19.3 C
Nepal
Tuesday, September 17, 2024

मनकामना इन्जिनियरिङ्गको आईपीओ बाँडफाँड : तपाईँलाई पर्यो कि परेन ? हेर्नुस्

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेकाे साधारण सेयर, आईपीओ आज आइतबार बाँडफाँड गरिएकाे छ ।

आबेदन कुल १३ लाख १६ हजार ५ सय २९ जना लगानीकर्ताहरूले दिएको भएतापनी १३ लाख ११ हजार ५ सय १७ जनाको आवेदन मात्रै योग्य भएको थियो भने बाँकी बदर भएको थियो ।

गाेलाप्रथाद्वारा बाँडफाँड गरिएको यो कम्पनिको आइपिओमा २ लाख २७ हजार ६ सय ६२ जना लगानीकर्ताहरूले १० कित्ताका दरले आइपिओ पाएका छन भने बाँकीको हात खाली भएकाे छ ।

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर निष्कासन गरेकाे थियाे । स्थानीयको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको थियाे ।

नतिजा विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिन्छ । सीडीएस एण्ड क्लियरिङले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट www.iporesult.cdsc.com.np, निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडकाे वेबसाइट, मनकामना इन्जिनियरिङ्गको वेबसाइट र मेराे सेयरबाट हेर्न सकिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here