19.2 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 226

सुनको मूल्य एक लाख १३ हजार पुग्यो

0

आज मंगलबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० र चाँदीको मूल्य १४ सय ७५ रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १२ हजार६ सय रुपैयाँमा छापावाल, एक लाख १२ हजार ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै, १४ सय ५० रुपैयाँ तोलामा चाँदीको खरिद बिक्री भएको थियो

हिमालयन लघुवित्तको ईपीएस ८०.६१%ले घट्यो, नाफामा ठुलो गिरावट

0

आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण हिमालयन लघुवित्त वित्तीय संस्था (साबिक सिभिल लघुवित्त)ले सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले १ करोड ५३ लाख खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ७ करोड १४ लाख रुपैयाँ रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ७८.५० प्रतिशतले कम हो। यसरी हेर्दा कम्पनिको नाफामा ठुलो गिरावट आएको छ ।

समीक्षा अवधिसम्म संस्थाको २ करोड १९ लाख रुपैयाँ संस्थाको सञ्चालन मुनाफा छ। सञ्चालन मुनाफा पनि ७९.०४ प्रतिशतले घटेको छ।

संस्थाले खुद ब्याज आम्दानीबापत २० करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ अर्ब १७ करोड रुपैयाँ सापटी लिई ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। संस्थाको रिजर्भको आकार भने १७.४१ प्रतिशतले बढेको छ। हाल संस्थाको रिजर्भ ८ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.३७ प्रतिशत पुगेको छ। एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज बढेर १ करोड ३२ लाख रुपैयाँ पुगेको छ।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८०.६१ प्रतिशतले घटेर ४.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.८१ रुपैयाँ थियो। पीई रेसियो भने १५६.७६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओ बाँडफाँड आज

0

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि जारी मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ आज साउन १६ गते बाँडफाँड गरिने छ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले आज आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

गत असार १९ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयलाई साउन ९ गतेसम्म र विदेशमा रहेका नेपाली श्रमिकलाई साउन २ गतेसम्म आवेदन दिने अन्तिम मिती तोकिएको थियो ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको थियो।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।

बैंकिङ प्रणालीमा अधिक तरलता ,अन्तरबैंक ब्याजदर ५% को लाइनमा झर्यो

0

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।

बैंक तथा बित्तिय सस्थाले अहिले पनि कर्जा प्रबाहमा आबस्यक रणनिती बनाउन नसकेपछी कर्जा प्रबाह नभएर तरलता थुप्रिएको छ ।

बैंकिङ प्रणाली हालसम्म अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको भन्दा धेरै भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएर लगानी हुन नसकेपछी अन्तर बैंक ब्याजदर पनि घटेको छ । यो सँङ्गै अन्तरबैंक ब्याजदर ५ प्रतिशतको लाइनमा झरेको छ। गत साउन १० गतेसम्म अन्तरबैंक ब्याजदर ६.०५ प्रतिशत रहेकोमा साउन १४ गतेसम्म घटेर ५.४८ प्रतिशतमा झरेको छ।

अपर तामाकोशीको १००% हकप्रदका लागि बुक क्लोज मिती तोकियो

0

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद प्रयोजनको लागि कम्पनी सञ्चालक समितिको बैठकले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ साउन २५ गते सेयर किनेर वा होल्ड रकायम सेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन ।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन हुनेछ।

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

सामान्य अङ्कले बढ्यो नेप्से

0

आज सेयर बजार ५.८४ अङ्कले बढेको छ । नेप्से ०.२७ प्रतिसतले बढेर २१०६ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा सुचिक्रित कम्पनिमध्ये आज १११ कम्पनिको मुल्य बढेको छ भने ९९ कम्पनिको मुल्य घटेको छ ।

आज बजारमा १ अर्ब ८५ करोड भन्दा बढीको कारोबार भएको छ ।

सर्बाधिक कमाउने कम्पनिहरुमा सरराइज ब्लुचीप फन्ड ,बलेफी हाइड्रो ,एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, लक्ष्मी उन्नती कोष लगायतका कम्पनीहरु रहेका छन भने सर्बाधिक गुमाउनेमा विन नेपाल लघुबित्त , एसियन हाइड्रो ,मेनचियाम हाइड्रो, नारायणी डिभलपमेन्ट लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै सर्बाधिक कारोबार गर्ने कम्पनीहरुमा शिभम सिमेन्ट, सोल्टी होटेल, एसियन लाइफ , हिमालयन लाइफ इन्सुरेन्स , एनआइसी एसिया बैंक लगायतका कम्पनीहरु रहेका छन ।

सुन प्रकरण छानबिन गर्न समिती नबनाएसम्म बैठक चल्न नदिने एमालेको अडानपछि प्रतिनिधि सभा बैठक स्थगित

0

प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। एमालेले छनबिनका लागि समिती बनाउनु पर्ने अडान लिएपछी बैठक स्थगित भएको हो ।

सत्तारुढ दल माओवादीका नेताको नाम जोडीएकोले तिनिहरुलाई जोगाउने प्रयास भएको भन्दै एमालेले छनबिनको माग राख्दै आइरहेको छ ।

सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बस्ने तय भएको थियो। तर बैठक बस्दै नबसी स्थगित भएको छ।

सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार दिउँसो १ बजे बस्ने गरी सूचना टाँस गरेर बैठक स्थगित गरिएको बताए।

यसै बिषयमा छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन पहिले करिब एक सय किलो सुन बिमास्थलको चेकिङ काटेर बाहिर आइसकेपछी ट्याक्सीमा गोदाम लादै गर्दा समातिएको थियो । रेडी ट्रेडरले यसअघी पनि ब्रेकसु भन्दै ठुलो मात्रामा सुन तस्करी गरेको हुन सक्ने र यसमा ठुलै नेताको सहयोग रहेको अनुमान गर्दै उच्च स्तरिय छानबिन समिती बनाउनु पर्ने माग एमालेको छ । सत्तारुढ दलका उच्च स्तरका नेताको सम्लग्नता रहेको आसङ्का एमालेले गरिरहेको छ ।

सुन प्रकरणको अनुसन्धान जरैसम्म पुगेर गरिन्छ: प्रधानमन्त्री

0

प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्‍याउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणको जरैसम्म पुगेर छानबनि गर्ने र दोषी देखिएका सबैलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले सुनप्रकरणलगायत भ्रष्टाचार प्रकरण र अनियमिततालाई अन्तिम निष्कर्षमा पुर्‍याउन सरकार दृढ रहेको स्पष्ट पारे । यही साउन ३ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट ठूलो मात्रामा सुन बरामद गरेका थियो । हाल सरकारले सो सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १८ जना पक्राउ परिसकेका छन् । सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

मुलुक विकासको बाधकका रुपमा रहेको भ्रष्टाचार, अनियमितता, कसिमन जस्ता विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याउन कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पार्दै प्रधानमन्त्रीले निर्दोष नफस्ने र दोषीलाई उम्कन नदिने विषयमा सरकार दृढ रहेको बताएका नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले जानकारी दिए ।

बैठकमा पार्टीका उपमहासचिव बर्षमान पुनले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन आग्रह गरे । उनले सो प्रकरणमा जोडिएका सबैलाई छानबिनको दायरामा ल्याउन र कानुनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले अगाडि बढाएको भ्रष्टाचार र अनियमितता विरुद्धको अभियानलाई प्रभावित पारेर अन्यत्रै मोड्न र दोषी उम्काउनका लागि आफ्नो नाम समेत जोडेर प्रचार गरिएको उनको भनाइ छ । उपमहासचिव पुनले भ्रष्टाचार र अनियमितता विरुद्ध सरकारले अगाडि बढाएको अभियानलाई सफल बनाएरै छाड्नुपर्नेमा जोड दिए ।

यही साउन १७ गतेदेखि बस्न लागेको पार्टीको केन्द्रीय समितिको बैठकको कार्यसूची तय गर्नका लागि माओवादी केन्द्रको पदाधिकारी बैठक लगातार बसिरहेको छ । सोही क्रममा आज पनि बैठक बसेको हो ।

केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम् सांगठनिक प्रतिवेदन पेश गर्नुहुनेछ । सो विषयमा समेत आजको बैठकमा छलफल भएको थियो । यस्तै आगामी मंसिरमा विधान सम्मेलनको आयोजना गरी पार्टीको सांगठनिक संरचनालाई चुस्त दुरुस्त बनाउने समेत तयारी गरिएको छ ।

बैठक प्रत्यक्ष प्रसारण हुन्छ
नेकपा (माओवादी केन्द्र)का सचिव शर्माका अनुसार केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने बताए । उनले आम सर्वसाधरण, पार्टी कार्यकर्ता र देशबासीलाई समेत प्रत्यक्ष जानकारी दिने उद्देश्यले बैठकको सबै कारबाही प्रत्यक्ष प्रसारण गर्न लागिएको जानकारी दिए ।

यसअघि समूहगत रुपमा गरिँदै आएको छलफल नगरी सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने गरी कार्यक्रम तय भएको उनको भनाइ छ । यसअघि नेपाली कांग्रेसले पनि केन्द्रीय समितिको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरेको थियो ।

कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेपछि राष्ट्रियसभा सदस्य बामदेव गौतमले कांग्रेसको उक्त निर्णयको प्रशंसा गर्दैै कम्युनिष्ट पार्टीको बैठक पनि प्रत्यक्ष प्रसारण गर्न सुझाव दिएका थिए ।

यूएईमा एक व्यक्तिले जिते अनौठो चिठ्ठा, २५ वर्षसम्म मासिक साढे ५ लाख पुरस्कार

0

 यूएईमा एक व्यक्तिले चिठ्ठामा अनौठो पुरस्कार हात पारेका छन्। 

हामीलाई प्रायः लाग्न सक्छ कि चिठ्ठामा एकमुष्ठ सानोदेखि ठूलो रकम जित्ने गरिन्छ। तर, यूएईमा एक भारतीयले चिठ्ठामा २५ वर्षसम्म मासिक ठूलो धनराशि पाउने पुरस्कार जितेका हुन्। 

ती युवक हुन् भारतका मोहम्मद आदिल खान। उनले चिठ्ठामा पहिलो फास्ट फाइभ पुरस्कार जितेका हुन्। जुन निकै खास छ। 

यो चिठ्ठाअन्तर्गत आदिलले २५ वर्षसम्म मासिक २५ हजार दिरहम अर्थात लगभग भारुत साढे ५ लाख रुपैयाँ पाउनेछन्। 

आदिल भारतको उत्तर प्रदेशको राजधानी लेखनाउका बासिन्दा हुन्। उनले आफूले यस प्रकारको पुरस्कार जित्ने सपनामा पनि नदेखेको बताउँछन्। 

त्यसो त आदिलले पहिलोपटक चिठ्ठा किनेका थिए। तर, पहिलोपटक नै उनले यति ठूलो धनराशि मासिक रुपमा पाउने चिठ्ठा जिते। 

आदिलले आफ्नो परिवारका लागि एउटा राम्रो घर किन्ने योजना बनाएका छन्। साथै, उनले राम्रो प्रतिफल पाउने क्षेत्रमा लगानी गर्ने सोच पनि बनाएका छन्। 

आदिल सनु २०१८ मा साउदी अरबबाट दुबई पुगेका थिए। ‘प्रायः चिठ्ठामा एकमुष्ठ रकम प्राप्त हुन्छ तर मैले २५ वर्षसम्म मासिक रुपमा ठूलो रकम पाउने चिठ्ठा जितेको छु, यो मेराका लागि निकै खास छ’, स्थानीय सञ्चार माध्यमहरुलाई प्रक्रिया दिँदै आदिलले भने, ‘यो मेरो दोस्रो इनकम हुनेछ। जुन ठूलो लगानीको स्रोत बन्नेछ।’ –एजेन्सी

फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो- जगेडा कोषमा ४३ करोड माथि

0

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थ लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो बर्ष यसले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको अर्थ कम्पनिको नाफा घट्न गएको छ । रिपोर्ट अनुसार लघुवित्तको खुद फि तथा कमिशन आम्दानी घटेको देखिन्छ । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी बढेको छ भने फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटेको छ। त्यस्तै लघुवित्तको कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेको छ।

यो लघुबित्तको एनपीएल समीक्षा अवधि सम्म ०.६६ प्रतिशत रहेको छ। यस लघुबित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको देखिन्छ ।

समिक्षा अबधिमा यस लघुबित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ​ १७ रुपैयाँ १६ पैसा रहेको देखिन्छ । यस कम्पनिको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको देखिन्छ ।

यस लघुबित्तको जगेडा कोषमा भने ४३ करोड ४६ लाख रहेको देखिन्छ ।