12.8 C
Nepal
Monday, February 10, 2025

अपर तामाकोशीको १००% हकप्रदका लागि बुक क्लोज मिती तोकियो

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले हकप्रद प्रयोजनको लागि कम्पनी सञ्चालक समितिको बैठकले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसर्थ साउन २५ गते सेयर किनेर वा होल्ड रकायम सेयरधनीहरुले मात्रै कम्पनीले निष्काशन गर्ने हकप्रद सेयरमा आवेदन दिन सक्नेछन ।

अपरले शत प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्ने स्वीकृति यसअघि नेपाल धितोपत्र बोर्डले दिएको थियो। जस अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरले हुने १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद निष्काशन हुनेछ।

अपरको हालको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ जुन हकप्रद पछि २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here