34.6 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 210

सन नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, आज सम्म २.०२ गुणाले ओभरसब्स्क्राइबड

0

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा आज भाद्र ४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपिओ निस्काशन गरेको थियो ।

सीडीएससीका अनुसार यो आईपीओमा आज बिहान १० बजेसम्म १३ लाख ६८ हजार ८६० आवेदकबाट कुल १ करोड ५५ लाख ७८ हजार ०४० कित्ताका लागि आवेदन परेको छ। जुन मागभन्दा २.०२ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जमा भाग्यमानी ७ लाख ६८ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

सन नेपाल लाइफको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।

हिमालयन ८०–२० लगानीकर्ताले रुचाएनन, बिक्री हुन नसकेपछी समय थपियो

साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको हिमालयन ८०–२० को इकाईमा लगानिकर्ताले रुचाएको देखिदैन । आजका मितीसम्म उक्त योजनामा २८ प्रतिसतको हाराहारिमा मात्र आबेदन परेको देखिन्छ ।आज बन्द हुनेगरी खुलाइएको भएतापनी बिक्री हुन नसकेपछी फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थपिएको छ ।

हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यो योजना हिमालयन क्यापिटलको पहिलो बन्दमुखी याेजना हो।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेकाे हाे । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा रहेको छ ।

यसको ब्यबस्थापना धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

यस हिमालयन ८०-२० मा लगानिकर्ताको आकर्षण हुन नसक्नुमा बिभिन्न कारणहरु रहेका छन ।

राम्रा म्युचुवल फण्डहरु २०-३० प्रतिसत सस्तोमा फालाफाल
हाल बजारमा अन्य म्युचुवल कम्पनिहरु पनि कारोबारमा रहेका छन । ति कम्पनिहरुले आफुलाई प्रमाणित गरिसकेका छन । त्यस्ता राम्रा कम्पनी (म्युचुवल फन्ड) बजारमा २०-३० प्रतिसतसम्म सस्तोमा फालाफाल पाईन्छ । त्यसैले पनि यो हिमालयन ८०-२० योजनामा लगानिकर्ताको खासै रुची देखिदैन । बजारमा त्यो भन्दा राम्रा म्युचुवल फन्डहरु सस्तोमा फालाफाल रहेको बेला किन महँगोमा पर्नु भन्ने मानसिकता लगानिकर्ताको रहेको देखिन्छ ।

कम्पनिको बिबादित छबी
हिमालयन क्यापिटल त्यही म्युचुवल फन्ड हो जसले घोराही सिमेन्टको आइपिओ जारी गर्न सहयोगी भूमिका खेलेको थियो । तर अन्तिम समयमा नियमबिपरित घोराही सिमेन्टको म्याद थप्न यो कम्पनिले भूमिका खेलेपछी घोराही सिमेन्टको आइपिओ केही समय रोकिएर पछी केही समय पछी सुचारु भएको थियो । घोराही सिमेन्टमा नियमानुसार आबस्यक आबेदन पेरिसक्दा पनि समय थपेर कानुन बिपरित काम गर्न यही हिमालयन क्यापिटलले सहयोगी भूमिका खेलेपछी लगानिकर्ताहरुको विश्वाश क्यापिटलले गुमाएको हुन सक्छ । पछी अनुसन्धान गर्दा घोराहिमा फर्जी आबेदन परेको पाइएको थियो । लगानिकर्ताहरु त्यस आइपिओमा नियम बिपरित समय थपिनुमा क्यापिटलले पहिलानै फर्जी आबेदनको बारे जानकार भएर पनि लगानिकर्तालाई गुमराहमा राखी लगानिकर्ताको फाईदा भन्दा आफ्नो मात्र फाईदा हेरी लगानिकर्ताबाट पैसा उठाउन मात्र भूमिका खेलेको आरोप लगाउछन ।

घाटामा रहेका यि ४७ कम्पनीहरु, लगानी गर्नु अघी अबस्य हेर्नुस् -यो बिशेष रिपोर्ट

नेप्सेमा सुचिक्रित भएर कारोबारमा रहेका कम्पनीहरुमध्ये ४७ कम्पनीहरु घाटामा रहेको पाइेको छ । हामीले यस बिशेष रिपोर्टमा ति घाटमा रहेका ४७ कम्पनिको प्रतिसेयर आम्दानी , किताबी मुल्य , पिई रेसियो लगायतका बारेमा चर्चा गर्दैछौ ।

घाटामा रहेका कम्पनिमा दिर्घकालिन लगानी गर्नु खासै उचित देखिन्न । घाटामा जानुको धेरै कारणहरु हुन सक्छन । अल्पकालिन कारण हो भने कम्पनिले बउन्स ब्याक गर्न सक्छ । नत्र त्यस्ता कम्पनिहरु दिर्घकालिन लगानिका लागि उचित नहुन सक्छ । यस्ता कम्पनिहरु किन्दा पनि फेयर भ्यालुमा आएका बेला किन्नु उचित हुन्छ – यदी उक्त कम्पनीले बउन्स ब्याक गर्छ भन्ने आफ्नो बिस्लेषणले देखाउछ भने ।

प्रतिसेयर आम्दानी भनेको कम्पनिले आर्जन गरेको कुल खुद नाफालाई जम्मा सेयर सङ्ख्याले भाग गर्दा निस्किन्छ । यो भनेको एक सेयरले कमाएको नाफा हो भनेर बुझ्दा हुन्छ ।

पिई रेसियो भनेको हालको अवस्थामा कम्पनिको सेयर किन्दा कती बर्समा कम्पनिको मुल्य कभर हुन्छ भन्ने अर्थ लाग्छ । मानौ कम्पनिको पिई रेसियो २० छ भने हालको मुल्य र हालको कमाइले २० बर्षमा कम्पनिले आफ्नो लगानी फिर्ता दिन्छ भन्ने हो । सामान्यतया पिई रेसियो १५ वा सोभन्द कम भएको राम्रो मानिन्छ । पिई नेगटिभ हुनु भनेको कम्पनी घाटामा छ भन्ने अर्थमा बुझिन्छ ।

1.जाल्पा लघुबित्त लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -६१.५१ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल६१.५१ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य २१७।२५ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १३०० रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२१।१३ रहेको देखिन्छ ।


2. माउन्टेन हाइड्रो नेपाल लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३५.८९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३५.८९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ६४।४४छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १७८ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४।९६ रहेको देखिन्छ ।

3. अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३५.४९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३५.४९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ३४।६७छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २२४ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -६।३१ रहेको देखिन्छ ।


4. प्रोग्रेसिभ फाइनान्स लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३४.२२ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३४.२२ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७४.९२ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३०५ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -८.९१ रहेको देखिन्छ ।


5. अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२४.९४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल २४.९४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ६५.७१ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २९७.५ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -११.९३ रहेको देखिन्छ ।


6. सप्तकोशी डिभलोप्मेन्ट बैंक लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२४.६४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल २४.६४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७३.३८ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २३७रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -९.६२ रहेको देखिन्छ ।


7. हिमालयन पावर पार्टनर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२०.६४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल २०.६४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९९.९१छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २४२.७रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -११.७६ रहेको देखिन्छ ।


8. लक्ष्मी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१८.८ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १८.८ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १७९.०१छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ६६२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३५.२१ रहेको देखिन्छ ।


9. सिटी होटल लिमिटेड लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१६.३४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १६.३४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १०३.६२ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ६८८.३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४२.१२ रहेको देखिन्छ ।


10. मोदी ईनर्जी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१५.६७ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १५.६७ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७५.४४ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १७३.६ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -११.०८ रहेको देखिन्छ ।


11. दिव्यसवरी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१४.४८ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १४.४८ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १.११ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १५०.२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१०.३७ रहेको देखिन्छ ।

12. न्यादी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१३.९५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १३.९५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७३.५४छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २२२रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१५.९१ रहेको देखिन्छ ।


13. रिलायन्स फाइनान्स लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१३.७४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १३.७४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १०३.२३छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३१८रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२३.१४ रहेको देखिन्छ ।


14. एसियन हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१२.१५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १२.१५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ११२.६४ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३०४.३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२५.०५ रहेको देखिन्छ ।


15. तेह्रथुम पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -११.७५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ११.७५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ६३.६९ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३३२.५ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२८.३ रहेको देखिन्छ ।


16. नारायणी डिभलोपमेन्ट बैंक लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -११. १ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ११. १ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ३६छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३७२.१ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३३.५२ रहेको देखिन्छ ।


17. श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१०.०१ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १०.०१ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ८२.८७ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २१९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२१.८८ रहेको देखिन्छ ।


18. सम्रिद्धी फाइनान्स कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -९.७५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ९.७५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७६.८६ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २७२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२७.९ रहेको देखिन्छ ।


19. धौलागिरी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -८.२५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल८.२५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १७२.३२ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ६८४ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -८२.९१ रहेको देखिन्छ ।


20. आरम्भ चौतारी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -७.०७ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ७.०७ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १४०.५३ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ५७४ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -८१.१९ रहेको देखिन्छ ।


21. बाराही हाइड्रोपावर पब्लिक लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -७.०३ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ७.०३ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ५८.६३छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ४३१.९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -६१.४४ रहेको देखिन्छ ।


22. छ्याङ्दी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -६.८९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ६.८९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९१.७७ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २०७ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३०.०४ रहेको देखिन्छ ।


23. लिबर्टी ईनर्जी कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -५.९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ५.९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७५.६९ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २३२.१ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३९.३४ रहेको देखिन्छ ।


24. साम्लिङ पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -५.५७ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ५.५७ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ११२.४१ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ३६७ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -६५.८९ रहेको देखिन्छ ।


25. हिमालयन उर्जा बिकास कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -५.०१ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ५.०१ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य९३.३९छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २२३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४४.५१ रहेको देखिन्छ ।


26. खानिखोला हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -४.८९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ४.८९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ८५.४७ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १७२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३५.१७ रहेको देखिन्छ ।


27. भुगोल ईनर्जी डिभलोपमेन्ट कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -४.८४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ४.८४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ६४.५४ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १८२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३७.६ रहेको देखिन्छ ।


28. डोल्टी पावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -४.०७ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ४.०७ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७८.१३ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १९२.३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४७.२५ रहेको देखिन्छ ।


29. सिङटी हाइड्रो ईनर्जी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३.९३ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३.९३ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ८६.६४ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २४२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -६१.५८ रहेको देखिन्छ ।


30. घलेम्दी हाइड्रो लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३.५८ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३.५८ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७५.९ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १७८ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४९.७२ रहेको देखिन्छ ।


31. एनएमबी लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -३.१ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ३.१ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १४२.१८ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य ५२९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१७०.६५ रहेको देखिन्छ ।


32. पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२.६५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल २.६५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९७.३५ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २६६.९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१००.७२ रहेको देखिन्छ ।


33. अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२.५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १०० को लगानीमा हाल २.५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९३.८१ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २२३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -८९.२ रहेको देखिन्छ ।


34. बलेफी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -२.२२ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल २.२२ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९२.३६ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २२६.४ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१०१.९८ रहेको देखिन्छ ।


35. मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१.९५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १.९५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९२.६८ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १९५ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१०० रहेको देखिन्छ ।


36. मोलुङ हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१.४२ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १.४२ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७५.८छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १६९.९रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -११९.६५ रहेको देखिन्छ ।


37. दोर्दी खोला जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१.१६ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १.१६ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य १००.५७ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २१०रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१८१.०३ रहेको देखिन्छ ।


38. पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१.१४ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १.१४ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ८३.०६ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १६६ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१४५.६१ रहेको देखिन्छ ।


39. पिपल लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -१.०६ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल १.०६ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९५.९२ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २३४.९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२२१.६ रहेको देखिन्छ ।


40. सानीमा मिडल तमोर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.९ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.९ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९७.७३ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २४४.६ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२७१.७८ रहेको देखिन्छ ।


41. मक्कर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.७८ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.७८ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९४.११ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २४३ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३११.५४ रहेको देखिन्छ ।


42. रसुवागढी हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.७३ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.७३ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९५।०७छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २८३।८ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३८८।७७ रहेको देखिन्छ ।


43. हिमालयन हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.६३ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.६३ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ७१.२४ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १९७ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -३१२.७ रहेको देखिन्छ ।


44. मध्य भोटेकोशी जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.५७ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.५७ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९३.६५ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २७५ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -४८२.४६ रहेको देखिन्छ ।


45. सान्जेन जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.५६ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.५६ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९३.५२ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २८० रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -५०० रहेको देखिन्छ ।


46. आखु खोला जलबिध्युत कम्पनी लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.५५ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.५५ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ६९.६१ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य १५९ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -२८९.०९ रहेको देखिन्छ ।


47. इङ्वा हाइड्रोपावर लिमिटेड
यस कम्पनिको प्रतिसेयर आम्दानी -०.१२ रहेको छ । यसको अर्थ यो कम्पनी रु १००को लगानीमा हाल ०.१२ रुपैया घाटा खाइरहेको छ । यो कम्पनिको बुक भ्यालु वा किताबी मुल्य ९८.४७ छ । त्यस्तै यो कम्पनिको हाल बजार मुल्य २०६.२ रहेको छ भने यसको प्राइस टु अर्निङ (पीई ) रेसियो -१७१८.३३ रहेको देखिन्छ ।

नोट : यो बाइसेल रिकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।

स्थानीय निकायको रकमलाई निक्षेपमा गणना गर्न दिने तयारी, करिब १ खर्ब तरलता बजारमा थपिने

0

सरकारले स्थानीय निकायको पैसालाई निक्षेपमा गणना गर्न दिने तयारी गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रीस्तरीय निर्णयबाट स्थानीय निकायको पैसा बैंकहरुलाई निक्षेपको रुपमा गणना गर्न मिल्ने बनाएका हुन । केही समय अघी पनी स्थानइय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने ब्यबस्था थियो तर बिचमा केही समय सो ब्यबस्था हटेको थियो ।

कर्जा निक्षेप अनुपात(सीडी रेसियो)को सकसमा रहेका बैंकहरुले निक्षेप खोसाखोस गर्दा ब्याजदर बढ्ने र आफ्नो योजनामा समस्या आउने देखेर मन्त्री डा. महतले स्थानीय निकायको फण्ड निक्षेपको रुपमा गणना गर्न पाउने ब्यबस्था मिलाएका हुन ।

श्रोतका अनुसार बैंकहरुले स्थानीय निकायको फण्डमध्ये ६० प्रतिशत रकमलाई निक्षेपको रुपमा गणना गर्न पाउनेछन् । यस्तो व्यवस्था आगामी चैत मसान्तसम्मका लागि गरिएको जानकारी प्राप्त भएको छ ।

यो निर्णयबाट बैंकहरुमा करिब १ खर्ब तरलता थपिनेछ ।

मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो कि परेन ? हेर्नुस्

0

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर, आईपीओ आज आइतबार बाँडफाँड गरिएकाे छ ।

आबेदन कुल १३ लाख १६ हजार ५ सय २९ जना लगानीकर्ताहरूले दिएको भएतापनी १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्रै योग्य भएको थियो भने बाँकी बदर भएको थियो ।

गाेलाप्रथाद्वारा बाँडफाँड गरिएको यो कम्पनिको आइपिओमा २ लाख २७ हजार ६ सय ६२ जना लगानीकर्ताहरूले १० कित्ताका दरले आइपिओ पाएका छन भने बाँकीको हात खाली भएकाे छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्कासन गरेकाे थियाे । स्थानीयको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको थियाे ।

नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, मनकामना इन्जिनियरिङ्गको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

२१.९९ अङ्कले घट्यो सेयर बजार , फवार्ड लघुबित्तका लगानिकर्ताले सर्बाधिक कमाए

0

सेयर बजार आज २१.९९ अङ्कले घटेको छ । आज १.०८ प्रतिसतले घट्दै सेयर बजार २०११.१४ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २९ कम्पनिको मुल्य बढेको छ भने १९० कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ४४ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा फवार्ड लगुबित्त, आरएसडीसी लघुबित्त,सानीमा लार्ज क्याप फन्ड, बलेफी हाइड्रो ,जनउथ्थान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा एग्रिकल्चर बैंक डिबेन्चर २०८३, अप्पर स्याङ्जे हाइड्रो ,सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ , ग्लोबल आइएमई लघुबित्त, लिबर्टी ईनर्जी लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा आइएमई लाइफ इन्सुरेन्स, हिमालयन डिस्टिलरी,ज्योती बिकास बैंक,सोल्टी होटल, घोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर भोलिबाट कारोबार सुरु हुने, ओपनिङ रेन्ज कति ?

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनिको सेयर सूचीकृत भएको छ। कुनै पनि कम्पनीको साधारणस सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने प्रचलन अनुसार कम्पनीको सेयर भोलि सोमबारबाट कारोबारमा आउने छ।

नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरिएको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यसको कारोबार रेन्ज प्रतिकित्ता न्यूनतम १५९.६७ रुपैयाँदेखि अधिकतम ४७९.०१ रुपैयाँ तोकेको छ।

भोलि स्पेसल प्रि–ओपसन सत्रमा कम्पनिको तोकेको रेन्जभित्र किनबेच भयो भने नियमित सत्रका लागि कारोबार खुल्नेछ।

आम्दानी बढ्दा साल्ट ट्रेडिङको नाफा ५८%ले बढ्यो , अन्य सुचक कस्ता?

साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०७९–८०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले समीक्षा अवधिमा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५८.०५ प्रतिशतले बढी अर्थात ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन हो।

चौथो त्रैमासमा कम्पनीको खुद नाफा प्रतिसेयर २८.२६ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीले सामान बिक्रीबाट ८ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको रिजर्भको आकार ४.७६ प्रतिशतले बढेर १ अर्ब ३६ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ३० करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ४१९.६ रुपैयाँ रहेको छ।

६ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

0

सरकारलाई आन्तरिक ऋण उठाउने उदेश्यले नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने निर्णय गरेको छ।

बोलकबोल प्रक्रियाबाट राष्ट्र बैंकले सोमबार ९१ दिनको ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंक वित्तीय संस्थाका साथैं अन्य संस्थाले ट्रेजरी बिल खरिद गर्न ब्याजदर र आफूले खरिद गर्न चाहेको रकम इलेक्ट्रोनिक माध्यमबाट राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नु पर्नेछ ।

राष्ट्र बैंकले सोमबार बोलकबोलमार्फ संस्थालाई ट्रेजरी बिल बिक्री गर्ने छ ।

माधव-बाबुरामलाई उन्मुक्ति दिएपछि रवि गृहमन्त्रीप्रती आक्रोशित भने- ठूलै गडबड छ

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा सीआईबीलाई निर्णयकर्ता सबैको बयानविनाको अपूरो फाइल नबुझाउन ध्यानाकर्षण गराएका छन् ।

सो प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईसहित निर्णय प्रक्रियामा सहभागीको बयान पनि नलीई सिआइबिले फाइल सरकारी वकिल कार्यालयमा बुझाउन खोजेपछी रबी लामिछाने गृहमन्त्रीप्रती आक्रोशित देखिन्छन ।

सभापति लामिछानेले फेसबुकमा लेखेका छन्, ‘सीआईबीले गैरकानूनी आदेश नसुनोस्, नमानोस् । ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान नै विनाको अपूरो अधूरो फाइल पेश नगरोस् । गृहमन्त्रीज्यु, केही त गडबड छ… ठूलै गडबड छ ।’

उनले गृहमन्त्रीले ठुलै गडबढ गरेको आशंका गरेका छन् । सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको बयान नलिने सहमति गरेर अनुसार सीआईबीलाई दबाब दिएको आरोप सरकारलाई लागिरहेको छ ।