20 C
Nepal
Monday, September 29, 2025

सपोर्ट लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी घट्यो

spot_imgspot_imgspot_img

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले २ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३२.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको निष्क्रिय कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम छुट्याउनु नपरेपछी नाफा बढेको देखिएको हो ।

लघुबित्तको अन्य विवरण भने सन्तोषजनक छैन । खुद ब्याज आम्दानी लगायतका आम्दानी घटेको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा कायम भएको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ कायम भएको छ।

प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ । त्यस्तै लघुबित्तको प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ।

यस लघुवित्तको जगेडा काेषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here