19.9 C
Nepal
Sunday, September 28, 2025

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई जारी आईपीओ बाँडफाँड आज

spot_imgspot_imgspot_img

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि जारी मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आईपीओ आज साउन १६ गते बाँडफाँड गरिने छ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटले आज आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।

गत असार १९ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीयलाई साउन ९ गतेसम्म र विदेशमा रहेका नेपाली श्रमिकलाई साउन २ गतेसम्म आवेदन दिने अन्तिम मिती तोकिएको थियो ।

कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको थियो।

यो आईपीओमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८ का बासिन्दा तथा बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here