34 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 222

सांग्रिला डेभलपमेन्ट बैंकको ईपियस ३९.९२%ले घट्यो, वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ३४ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा नाफा ३४.८० प्रतिशतले घटी हो ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २४ करोड ८९ लाख रुपैयाँ रहेको छ। त्यस्तै सञ्चालन मुनाफा ५० करोड ५१ लाख रुपैयाँ रहेकोे छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.६८ प्रतिशतले बढेर १ अर्ब ८० करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भ १४.४८ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले ५० अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब १० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। त्यस्तै खराब कर्जा अनुपात बढेर ३.०६ प्रतिशत पुगेको छ।

खराब कर्जा बढ्दा बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ४३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी घटेर १०.५२ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३०.६१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३९.४२ रुपैयाँ रहेको छ।

प्रभु बैंकको नाफा ४८.५४%ले बढ्यो, अन्य सुचकमा लोभलाग्दो प्रगती

प्रभु बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार बैंकले २ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो बर्षको तुलनामा ४८.५४ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ। त्यस्तै खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.१६ प्रतिशत पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज बढेर २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको वितरणयोग्य मुनाफा घट्न गएको देखिन्छ ।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब २० करोड रुपैयाँ रहेकोे छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड रुपैयाँ भएको छ। बैंकको रिजर्भको आकार १० अर्ब २ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। समीक्षा अवधिमा निक्षेप संकलन ६१.८२ प्रतिशत र कर्जा लगानी ६३.८५ प्रतिशतले बढेको छ। यसले बैंकले आफ्नो व्यापार द्रुत गतिमा बढाएको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ कायम भएको छ। पीई रेसियो १३.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२५ रुपैयाँ रहेको छ।

कृषि विकास बैंकको वितरणयोग्य मुनाफा २ अर्ब बढी, नाफा ३९.२५ प्रतिशतले बढ्यो

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो बर्षको तुलनामा बैंकको नाफा ३९.२५ प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। बैंकको लाभांश बाँड्न सक्ने क्षमता १० प्रतिशत बढी देखिन्छ।

बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेकोे छ। खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड रुपैयाँ भएको छ।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ४.५२ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.४८ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज ९१ करोड ९१ लाख रुपैयाँ रहेको छ।


बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २०.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.४१ रुपैयाँ थियो। बैंकको प्रतिसेयर नेटवर्थ २११.६० रुपैयाँ रहेको छ।

नेपाल बैंकको खुद ब्याज आम्दानी ४०.६१%ले बढ्यो, लाभांश क्षमता ७ प्रतिसत हाराहारी

नेपाल बैंकले चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय सार्वजनिक गरेको छ ।

विवरणअनुसार बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो बर्षको तुलनामा बैंकको नाफा १६.७० प्रतिशतले ब्रिद्धी भएको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ । बैंकको ७ प्रतिशतको हाराहारीमा लाभांश बाँड्न सक्ने क्षमता देखिन्छ।

बैंकको सञ्चालन मुनाफा २१.१९ प्रतिशतले बढाएर ४ अर्ब ४० करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै खुद ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड रुपैयाँ भएको छ।

बैंकको रिजर्भ २० अर्ब ९१ करोड रुपैया पुगेको छ। त्यस्तै बैंक २ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा परिचालन गर्न सफल भएको छ।

यस अबधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) २.८५ प्रतिशत पुगेको छ। बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २३.२२ रुपैयाँ कायम भएको छ। पीई रेसियो १०.७२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४८.९४ रुपैयाँ रहेको छ।

अब एसईई नहुने, पनिकाको काम अब के हुन्छ ?

0

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ ।

मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने गरी प्रस्ताब अघी बढाइएको छ । एसईई परीक्षा नलिने भएपछि पनिका काम बिहिन हुने भएको छ ।

मस्यौदा मन्त्रालयका कुनै पनि उच्च अधिकारीलाई जानकारी नदिई गोप्य राखिएको छ । मस्यौदामा कक्षा १२ सम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइने भनिएको छ ।

त्यसै गरी शिक्षक सेवा आयोगले विद्यालयका कर्मचारीको परीक्षा लिन पाउने व्यवस्था छ । अब आधारभूत र माध्यमिक तहको शिक्षा मात्र कायम रहने भएका छन् ।

सवारी साधनको जाँचपास सरकारले मात्र सकेन भन्दै निजीलाई दिने तयारी

सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिन आबस्यक छलफल सुरु गरेको छ ।

मुलुकभर परीक्षण गर्न सरकारले मात्रै नसक्ने भयो भन्ने निस्कर्ष निकालेर सरकारले निजीलाई पनि दिने गरी छलफल अगाडि बढेको श्रोतको भनाइ छ

सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि चलिरहेको बहस तथा छलफलमा निजी क्षेत्रलाई जाँच पासको अधिकार दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन मात्रै गर्ने गरी छलफल अघि बढेको हो ।

। यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी दिने र सरकारले कसरी अनुगमन गर्ने भनेर बिस्त्रित योजना तथा खाका बनाउने गरी सरकार अघी बढेको छ ।
चाडै नै यसले अन्तिम रुप लिने बताईएको छ ।

५५ खर्बको अर्थतन्त्रमा ७० खर्बको कर्जा

0

पछिल्लो २० वर्षमा बैंकिङ क्षेत्रबाट औसतमा १९ दशमलव ४ प्रतिशतले कर्जा विस्तार भएको छ । तर, कर्जाको विस्तार भएअनुरूप वास्तविक क्षेत्रको विस्तार हुन नसकेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनबीचको औसत अनुपात बढ्नुका अतिरिक्त ठुला आकारका कर्जाको संख्या पनि बढेको छ ।

दुई दशकमा वास्तविक क्षेत्र विस्तार नभई वित्तीय क्षेत्रको मात्र विस्तार हुँदा वित्तीय सम्पत्तिको गुणस्तर कमजोर हुन गई वित्तीय स्थायित्वमा मात्र नभएर यसले अन्ततः वास्तविक क्षेत्र तथा सरकारी वित्तमा समेत दीर्घकालीन रूपमा प्रतिकूल प्रभाव पार्न सक्ने जोखिम रहने निष्कर्ष पनि नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यही कारणले गर्दा कर्जाको वृद्धिभन्दा कर्जाको उत्पादनशील उपयोग बढाउने, साना तथा मझौला उत्पादनशील कर्जामा जोड दिने र कर्जाको अधिकेन्द्रीकरण घटाउनेतर्फ नेपाल राष्ट्र बैंकले जोड दिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

यसैंगरी केन्द्रीय बैंकले नेपालमा पछिल्लो २५ वर्षको औसत मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेको पनि जनाएको छ । यसलाई आधार मान्दा नेपालको प्राकृतिक ब्याजदर ६ दशमलव ५ प्रतिशतको हाराहारीमा रहेको बुझाइ राष्ट्र बैंकको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

गोर्खाज फाइनान्सको ब्याज आम्दानी ९९.७० % ले बढ्यो, ईपीएस १८.०६ रुपैयाँ

गोर्खाज फाइनान्सले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

समीक्षा अवधिसम्ममा फाइनान्सले खुद नाफा बढाएको छ । कम्पनीले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनिको खुद ब्याज आम्दानी ९९.७० प्रतिशतले बढेर ३६ करोड ६१ लाख रुपैयाँ भएको छ।

कम्पनिको खुद फि तथा कमिशन आम्दानी भने घटेको देखिन्छ । समिक्षा अवधि सम्म फाइनान्सले ३ करोड २२ लाख आर्जन गरेको छ जुन गएको वर्षमा ३ करोड २९ लाख रहेको थियो। सञ्चालन मुनाफा २९ करोड ३८ लाख रुपैयाँ कमाउन सफल भएको छ।

कम्पनिको प्रतिसेयर आम्दानी १८।०६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनी घाटामा थियो भने ईपीएस ४०.३२ रुपैयाँ ऋणात्मक रहेको थियो ।

कम्पनिको पीई रेसियो ३१।०१ रहेको छ । कम्पनिको प्रतिसेयर नेटवर्थ १६७।२१ रुपैयाँ रहेको छ ।

कम्पनिको खराब कर्जा अनुपात (एनपीएल) एनपीएल १०.४७ प्रतिशत रहेको देखिन्छ ।

कम्पनिको रिजर्भ९९ करोड ८३ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले ७ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

मनकामना इन्जिनियरिङ हाइड्रोपावर साउन २८ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै

0

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ यही साउन २८ गतेदेखि सर्वसाधारणका लागि निस्काशन हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका निस्काशन गर्न लागेको हो। यसमा स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर थपिनेछ ।

यसमध्ये ४० हजार कित्ता कर्मचारीलाई र १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गते बैंकिङ समयपछि हुनेछ।

मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

लक्ष्मी भ्यालु फण्ड २ ले तान्न सकेन लगानिकर्ता, खारेज हुन सक्ने

आज साउन १९ गते लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निकाशन गरिरहेको लक्ष्मी भ्यालु फण्ड २ नामको फण्डको समय बन्द हुदैँछ। यस अघी पनि पर्याप्त आबेदन नपरेपछी समय थप गरियो तरपनी यस योजनामा लगानिकर्ताको आकर्षण देखिएको छैन ।

यो योजना सफल हुनेभन्दा खारेज हुने सम्भाबना बढेको छ । लगानिकर्ताले मन नपराएपछी यो योजना यदी आज चमत्कार भएन भने खारेज हुनेछ ।

क्यापिटलले जारी सुचना अनुसार प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। बिक्री गरिने इकाई मध्य १५ प्रतिशतले वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो।

तोकिएको समयमा पर्याप्त आवेदन परेकाले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले फण्डमा समय थप गर्दा पनि लगानिकर्ताले यो बन्दमुखी योजनालाई सोचेजस्तो गरी लगानीकर्ताले मन पराएका छैनन । सिडिएसका अनुसार बिहिबार साउन १८, बेलुकी ५ बजे सम्म केबल २ करोड, ५४ लाख ५८ हजार इकाईबाट २५ करोड, ४५ लाख ८५ हजार रुपैया बराबरको आवेदन परेको छ। झन्डै ६० करोड ८० लाख उठाउने लक्ष्य लिएको फण्डलाई अन्तिम दिनमा ठक्कर खाएको छ ।

आवेदन दिन थप अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नु पर्नेछ।

यसरी हेर्दा यो योजना आज योजनाले न्युनतम इकाई बिक्री हुन चमत्कार हुनुपर्ने छ । नत्र यो बन्दमुखी योजना खारेजी हुने छ र यसअघी आबेदन दिएका लगानीकर्ताको रकम फिर्ता हुनेछ ।