटाएर ५३ सेन्ट गरिएको छ । यही बेला बीएनबी, एक्सआपी, सोलाना, पोल्काडट र ट्रनजस्ता क्रिप्टोकरन्सीहरु मार्केट क्याप न्यून विन्दुमा झरेको छ। –एजेन्सी

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here