21.9 C
Nepal
Sunday, February 9, 2025

आइतबारबाट आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयर कारोबारमा आउँदै, कति पाउला मुल्य ?

आइतबारबाट आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज आइएमई लाइफ र रिपब्लिक मिडियाको आईपीओ सूचीकृत भएका छन्। यि दुबै कम्पनी आइतबारबाट कारोबारमा आउनेछन्।

नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत दिएको छ । नेप्सेले प्रतिकित्ता न्यूनतम १७६.५३ रुपैयाँदेखि अधिकतममा ५२९.५९ रुपैयाँ पहिलो कारोबारका लागि मुल्य तोकेको छ।

यसैगरी नेप्सेमा नेपाल रिपब्लिक मिडियाको १०० अंकित दरका कुल ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत दिएको छ। नेप्सेले रिपब्लिक मिडियालाई नेप्सेले प्रतिकित्ता न्यूनतम ८४.४७ रुपैयाँदेखि अधिकतममा २५३.४१ रुपैयाँ मुल्यमा पहिलो कारोबार हुनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here