21.2 C
Nepal
Monday, September 16, 2024

हिमालयन ८०–२० लगानीकर्ताले रुचाएनन, बिक्री हुन नसकेपछी समय थपियो

साउन ३२ गते देखि निष्काशन तथा बिक्रीमा रहेको हिमालयन ८०–२० को इकाईमा लगानिकर्ताले रुचाएको देखिदैन । आजका मितीसम्म उक्त योजनामा २८ प्रतिसतको हाराहारिमा मात्र आबेदन परेको देखिन्छ ।आज बन्द हुनेगरी खुलाइएको भएतापनी बिक्री हुन नसकेपछी फण्डको इकाईमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थपिएको छ ।

हिमालयन म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने यो योजना हिमालयन क्यापिटलको पहिलो बन्दमुखी याेजना हो।

क्यापिटलले १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाइ बिक्री गर्न लागेकाे हाे । निष्कासन गरिने कुल इकाईमध्ये १५ प्रतिशत अथवा १ करोड ५० लाख इकाई कोष प्रवर्धक हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा रहेको छ ।

यसको ब्यबस्थापना धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

यस हिमालयन ८०-२० मा लगानिकर्ताको आकर्षण हुन नसक्नुमा बिभिन्न कारणहरु रहेका छन ।

राम्रा म्युचुवल फण्डहरु २०-३० प्रतिसत सस्तोमा फालाफाल
हाल बजारमा अन्य म्युचुवल कम्पनिहरु पनि कारोबारमा रहेका छन । ति कम्पनिहरुले आफुलाई प्रमाणित गरिसकेका छन । त्यस्ता राम्रा कम्पनी (म्युचुवल फन्ड) बजारमा २०-३० प्रतिसतसम्म सस्तोमा फालाफाल पाईन्छ । त्यसैले पनि यो हिमालयन ८०-२० योजनामा लगानिकर्ताको खासै रुची देखिदैन । बजारमा त्यो भन्दा राम्रा म्युचुवल फन्डहरु सस्तोमा फालाफाल रहेको बेला किन महँगोमा पर्नु भन्ने मानसिकता लगानिकर्ताको रहेको देखिन्छ ।

कम्पनिको बिबादित छबी
हिमालयन क्यापिटल त्यही म्युचुवल फन्ड हो जसले घोराही सिमेन्टको आइपिओ जारी गर्न सहयोगी भूमिका खेलेको थियो । तर अन्तिम समयमा नियमबिपरित घोराही सिमेन्टको म्याद थप्न यो कम्पनिले भूमिका खेलेपछी घोराही सिमेन्टको आइपिओ केही समय रोकिएर पछी केही समय पछी सुचारु भएको थियो । घोराही सिमेन्टमा नियमानुसार आबस्यक आबेदन पेरिसक्दा पनि समय थपेर कानुन बिपरित काम गर्न यही हिमालयन क्यापिटलले सहयोगी भूमिका खेलेपछी लगानिकर्ताहरुको विश्वाश क्यापिटलले गुमाएको हुन सक्छ । पछी अनुसन्धान गर्दा घोराहिमा फर्जी आबेदन परेको पाइएको थियो । लगानिकर्ताहरु त्यस आइपिओमा नियम बिपरित समय थपिनुमा क्यापिटलले पहिलानै फर्जी आबेदनको बारे जानकार भएर पनि लगानिकर्तालाई गुमराहमा राखी लगानिकर्ताको फाईदा भन्दा आफ्नो मात्र फाईदा हेरी लगानिकर्ताबाट पैसा उठाउन मात्र भूमिका खेलेको आरोप लगाउछन ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here