34 C
Nepal
Friday, April 24, 2026
Home Blog Page 223

सपोर्ट लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याउनु नपरेपछी नाफा बढेको देखिएको हो ।

लघुबित्तको अन्य विवरण भने सन्तोषजनक छैन । खुद ब्याज आम्दानी लगायतका आम्दानी घटेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा कायम भएको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ कायम भएको छ।

प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ । त्यस्तै लघुबित्तको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ।

यस लघुवित्तको जगेडा काेषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ।

सानिमा बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत, अन्य विवरण कस्तो ?

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त अबधिमा बैंकको वितरण योग्य मुनाफा २ अर्बभन्दा बढी रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ।

समिक्षा अबधिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।

समिक्षा अबधीसम्म बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ । यस्तै बैंकको कर्जा लगानी ६.५० प्रतिशत बढेको छ।

सिद्धार्थ बैंकले कमायो ३ अर्बभन्दा बढी , अरु विवरण कस्तो ?

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको सिद्धार्थ बैंक लिमिटेड (SBL) ले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएको छ।
बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी अर्थात ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले यो प्रतिफल प्राप्त भएको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ। बैंकको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ भएको छ। यसरी हेदा बैंकको प्रतिशेयर वितरण योग्य आम्दानी ५ रुपैयाँ ६५ पैसा रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ।

यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ ।

रास्वपाले केन्द्रीय विभागमा मास्टर्स डिग्री पढेकालाई मात्रै राख्ने

0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रदेखि पालिका तहसम्मको विभागका पदाधिकारी र सदस्यहरूको योग्यता निर्धारण गरेको छ।

केन्द्रीय समितिको बिहीबार अपराह्न बसेको बैठकले केन्द्रीय विभागको पदाधिकारी तथा सदस्य हुन स्नातकोत्तर तह उत्तीर्ण तथा सम्बन्धित विषयमा १० वर्ष काम गरी असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तोकेको छ।

त्यस्तै प्रदेशको विभागको प्रमुख हुन पनि सोही योग्यता हुनु पर्ने भनेको छ।

पालिका तहका विभागको प्रमुख बन्न स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड राखिएको छ। पालिका तहको विभागको सदस्य हुन भने माध्यामिक तह अर्थात् कक्षा १२ सम्म अध्ययन गरेको अथवा दुई वर्ष काम गरेर असाधारण क्षमता प्रदर्शन हुनुपर्ने उल्लेख छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिनु अघि कम्पनिलाई बुझौ, सुन कम्पनि कि लसुन कम्पनी ! यो हेर्नुस्

आज बिहीबार साउन १८ गते देखि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा बैदेशिक रोजगारिमा रहेका नेपालीलाई आइपिओ निस्कासन गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । यसको १० प्रतिशतले दरले हुने आउने ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता शेयर आयोजना प्रभावित स्थानिय बासिन्दाहरुलाई निष्काशन गरेकाे भएतापनी रितपुर्क आवेदन परेका २ लाख ६ हजार ७६० किता शेयर बितरण गरी बचेँको सेयर समेत सर्वसाधारणको लागि थप गरेर आइपिओ जारी गरेको हो । ५ लाख कित्तामा २ लाख हाराहारी कित्ता मात्र स्थानियले भर्दा यो आइपिओ स्थानियले बहिस्कार गरेको जस्तो देखिन्छ ।

१९ लाख ८८ हजार २३६ कित्ता शेयरको १० प्रतिशत अर्थात १ लाख ९८ हजार ८२४ कित्ता बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेकाे छ । यस्तै ५ प्रतिशत अर्थात ९९ हजार ४२१ कित्ता सामुहित लगानी कोषलाई र २ प्रतिशत अर्थात ३९ हजार ७६५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्टाइएको छ । त्यस पश्चात बाँकी रहेको १६ लाख ५० हजार २३५ कित्ता र आयोजना प्रभावित स्थानिय बासिन्दाहरु खरिद नगरे बाँकि रहेकाे ३ लाख ३ हजार ४४ किता शेयर सहित १९ लाख ५३ हजार २७९ कित्ता शेयर मात्रै सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

आईपीओमा आवेदन दिने प्रकृया सम्बन्धमा

कम्पनीले निष्काशन गरेको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । यदी आबेदन कम भएमा असार ३२ गतेसम्म म्याद थप हुने छ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम २५ हजार कित्तासम्मका आवेदन दिन सक्नेछन ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पुर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा प्रभु क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

रेटिङ सम्बन्धमा

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्गस् नेपाल लिमिटेडले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

केयर रेटिङ्गस् नेपालले प्रदान गरेको उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको भन्ने रहेको जनाउँदछ ।

कस्तो कम्पनी हो?

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, २०७४ कार्तिक १५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आइरहेको थियो ।२०७८ असार २३ गते पब्लिक लिमिटेडमा परिणत भएर कारोबार गर्दै आइरहेको छ ।

कम्पनीले दैलेखको नौमुले गाँउपालिकामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजनाको निर्माण गर्दैछ ।

प्रतिमेगावाट लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ हुने अनुमान गरिएको योजनाको कुल लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको साधारण तर्फ लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उद्देश्य कर्जा भुक्तानी

कम्पनीले २४ करोड ९८ लाख ४ रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

हाल कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ मात्रै रहेको छ । सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले आईपीओ निष्काशनबाट संकलन भएको २४ करोड ९८ लाख ४ हजार रुपैयाँ सबै रकम कर्जा भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ । आइपिओबाट आएको सबै रकम ॠण तिर्न प्रयोग गरेपछी पनि ३१ करोड ७७ लाख ९६ हजार रुपैयाँ ॠण बाँकी हुने कम्पनीले भनाइ छ ।

आईपीओ निष्काशनपश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समितिको संरचना

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ५ जना सञ्चालक रहने व्यवस्था रहेको छ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा केदार नाथ पौडेल रहेका छन् । यस्तै कम्पनीका अन्य सञ्चालकहरुमा राज्य लक्ष्मी गुरुङ र लक्ष्मण थापा श्रेष्ठ रहेका छन् ।

एडीबीसँग १३ अर्ब रुपैयाँ बढी ऋण लिदै सरकार

0

मन्त्रिपरिषद्को मंगलबार बैठकले नेपाल सरकारले एसियाली विकास बैंक (एडीबी)बाट करिब १३ अर्ब १३ करोड रुपैयाँ बराबरको सहूलियतपूर्ण ऋण निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले सार्वजनिक वित्त व्यवस्थापन तथा सेवाको सुधारका लागि बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको जानकारी दिइन्।

सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको मन्त्री शर्माले बताइन्।

आइतबारबाट आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबारमा आउँदै, कति पाउला मुल्य ?

0

आइतबारबाट आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइएमई लाइफ र रिपब्लिक मिडियाको आईपीओ सूचीकृत भएका छन्। यि दुबै कम्पनी आइतबारबाट कारोबारमा आउनेछन्।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत दिएको छ । नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ पहिलो कारोबारका लागि मुल्य तोकेको छ।

यसैगरी नेप्सेमा नेपाल रिपब्लिक मिडियाको १०० अंकित दरका कुल ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत दिएको छ। नेप्सेले रिपब्लिक मिडियालाई नेप्सेले प्रतिकित्ता न्यूनतम ८४.४७ रुपैयाँदेखि अधिकतममा २५३.४१ रुपैयाँ मुल्यमा पहिलो कारोबार हुनेछ ।

घट्यो सुन-चाँदीको भाउ

0

नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ।

गुराँस लघुवित्तको नाफा ३१.०७ प्रतिशतले घढ्यो

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले घटी हो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैया र खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिमा संस्थाको रिजर्भको आकार १.४० प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.६३ प्रतिशतमा झरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.८१ रुपैयाँ कायम भएको छ। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।

कामना सेवा विकास बैंकको नाफा २६.९३% ले घट्यो, लाभांश क्षमता १.७७ प्रतिशत

0

कामना सेवा विकास बैंकको गत आर्थिक बर्षको चौथो चौमासिकसम्ममा कम्पनिको नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको चौथो चौमासिकसम्ममा खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ छ । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ रहेको छ ।

बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १.७७ प्रतिशत रहेको छ ।

बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।