कामना सेवा विकास बैंकको गत आर्थिक बर्षको चौथो चौमासिकसम्ममा कम्पनिको नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।अघिल्लो आवको सोही अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको चौथो चौमासिकसम्ममा खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ छ । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सेयरधनीलाई लाभांश दिने क्षमता १.७७ प्रतिशत रहेको छ ।
बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ ।