21.4 C
Nepal
Wednesday, March 12, 2025

गुराँस लघुवित्तको नाफा ३१.०७ प्रतिशतले घढ्यो

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २८ लाख ५३ हजार रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३१.०७ प्रतिशतले घटी हो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैया र खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १० करोड १४ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। यो अवधिमा संस्थाको रिजर्भको आकार १.४० प्रतिशतले बढेर २ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.६३ प्रतिशतमा झरेको छ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २.८१ रुपैयाँ कायम भएको छ। पीई रेसियो २६२.२५गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२०.२६ रुपैयाँ रहेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here