23.7 C
Nepal
Friday, September 20, 2024

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजागरीमा गएका नेपालीहरुका भनेर लागि जारी गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ भर्ने आज साउन १५ गते अन्तिम दिन रहेको छ।

सन लाइफले साउन १ गतेदेखि विदेशमा काम गर्ने नेपालीका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिन्छ ।

यो कम्पनीले अंकित मूल्य रु. १०० मा रु. १३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमका रुपमा उठाउने योजना बनाएको छ।

सीडीएससीका अनुसार आइतबार साँझसम्म यो आईपीओमा २६ हजार ४७४ आवेदकबाट कुल १६ लाख ८९ हजार १७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा १.७६ गुणाले बढी हो।

यो जीवन बीमा कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ भने यसले जारी पुँजीको ३० प्रतिसतको आइपिओ निस्काशन गरेको हो ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here