20.6 C
Nepal
Thursday, September 19, 2024

कोशीका सभामुखको भन्छन मबाट गल्ती भएको थियो – अदालतले करेक्सन गर्‍यो

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफुले गलत कदम चालेको र त्यसलाई सर्वाेच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गरेर गौतमले सरकार बनाउन आफ्नो मत दिएका थिए । सभामुख तथस्ट हुनुपर्नेमा सरकार बनाउन भूमिका खेलेको भन्दै उनको चार्को आलोचना भएको थियो । उनको उक्त कदमलाई सर्बोच्चले बदर गरिदिएको छ ।

‘म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वाेच्चले त्यसलाई करेक्सन गर्‍यो,’ उनले भने, ‘सर्वाेच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’ उनले सर्वाेच्च अदालतको फैसललाई सम्मान गर्ने बताए ।

सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए । आदेशले नैतिक संकट पर्‍यो नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वाेच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो (राजीनामा) हल्ला मात्रै हो ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here