19.5 C
Nepal
Friday, February 14, 2025

लक्ष्मी भ्यालु फण्ड २ ले तान्न सकेन लगानिकर्ता, खारेज हुन सक्ने

आज साउन १९ गते लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले निकाशन गरिरहेको लक्ष्मी भ्यालु फण्ड २ नामको फण्डको समय बन्द हुदैँछ। यस अघी पनि पर्याप्त आबेदन नपरेपछी समय थप गरियो तरपनी यस योजनामा लगानिकर्ताको आकर्षण देखिएको छैन ।

यो योजना सफल हुनेभन्दा खारेज हुने सम्भाबना बढेको छ । लगानिकर्ताले मन नपराएपछी यो योजना यदी आज चमत्कार भएन भने खारेज हुनेछ ।

क्यापिटलले जारी सुचना अनुसार प्रति इकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। बिक्री गरिने इकाई मध्य १५ प्रतिशतले वा १ करोड २० लाख इकाई कोष प्रवर्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिने बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो।

तोकिएको समयमा पर्याप्त आवेदन परेकाले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले फण्डमा समय थप गर्दा पनि लगानिकर्ताले यो बन्दमुखी योजनालाई सोचेजस्तो गरी लगानीकर्ताले मन पराएका छैनन । सिडिएसका अनुसार बिहिबार साउन १८, बेलुकी ५ बजे सम्म केबल २ करोड, ५४ लाख ५८ हजार इकाईबाट २५ करोड, ४५ लाख ८५ हजार रुपैया बराबरको आवेदन परेको छ। झन्डै ६० करोड ८० लाख उठाउने लक्ष्य लिएको फण्डलाई अन्तिम दिनमा ठक्कर खाएको छ ।

आवेदन दिन थप अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ४ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा मात्र इकाईको बाँडफाँट गर्न सकिनेछ। न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गर्नु पर्नेछ।

यसरी हेर्दा यो योजना आज योजनाले न्युनतम इकाई बिक्री हुन चमत्कार हुनुपर्ने छ । नत्र यो बन्दमुखी योजना खारेजी हुने छ र यसअघी आबेदन दिएका लगानीकर्ताको रकम फिर्ता हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here