20.4 C
Nepal
Wednesday, September 18, 2024

मनकामना इन्जिनियरिङ हाइड्रोपावर साउन २८ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपिओ यही साउन २८ गतेदेखि सर्वसाधारणका लागि निस्काशन हुने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका निस्काशन गर्न लागेको हो। यसमा स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर थपिनेछ ।

यसमध्ये ४० हजार कित्ता कर्मचारीलाई र १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरु तथा सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १० गते बैंकिङ समयपछि हुनेछ।

मनकामना इन्जिनियरिङको आईपीओ बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here