35 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 209

सुन चादीको मुल्य बढ्यो

0

नेपाली बजारमा मंगलबार सुनको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले ब्रिद्धी भएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

आज चाँदीको मुल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

सवा १३ लाख बढी कित्ता नेसनल हाइड्रोपावरको सेयर बिक्रीमा, न्युनतम १०० रुपैया

0

नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिने भएको छ।

कम्पनीको सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता हकप्रद बिक्री भएको थिएन । त्यही सेयर भदौ १३ गतेबाट लिलाम बिक्रीमा राखिने छ, इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र दिन सक्नेछन ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

आबेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम जतीपनी सेयर संख्याका आबेदन दिन सक्नेछ्न ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

यसको अन्तिम मिति भदौ २४ गतेसम्म तोकिएको छ।

एक बर्षमा रु. १ लाख लगानी १६ लाख भयो , यी दुई कम्पनीले तहल्का पिटे

0

नयाँदिल्ली । शेयर बजार यस्तो ठाउँ हो, जहाँ लाख लगानी गर्नेलाई भाग्यले साथ दियो भने करोडपति बन्छन् भने करोडपतिहरु समेत लगानी गर्दा भाँती पुर्याएनन् भने लखपतिमा झर्छन् । 

सेयर बजारमा असफलताको कथा भन्दा सफलताका कथा बढी लेखिन्छन्, कहिन्छन् । कतिपय सेयरहरुले लगानीकर्तालाई करोडपति बनाएका रोचक कथाहरु कहिलेकाही सुनिन्छ । छिमेकी देश भारतको सेयर बजारमा केही यस्ता कम्पनी छन्, जसको सेयरमा केही लाख लगानी गर्नेहरु करोडपति भएका छन्, त्यो पनि निकै छोटो समयमा।

भारतमा दुईवटा यस्ता कम्पनीको सेयरको विषय अहिले बाहिरिएको छ, जसमा एक वर्ष अगाडि १ लाख लगानी गर्नेले आफ्नो सम्पत्तिलाई अहिले १६ लाख रुपैयाँभन्दा बढी बनाइसकेका छन् । 

लगानीकर्ताहरूले आगामी दिनमा यस्ता स्टकहरूको सेयरमूल्य थप उकालो लाग्ने अपेक्षा गरेका छन्। यद्यपि, कुनै पनि स्टकमा लगानी गर्नुअघि, तपाईंले आफ्नो वित्तीय सल्लाहकारसँग सल्लाह लिन वा आफैं सम्बन्धित कम्पनीको वित्तीय स्वास्थ्यको विषयमा बुझ्न जरुरी हुन्छ । 

भारतीय सेयर बजारमा लगानीकर्ताहरूलाई धनी बनाउने स्टकहरू मध्ये एक स्पेक्ट्रम इलेक्ट्रिकल उद्योग हो। यसले लगानीकर्तालाई एक वर्षमा करिब १६०० प्रतिशत प्रतिफल दिएको छ । 

एक वर्षअघिको कुरा गर्ने हो भने यो सेयर रु ६२ को हाराहारीमा कारोबार भइरहेको थियो । जहाँ आज यो स्टक रु १०१० मा कारोबार भइरहेको छ । यस स्टकमा लगानी गर्नेहरू धनी भएका छन्। एक वर्षमा बम्पर प्रतिफल दिने स्टकमा स्पेक्ट्रम इलेक्ट्रिकल इन्डस्ट्रिजको नाम अग्रस्थानमा छ । 

आन्ध्र सिमेन्टको स्टकले पनि लगानीकर्तालाई धनी बनाएको छ । एक वर्षअघि यो सेयर करीब ६ रुपैयाँमा कारोबार भएको थियो । जहाँ आज यसको मूल्य रु १०५ भन्दा बढि पुगेको छ । सेयरको ५२ हप्ताको उच्च स्तर मूल्य रु १५८.२५ रहेको छ । तर, अहिले आन्ध्र सिमेन्टको स्टक घटिरहेको छ । तर, लामो अवधिमा यसले लगानीकर्तालाई धनी बनाएको छ । 

एक वर्षमा सेयरले लगानीकर्तालाई १५५० प्रतिशतभन्दा बढी प्रतिफल दिएको देखिन्छ  ।
-एजेन्सी

‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या ४९ लाख नाघे

0

नेपालको सेयर बजार पछिल्लो २ वर्षदेखि घटिरहेको छ । बिभिन्न कारणले सेयर बजार ओरालो लागेको हो

बजार ओरालो लागे पनि मेरो सेयर प्रयोगकर्ता सङ्ख्या भने उकालो लागि रहेको छ । मेरो सेयर प्रयोगकर्ताको संख्या ४९ लाख माथि पुगेको छ। मेरो सेयर लिनेको संख्या ४९ लाख १० हजार भन्दा बढी रहेको छ।

हाल मेरो सेयर लिएर मात्र आईपीओ भर्न पाइन्छ नत्र पाइदैन ।

त्यस्तै सीडीएससीको तथ्यांकअनुसार ५८ लाख ४८ हजार ७७३ वटा डिम्याट अकाउन्ट खुलेका छन्।

आजदेखि प्रिमियममा भगवती हाइड्रोपावरको आईपीओ खुला,५००० कित्तासम्म आबेदन दिन सकिने

0

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन सर्वसाधारणका लागि आजबाट खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बाँडफाँट पछ्यात सर्वसाधारणका लागि प्रिमियममा आईपीओ निस्कासन गर्दैछ ।

कम्पनिले प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।
कति दिने आवेदन ?

कम्पनिमा न्यूनतम १० कित्ता देखी अधिकतम ५००० कित्ता सम्म आबेद दिन सकिन्छ ।

यस कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

त्यस्तै आईपीओ निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

मालामाल हुँदै बालेनको भिडिओ टिकटकमा फेक लाइभ गर्ने, प्रयोगकर्ता झुक्किएर – झुम्मिए

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाह हाल चर्चामा रहेका ब्याक्ती हुन । उनलाई धेरैले फलो गर्ने गर्छन। त्यही बालेन शाहको पुराना भिडिओ टिकटकमा फेक लाइभ देखाउदै केही व्यक्ति मालामाल हुन थालेका छन् । आजकाल गिफ्ट संकलन गर्ने र फलोअर बढाउने उद्देश्यका साथ टिकटकमा केही ब्याक्ती सक्रिय देखिएका छन ।

आजकाल विशेषगरी चर्चित व्यक्तिहरूले विभिन्न समयमा सामाजिक सञ्जालमा राखेका लाइभ कुराकानीलाई रेकर्ड गरी पुनः लाइभ देखाएर प्रयोगकर्तालाई भ्रमित पार्ने काम भईरहेको छ ।

टिकटक प्रयोगकर्तालाई स्क्याम लिङ्कमा क्लिक गराउन, अनावश्यक उपहारको प्रलोभन देखाउन, आफूसँग कुरा गरेको भान पारी फलोअर बढाउन पुराना भिडियोलाई लाइभ जस्तो देखाइ प्रसारण हुने गरेको छ ।

चर्चित ब्याक्ती जस्तै बालेन, रवि लामिछाने, राजेश हमाल लगायतका व्यक्तिका लाइभ भिडिओ यसरी पुन लाइभ जस्तो देखाईने गरेको पाइेको छ् ।

झन्डै एक वर्षअघि नेपालमा ‘नेपहपको श्रीपेच’ नामक र्‍याप रियालिटी शो आयोजना हुँदा शाह निर्णायक थिए । बालेनले उक्त शोमा आउन चाहनेसङ्ग लाइभमार्फत गरेको प्रत्यक्ष कुराकानीलाई रेकर्ड गरी सोही पुन लाइभ भिडियो जस्तो देखाउदा प्रयोगकर्ता झुक्किएका हुन ।

फेक लाइभ भिडिओ हजारौ
आइतवार फ्यान क्लबको नाममा फेक लाइभ भईरहेको थियो , उक्त फेक लाइभ हेर्न हजारौ प्रयोगकर्ता झुम्मिएका देखिन्थे ।

साधारण प्रयोगकर्ताले त्यस्ता भिडिओ फेक लाइभ हो भन्ने चाल नपाउदा विदेशमा बस्ने नेपाली लगायत अन्य विभिन्न व्यक्तिले टिकटक लाइभमा सयौं डलरका गिफ्ट समेत दिइरहेका थिए ।

त्यस्ता फेक लाइभ र फेक अकाउन्ट बिरुद्द साइबर ब्युरोमा रिपोर्ट गर्दा पनि समस्या समाधान हुन नसकेको बालेन सचिबालयको भनाइ छ ।

१२ अङ्कले घट्यो नेप्से , नेप्से २००० बाट १९०० को लाइनमा झर्यो

0

सेयर बजार आज १२.९३ अङ्कले घटेको छ । आज ०.६४ प्रतिसतले घट्दै सेयर बजार १९९८.२८ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये ४८ कम्पनिको मुल्य बढेको छ भने १७१ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ४० करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुमा लक्ष्मी लगुबित्त, कुथेली बुखरी हाइड्रोपावर, साम्लिङ पावर , सुपर मादी हाइड्रोपावर ,सयपत्री हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मेन्चियाम हाइड्रोपावर,हिमालयन पावर पार्टनर,भुगोल इनर्जी हाइड्रो , बलेफी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा शिभम सिमेन्ट, आइएमई लाइफ इन्सुरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी लगायतका कम्पनिहरु रहेका छन ।

आर्जन सहकारीका १६ जनाविरुद्ध ठगी मुद्दा दायर, ११ करोड ५५ लाख हिनामिना- १४ जना फरार

0

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ सामाखुसीमा अबस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले १४२ जना बचतकर्ताको ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोपमा मुद्दा दायर भएको छ ।

बचतकर्ताले ठगिमा परेको उजुरी दिएपछी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर त्यसलाई अन्तिमा रुप दिदै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा अध्यक्ष तथा सञ्चालक समित १६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारीका संचालक समितिका अध्यक्ष दलबहादुर आले पक्राउ परेका छन् भने उपाध्यक्ष लिलाधर सापकोटा, सचिव तथा ऋण समितिका संयोजक राजकुमार गुरुङ, कोषाध्यक्ष सीता भट्टराई, सञ्चालक समितिका सदस्य अनिल शर्मा, व्यवस्थापक कविता गुरुङ, सदस्य कोपिला राना, सदस्य अरुण कुमार खनाल, सदस्य विष्णुप्रसाद खनाल, ऋण समिति सदस्य हरी श्रेष्ठ, लेखा समितिका संयोजक दिपक थापा, सदस्यहरु शिवमाया श्रेष्ठ, यमप्रसाद अधिकारी, सहकारीका सञ्चालक योगराज गुरुङ, राजकुमार श्रेष्ठ, सञ्चालक समितिका पूर्व सदस्य लक्ष्मण थापा क्षेत्री हाल फरारको सुचिमा रहेका छन् ।

सरकारी वकिल कार्यलयले ११ करोड ५५ लाख ४३ हजार ४०६ रुपैयाँ बचत रकमकोे साँवा, ब्याज र हर्जनासमेत जम्मा हुन आउने रकम मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजि बिगो भराइ पाउँ भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधव नेपालसँग सीआईबीले घर-घरमा गएर बयान लियो

0

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग उनिहरुको घरमै पुगेर बयान लिएको छ ।

सरकारी दबाबमा पूर्वप्रधानमन्त्रीद्धयलाई बयान नै नलिई सीआइबीले प्रतिबेदन बुझाउन लागेको भनेर चर्को आलोचना भइरहेको बेला सिआइबिले बयान लिएको हो । यस अघी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि बयान लिदा यही बिधी अपनाएको थियो ।

नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गर्दा नक्कली मोही खडा गरी सरकारी जग्गा ब्याक्तिको नाममा दिएर सरकारी सम्पत्तिलाई निजिकरण गरेको आरोप छ ।

त्यस्तै ५ माघ २०६९ मा मालपोत कार्यालय, डिल्लीबजारले ललिता निवासभित्र रहेको ६० आना जग्गा पशुपति टिकिन्छा गुठीका नाममा दर्ता गर्ने निर्णय गरेको थियो । डा. भट्टराई नेतृत्वको तत्कालीन मन्त्रिपरिषदले यसबारेमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो । त्यही निर्णय अहिले बाबुराम भट्टराईलाई भारी परेको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर ४७९ रुपैयाँमा भयो कारोबार

0

स्पेसल प्रि–ओपसन सत्रमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। पहिलो कारोबारको प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।

यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। त्यसैले आजबाट कारोबारमा आएको हो ।

नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सेयर आजबाट दोश्रो बजारमा कारोबारमा आएको छ ।

स्पेसल प्रि–ओपसन सत्रमा यो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र किनबेच भएसँगै नियमित सत्रका लागि कारोबार खुलेको हो। पहिलो कारोबारको प्रि–सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता ४७९ रुपैयाँमा किनबेच भएको छ।

नेप्सेले यो कम्पनीलाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ।

यो कम्पनीको आईपीओ हिजो नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। त्यसैले आजबाट कारोबारमा आएको हो ।

नेप्सेमा यो कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल १२ लाख १८ हजार ६७५ कित्ता सेयर सूचीकृत भएको छ।