34.6 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 211

मरेका कुखुराको मासु यसरी भान्सा भान्सामा पुग्दै

0

पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा भान्सामा मरेका कुखुराको मासु पुगिरहेको ब्रिफिङ गरेकी छीन ।

आज गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठसङको छलफलमा मरेका कुखुराहरु प्याक गरेर उपभोक्तासम्म पुगिरहेको बताएकी हुन ।

उनले भनेकी छीन कि निरीक्षणका गर्दा भारतबाट भित्र्याइएका मरेको कुखुराहरू प्याकिङ गरेर उपभोक्ताको भान्सा भान्सामा पुर्याइएको पाइेको छ । ।

रात्रीकालीन समयमा भारतबाट कुखुरा ल्याइने र ती कुखुराहरू बाटोमा ल्याउँदै गर्दा वा खोरमा राख्दा मर्ने गरेको र त्यसैलाई काटेर बजारमा पुर्‍याइने गरेको हो ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लागायो, नेपालमा मुल्य ६० प्रतिसत बढ्ने अनुमान

0

भारत सरकारले प्याज निर्यातमा ४० प्रतिसत कर लगाउने निर्णय गरेको छ । प्याजको मूल्यमा अत्यधिक वृद्धि भएकाले मुल्य बड्न नदिन यो उपाय लगाइएको हो । यदी बाहिर जाने प्याजमा कर लगाउने हो भने बाहिर कम खपत हुन थाल्नेछ र भारतमा आपुर्ती बढ्न गई मुल्य घट्नेछ – यही मान्यताका आधारमा प्याजमा कर लगाइएको हो ।

हालसम्म प्याजको निर्यातमा कुनै कर लाग्दैन थियो । तर, हाल प्याजको मुल्य बढेकोले यसलाई नियन्त्रण गर्न भारत सरकारले करको सहयोग लिएको हो ।

भारतको वित्त मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा प्याजको निर्यातमा कर लगाइएको उल्लेख गरिएको छ । तत्कालै कार्यान्यनमा आएको यो व्यवस्था ३१ डिसेम्बरसम्म रहने जनाइएको छ ।

अल इण्डिया रिटेल प्राइसकाअनुसार प्याजको मूल्य १० अगस्टमा २७.९० रुपैयाँ प्रतिकेजी थियो । गत वर्ष यही समयमा भारतमा २ रुपैयाँ प्रतिकेजीमा प्याज पाइएको थियो । यसरी मुल्य आकासिए पछी मुल्य नियन्त्रणको प्रयास स्वरुप कर लगाइएको हो ।

भारतले कर लगाएपछी भारतबाट आउने प्याजको मुल्यमा ६० प्रतिसतसम्म बढ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्ष नेपालले ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज भारतबाट आयात गरेको थियो ।

माण्डु हाइड्रोपावरको प्रिमियममा आईपीओ खुल्दै , ५० हजार कित्तासम्म आबेदन दिन सकिने

0

माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनिले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आवेदन खुलाउने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी आइपिओ बाडफाड गरिसकेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको थियो।


आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको ७९ लाख ३० कित्ता समेत कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्काशन गर्न लागेको छ् । यसमध्य २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। कम्पनीले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको छ ।

यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।

यो आइपिओको निष्काशन बन्द छिटोमा भदौ १३ गते हुनेछ भने ढिलोमा भदौ २४ गते हुनेछ।

इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनिले २२ मेघावाट बिध्युत उत्पादन गर्दैछ , जसको जम्मा लगानी ४.०२ अर्ब रहेको छ । त्यस्तै उक्त आयोजनाको प्रतिमेघावाट लगानी १८.२७ करोड रहेको देखिन्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आइपिओ बाडफाड पछी कम्पनिमा ८८ प्रतिसत सेयरमा प्रमोटरको लगानी हुनेछ भने बाँकी सेयर सर्बसाधारणको लागानी हुनेछ ।

सिनर्जी पावरको हकप्रदमा आजबाट आवेदन खुला

0

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयरधनीहरुका लागि आजबाट हकप्रद सेयर बिक्री खुला गरेको छ।

कम्पनीले २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला भएको हो । जसअनुसार ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर कम्पनिले जारी गरेको हो ।

हकप्रदपछी कम्पनिको चुक्तापुँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्ने देखिन्छ ।

यो हकप्रदमा सेयरधनीहरुले भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

कम्पनिमा गत साउन ११ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रद भर्न पाउनेछन ।

सिनर्जी पवारको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

हिमालयन ८०-२० मा छैन लगानिकर्ताको आकर्षण ,राम्रा म्युचुवल फण्डहरु २०-३० प्रतिसत सस्तोमा फालाफाल

0

हिमालयन ८०-२० मा लगानिकर्ताले विश्वाश गर्न सकेका छैन । हिमालयन क्यापिटलले अगस्ट १७ बाट जारी गरेको उक्त योजनामा लगानिकर्ताको एकदमै न्युन सहभागिता रहेको देखिन्छ ।

यस म्युचुवल फण्डले जारी गरेको ८ करोड ५० लाख कित्तामध्ये ८४ लाख ४४ हजार हाराहारी कित्तामात्र हालसम्म बिक्री भएको छ । जुन कुल कित्ताको १० प्रतिसतमात्र बिक्री हो ।

यसमा आबेदन दिने अंतिम मिती अगस्ट २१ बैंकिङ समयसम्म रहेको छ । तर केही समय म्याद थप्न मिल्छ र कम्पनिले त्यो अबसरको उपयोग गर्दै मिती अबस्य थप्नेछ ।

कोष प्रबर्दक हिमालयन बैंक रहेको छ भने योजना ब्यबस्थापक हिमालयन क्यापिटल रहेको छ ।

राम्रा म्युचुवल फण्डहरु २०-३० प्रतिसत सस्तोमा फालाफाल
हाल बजारमा अन्य म्युचुवल कम्पनिहरु पनि कारोबारमा रहेका छन । ति कम्पनिहरुले आफुलाई प्रमाणित गरिसकेका छन । त्यस्ता राम्रा कम्पनी (म्युचुवल फन्ड) बजारमा २०-३० प्रतिसतसम्म सस्तोमा फालाफाल पाईन्छ । त्यसैले पनि यो हिमालयन ८०-२० योजनामा लगानिकर्ताको खासै रुची देखिदैन । बजारमा त्यो भन्दा राम्रा म्युचुवल फन्डहरु सस्तोमा फालाफाल रहेको बेला किन महँगोमा पर्नु भन्ने मानसिकता लगानिकर्ताको रहेको देखिन्छ ।

कम्पनिको बिबादित छबी
हिमालयन क्यापिटल त्यही म्युचुवल फन्ड हो जसले घोराही सिमेन्टको आइपिओ जारी गर्न सहयोगी भूमिका खेलेको थियो । तर अन्तिम समयमा नियमबिपरित घोराही सिमेन्टको म्याद थप्न यो कम्पनिले भूमिका खेलेपछी घोराही सिमेन्टको आइपिओ केही समय रोकिएर पछी केही समय पछी सुचारु भएको थियो । घोराही सिमेन्टमा नियमानुसार आबस्यक आबेदन पेरिसक्दा पनि समय थपेर कानुन बिपरित काम गर्न यही हिमालयन क्यापिटलले सहयोगी भूमिका खेलेपछी लगानिकर्ताहरुको विश्वाश क्यापिटलले गुमाएको हुन सक्छ । पछी अनुसन्धान गर्दा घोराहिमा फर्जी आबेदन परेको पाइएको थियो । लगानिकर्ताहरु त्यस आइपिओमा नियम बिपरित समय थपिनुमा क्यापिटलले पहिलानै फर्जी आबेदनको बारे जानकार भएर पनि लगानिकर्तालाई गुमराहमा राखी लगानिकर्ताको फाईदा भन्दा आफ्नो मात्र फाईदा हेरी लगानिकर्ताबाट पैसा उठाउन मात्र भूमिका खेलेको आरोप लगाउछन ।

हाइड्रोपावर कम्पनीको स्थिती के छ, लाभांश क्षमता कती छ ? हेर्नुस् पुरा जानकारी

हाइड्रोपावर कम्पनिहरुले आर्थिक बर्ष २०७९-८० सालको अपरिस्क्रित विवरणहरु सार्वजनिक गरेका छन ।

त्यसका आधारमा हामीले कम्पनिको केही विवरणको बारे चर्चा गर्दैछौ । हाल नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये माउन्टेन ईनर्जी नेपालको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २०.६२ रहेको छ । यसको बुक भ्यालु १६१.२८ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २७३.५४ रहेको छ ।

त्यस्तै रुरु जलबिध्युत पारीयोजनाको प्रतिसेयर आम्दानी १३.९४ रहेको छ । यसको बुक भ्यालु १३२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २०३.६ रहेको छ ।
त्यस्तै
सानीमा माइ हाइद्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी १३.१८ रहेको छ । यसको बुक भ्यालु १७९.७६ रहेको छ । यसको ग्राहम फेयर भ्यालु २३०.८८ रहेको छ ।

नेपाल हाइड्रो डिभलपर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ११.४ रहेको छ । यसको बुक भ्यालु ११२.७२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १७०.०४ रहेको छ ।

सुपर माइ कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ११.०५ रहेको छ । यसको बुक भ्यालु ११०.९१ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १६६.०६ रहेको छ ।

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ९.५६ रहेको छ । यसको बुक भ्यालु १४५.४९ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १७६.९ रहेको छ ।

बुटवल पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ७.८४ रहेको छ । यसको बुक भ्यालु २०५.१ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १९०.२१ रहेको छ ।

कालिका पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ७.७८ रहेको छ । यसको बुक भ्यालु ११०.४ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १३९.०२ रहेको छ ।

राधी पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ६.७२ रहेको छ । यसको बुक भ्यालु १२०.५४ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १३५ रहेको छ ।

बिन्ध्या बासिनी हाइड्रो डिभलप्मेन्ट कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ६.१६ रहेको छ । यसको बुक भ्यालु ११३.७५ रहेको छ । यसको ग्राहम फेयर भ्यालु १२५.५६ रहेको छ ।

सगरमाथा जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ५.६७ रहेको छ । यसको बुक भ्यालु १०५.३२ रहेको छ । यसको ग्राहम फेयर भ्यालु ११५.९१ रहेको छ ।

पाचथर पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी ५.५४ रहेको छ । यसको बुक भ्यालु ११०.६५ रहेको छ । यसको ग्राहम फेयर भ्यालु ११७.४४ रहेको छ ।

विवरणहरु केलाउदा लगभग ४४ कम्पनिको प्रतिसेयर आम्दानी शुन्य रहेको छ । यसको अर्थ यि कम्पनिहरु लाभाम्स बाड्न सक्ने छैनन ।

नेप्सेमा सुचिक्रित कम्पनिहरुमध्ये १४ कम्पनिको मात्र वास्तविक मुल्य १०० रुपैया भन्दा माथि रहेको देखिन्छ । त्यस्तै ३६ कम्पनिको ग्राहम फेयर भ्यालु अथवा वास्तविक मुल्य ५ रुपैया भन्दा कम रहेको देखिन्छ । जुन दिर्घकालिन लगानिका लागि अहिलेको मुल्यमा किन्नु राम्रो देखिदैन ।

सम्पूर्ण कम्पनिहरु मध्ये ४३ कम्पनिको रिटर्न अन ईक्विटी शुन्य वा सो भन्दा मुनी रहेको देखिन्छ । जुन दिर्घकालिन लगानिका लागि शुखद मानिदैन ।

कम्पनिको प्राइस टू अर्निङ रेसियो (पि ई रेसियो) ४० भन्दा माथि १०००० सम्म रहेको देखिन्छ । यसको मत्लब समग्रहमा आम्दानी वा कमाइको हिसाबमा हेर्दा अहिले पनि सबै कम्पनी दिर्घकालिन लगानिका लागि भने अझै पनि ओभरभ्यालुड वा ओभरप्राइस्ड रहेको देखिन्छ ।

नेप्सेमा सुचिक्रित कम्पनीहरुमध्ये ३८ कम्पनीहरु रिसर्भ नेगटिभ रहेको छ । रिसर्भ माइनसमा हुनु भनेको कम्पनिको लागि सुखद पक्ष होइन ।

कम्पनिको बिस्त्रित विवरण तल प्रस्तुत गरिएको छ ।

Reserve and Net profit in ‘000’

नोट : यो जानकारी ट्रेडरका लागि होइन । यो जानकारी खरिदबिक्रिको रिकोमेन्डेसन होइन । सेयर बजार जोखिमको क्षेत्र हो । यसमा लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।

ईतिहासमा सेयरबजार ३२०० पुगेको दिन आजै , सेयरबजारमा सफल हुन यि मन्त्रहरु हेर्नुस् तपाईं सेयर बजारमा सफल हुनुहुनेछ

अहिले सेयर बजारमा लगानी गर्नेहरुलाई घाटा भईरहेको अवस्था छ । सेयर बजार आजकै दिन अर्थात २०२१ अगस्ट १९ तारिखकै दिन बजार ३२०० को उच्च बिन्दुबाट घट्न सुरु गरएको थियो । तत्कालिन समयमा २१ अर्ब हाराहारी दैनिक कारोबार हुन्थ्यो सेयर बजारमा । सन २०२१, आजकै दिनबाट घटेको सेयर बजार अझै सम्हालिन सकेको छैन ।

बजार २०२२ जुलाई २४ तारिखबाट बजार १८०० देखी २२०० हाराहारिको रेन्जमा बजार घुमिरहेको देखिन्छ । यसरी बजार साइडवेजमा रहेको पनि ४०० दिन भन्दा बढी भईसकेको छ । अझै बजार माथि नै जाने भन्ने बजारले कन्फर्म गर्ने सकेको छैन ।

३२०० बाट झरेको बजारमा नेप्से ४३ प्रतिसत हाराहारी घटेको देखिन्छ । अन्य उपसमुह पनि त्यसरी नै ६०-७० प्रतिसत सम्म घ्टेको देखिन्छ । स्टकको कुरा गर्दा कुनै कुनै स्टक जहाँबाट बढ्न सुरु गरेको त्यही मुल्य नजिक आएको पनि देखिन्छ ।

राम्रो भनिएका कम्पनी पनि धेरै नै घटेको देखिन्छ । जस्तै पहिला ब्लुचिप मानिएको नेपाल लाइफ २१०० हाराहारी (एडजस्टेड) रहेको मुल्य ५०० सम्म आएको देखिन्छ । ११०० हाराहारी (एडजस्टेड) रहेको नबिल बैंक ५०० हाराहारी आएको देखिन्छ ।

कुनै कम्पनी त यस्ता पनि भेटिए कि १५ करोडको लगानी ३ करोड सम्म झरेको देखिन्छ । जस्तै बुल मार्केटमा १४०० सम्म मुल्य पुगेको गोर्खा फाइनान्स ३००को लाइनमा झरेको पनि देखियो ।

बजार यसरी घटेको छ कि यदी ॠणमा कसैले लगानी गरेको भए टाट पल्टीसक्ने अवस्था छ । त्य्स्तै आफ्नै लगानी हो भने पनि लगानी रकम ५० प्रतिसत देखी ७० प्रतीसत र सोभन्दा माथि पनि लगानी घटेको देखिन्छ ।

सेयर बजारमा लगानी गर्नु अघी धेरै कुरामा ध्यान दिनुपर्ने देखिन्छ । सेयर बजारमा हल्लाको भरमा लगानी गर्ने बानी चटक्कै छाड्नु उचित देखिन्छ । आफुले पहिला किनेर टन्न थुपारेर बजार यती पुग्छ , उती पुग्छ भन्दै फेसबूक ग्रुप , क्लब हाउसतिर आएर हल्ला मच्चाउने हल्लाखोर तथा टोपिबाजको पछाडि लाग्न छोड्नु पर्ने देखिन्छ ।

लगानी गर्नु अघी कम्पनीको प्रतिसेयर आम्दानी , नेटवर्थ, पिई रेसियो हेर्नु जरुरी छ । तपाईंले सकेसम्म प्रतिसेयर आम्दानी ३० भन्दा माथि भएका कम्पनीमा लगानी गर्नु उचित हुन्छ । यदी त्यो भन्दा कम ईपियस हेर्न चाहनु हुन्छ भने मुद्रास्फ्रिती भन्दा ईपियस बढी भएको कम्पनी छान्न हामी तपाईंलाई सुझाब दिन्छौ ।

त्यस्तै नेटवर्थ कती छ भन्ने पनि हेर्नु जरुरी छ । बजारमा अहिले चुक्ता पुजी १०० भएका कम्पनिको नेटवर्थ १०० भन्दा मुनी रहेको कम्पनिहरु बग्रेल्ती भेटिन्छन् । ति कम्पनिहरु घाटामा रहेका कम्पनीहरु हुन । त्यस्ता कम्पनिहरु बाट टाढा बस्नु मुद्धिमानी ठहरिन्छ ।

त्यस्तै तपाईंले लगानी उचित मुल्यमा गर्नुपर्दछ । फेयर भ्यालुमा मात्र लगानी गर्नु उचित उचित हुन्छ । यदी तपाईंलाई लगानी गर्न लागेको कम्पनीको मुल्य बढी लागेमा उचित मुल्यसम्म पर्खिनु उचित हुन्छ । मानौ तपाईंले कुनै कम्पनी छान्नु भयो भने त्यो कती मुल्यमा छ त्यो हेर्नुस् । तपाईं त्यो कम्पनी उचित मुल्यमा आउन दिनुस् । सेयर बजारले सबैलाई किन्ने मौका अबस्य दिन्छ ।

सेयर बजारमा स्टक किनिसकेपछी वार्षिक रिपोर्ट र चौमासिक रिपोर्ट हेर्नु जरुरी हुन्छ । यदी किन्दाको समयमा भन्दा तात्विक भिन्नता आएमा त्यो स्टकका बारेमा पुनर्बिचार गर्नु पर्ने हुन सक्छ । जस्तै तपाईंले स्टक किन्दा ईपियस ५० थियो र कम्पनिले प्रकाशित रिपोर्टमा ईपियस १० देखियो भने कम्पनिबाट बाहिरिदा राम्रो हुन्छ । नेपाल लाइफको पनि त्यस्तै भएको थियो कम्पनिको मुल्य २१०० हाराहारीबाट झरेर ५०० हाराहारी आउनुको मुख्य कारण कम्पनिको रिसर्भ र आम्दानीमा कमी आउनु थियो । रिसर्भबाट कम्पनिले बोनस बाड्दै जादा ४ अर्बको रिजर्ब १ अर्बतिर झर्यो त्यस्तै ईपियस पनि माइनससम्म पुग्यो ।

यसरी हेर्दा सेयर बजारमा लगानी गर्नु अघी आँफैले अध्ययन अनुसन्धान गरेर मात्र लगानी गर्नुहोस् । हल्लाको भरमा लगानी नगरनुस् । आफैले अध्ययन अनुसन्धान गरेर लगानी गर्दा यदी थोरै घाटा गए पनि त्यसबाट सिक्ने मौका पाउनुहुनेछ । के कारणले आफ्नो बिस्लेषण मिलेन भनेर आँफै समिक्षा गर्नुहोस् ।

लघुबीमा कम्पनीले यी क्षेत्रमा बाहेक अन्त लगानी गर्न नपाउने

0

नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीले कुन क्षेत्रमा लगानी गर्ने भनेर प्रस्ट पारीदिएको छ ।

प्राधिकरणले लघु जीवन बीमकको निर्देशन, २०७९ र लघु निर्जीवन बीमकको लगानी निर्देशन, २०७९ मा लगानीका क्षेत्रबारे उल्लेख गरेको हो ।

३ वटा निर्जीवन र ४ वटा जीवन गरी कुल ७ वटाले लघुबीमाको लाइसेन्स पाएपनि हाल दुई जीवन लघुबीमा र दुई निर्जीवन लघुबीमा कम्पनी मात्रै सञ्चालनमा रहेका छन्।

सञ्चालनमा रहेका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, नेसनल माइक्रो र प्रोटेक्टिभ इन्स्योरेन्सले सीमित क्षेत्रमा मात्रै लगानी गर्न पाउनेछन्।

जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  1. नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्र
  2. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “क” वर्गको बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेप
  3. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  4. नेपाल राष्ट्र बैंकबाट इजाजपत्र प्राप्त “ग” वर्गको बैँक तथा वित्तीय सस्थामा राखिएको मुद्दति निक्षेप
  5. नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिवेन्चर र ऋणपत्र
  6. नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पवलिक लिमिटेड कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्र
  7. नेपाल धितोपत्र बोर्डबाट इजाजपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पव्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  8. नागरिक लगानी कोष तथा म्युचुअल फन्डका लगानी योजनाहरु

निर्जीवन लघुबीमा कम्पनीले लगानी गर्न पाउने क्षेत्र

  1. नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार वा नेपाल राष्ट्र बैंकको वचत पत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र
  2. नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्रप्त “क” वर्गको बैंक तथा पुर्वाधार विकास बैंको मुद्दति निक्षेप
  3. नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ख” वर्गको बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  4. नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थामा राखिएको मुद्दति निक्षेप
  5. नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गको बैंक तथा वित्तिय संथाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्र
  6. नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्र
  7. नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर
  8. नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरु।

देशको वर्तमान आर्थिक स्थितिको प्रमुख झलक हेर्नुहोस्

0

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्क सार्वजनिक गरेकाे छ ।

रिपाेर्ट अनुसार मुद्रास्फीति ७.७४ प्रतिशत रहेको छ । आयात र निर्यात दुबै घटेको छ । जहाँ आयात १६.१ प्रतिशतले घटेको छ भने निर्यात समेत २१.४ प्रतिशतले घटेकाे छ ।

रेमिट्यान्स २१.२ प्रतिशतले ब्रिद्धी भएको छ । शोधनान्तर स्थिति २९० अर्ब ५२ करोडले बचतमा रहेको देखिन्छ ।

हाल कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १० महिनाको आयात धान्न सक्छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले ब्रिद्धी भएको देखिन्छ ।

त्यस्तै २०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप रु.५७ खर्ब १० अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४७ खर्ब ९७ अर्ब पुगेको छ ।

सहकारी बचतकर्ताको अर्बौं ठगिको आरोपमा हिरासतमा रहेका शर्माले माछापुच्छ्रे बैंकको ६८ करोड नतिरेपछि धितो लिलामी गरिदै

0

काठमाडौं । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा प्रहरिको हिरासतमा रहेका केदारनाथ शर्मा दम्पत्तिले ६८ करोड रुपैयाँ कर्जाको ब्याज र सावा नतिरेपछी माछापुच्छ्रे बैंकले निज केदारनाथ शर्माले राखेको धितो लीलामको प्रकृया अगाडि बढाएको छ । माछापुच्छ्रे बैंकले धितो लिलामीको लागि सार्वजनिक सुचना निकालेको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र उनको श्रीमती अर्थात शिखर अर्गनाइजेशन (शिवशिखर सहकारी संस्थाको मुख्य साझेदारी संस्था) की निर्देशक गीता शर्माले लिएको ६८ करोड रुपैयाँ कर्जा तिर्न नसकेपछी निजको नाममा रहेको धितोमा राखेको धितो सम्पत्तिको गोप्य शिलबन्दी बोलपत्रमार्फत् लिलामी गर्न माछापुछ्रे बैंकले एक सुचना निकालेको छ ।

शिवशिखर सहकारी र तुलसी बहुमुखी सहकारी संस्थाका करिब १ लाख ८८ हजार बचतकर्ताको १२ अर्ब रुपैयाँ हिनामिना गरेपछी हाल उनी प्रहरिको हिरासतमा रहेका छन । उनी र उनकी श्रीमती माथी प्रहरिले अनुसन्धान गरिरहेको छ ।

शिखर दिप एग्रोमा शर्मा सञ्चालक रहेको अवस्थामा बैंकबाट कर्जा लिएको थियो। यसैगरी गीता शर्मा सञ्चालक रहेको शिव शिखर खाद्य उद्योग र तेजबहादुर तामाङ सञ्चालक रहेको गोरखा टि एण्ड कफी इन्डष्ट्रिजको नाममा पनि बैंकबाट कर्जा लिएका थिए ।

कर्जाको सावाब्याज भुक्तानी नगरेपछि बैंकले चलअचल सम्पत्ति लीलाम गर्न लागेको हो । स्रोतका अनुसार ०७९ असार मसान्तसम्म शर्माले नियमित कर्जाको सावाँब्याज भुक्तान गरीरहेका थिए । तर, सहकारी ठगीमा मुछिएपछि उनी सम्पर्कबिहिन भएका थिए ।

लीलामिमा भदौ २१ गते कार्यालय समयसम्म बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र भदौ २२ गते मध्यान्न साढे १ बजे खोलिनेछ ।