19.9 C
Nepal
Saturday, November 15, 2025

रु. २१.१० अर्बको ट्रेजरी बिल आज बोलकबोलबाट नवीकरण गर्दै राष्ट्र बैंक

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल मार्फत नवीकरण गर्ने भएको छ।

राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ र १८२ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिलको नवीकरण गर्नेछ। यी ट्रेजरी बिल क्रमशः भदौ १२ गते, कात्तिक १४ गते र माघ १६ गते परिपक्व हुनेछन्।

यसका लागि आज सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here