काठमाण्डौ । सरकारले धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्नका लागि स्वीकृति दिएको छ।
नियमावली संशोधन गर्न नेपाल धितोपत्र बोर्डलाई मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वीकृति दिएको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ११६ को उपदफा १ अनुसार धितोपत्र बोर्डलाई धितोपत्र निष्कासन नियमावली, २०८० संशोधन गर्न सरकारले स्वीकृत दिएको हो ।
धितोपत्र बोर्डले अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पेस गरेको उक्त नियमावली मन्त्रालयले अध्ययन गरेपछी मन्त्रिपरिषद्को बैठकमा स्वीकृतिका लागि पेस गरेको थियो त्यसलाई सरकारले स्वीकृति प्रदान गरेको हो।
काठमाण्डौ । हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकका संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार विडारीको ३५ हजार ९८० कित्ता गरी जम्मा १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
उक्त सेयरमा हाल कायम रहेका संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा आबेदन दिसक्नु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने छ ।
नयाँ ब्रोकरहरुको छाता संगठन धितोपत्र ब्रोकर एसोसिएसनले धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९मा रहेको ब्रोकरहरुलाई १५ दिन निलम्बन गर्ने व्यवस्था खारेज गर्न माग गरेका छन्।
आज सेबोन अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाउदै एसोसिएसनले यस्तो माग गरेको हो । ‘धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरुलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था रहेको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्तालाई यसबाट ठूलो मर्का पर्ने देखिएको हुँदा सो व्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरुलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न माग गर्दछौँ।’
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिले पास गरेर नेपाल धितोपत्र बोर्ड समक्ष पुगेको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा रहेका केही बुदा बजारका लागि प्रतिउत्पादक हुने र पुँजी बजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने रहेको उल्लेख भएकाले त्यस्ता कुराहरुलाई संशोधन गरेरमात्रै सो विनियमावली पास गर्न एसोसिएसन माग गरेको छ।
यसैगरी सदस्य दलाल कम्पनीमा आबद्धहरुले आफ्नो तथा परिवारको नाममा सेयर कारोबार गर्नुपूर्व नेप्सेबाट पूर्वस्वीकृति अनिबार्य लिनुपर्ने व्यवस्था विनियमको अनुसूची ९ मा आचारसंहिता बुँदा १० र ११ बनाई लागू गर्न खोजिएको भन्दै यसलाई पूर्ण रुपमा खारेजी गर्न तथा सदस्य दलाल कम्पनीका सेयरधनी, कर्मचारी तथा परिवारहरुलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाएमा यसबाट नियामक निकायहरुलाई समेत नियमन तथा सुपरिवेक्षण कार्यमा सहयोग पुग्ने एसोसिएसनको भनाई छ ।
हाल लगानीकर्ताहरु क्लोज आउटको मारमा परी २० प्रतिशत जरिवाना भुक्तान गर्नुपर्ने बाध्यतामा रहेको हुँदा यसलाई व्यवस्थित गर्न तथा क्लोजआउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधिपछि न्यूनतम ३० मिनेटको अक्सन मार्केट सञ्चालन गर्न पनि एसोसिएसनले माग गरेको छ।
यसका साथै हाल धितोपत्र बोर्डबाट लागू भएको २ वटा डिम्याट खातासम्बन्धी निर्देशनलाई खारेजी गर्दै जती पनि डिम्याट खोल्न पाउने ब्यबस्था गर्न माग गरेको छ ।
पहिलो दिनै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ करिब ५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गरेको पहिलो दिन नै ओभरसब्सक्राइब्ड भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १० प्रतिशत ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।
यसैगरी ५ प्रतिशतले हुन आउने ४२ हजार ९०५ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १७ हजार १६२ कित्ता सेयर छुट्याएर बाँकी ७ लाख १२ हजार २२० कित्तामा सर्वसाधारणका लागि आवेदन खुला गरिएको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
पहिलो दिनको साँझ ५ बजेसम्म यो आईपीओमा ३ लाख १ हजार ८७५ आवेदकबाट कुल ३४ लाख २२ हजार २० कित्ता अर्थात मागभन्दा ४.८० गुणाले बढी आबेदन भएको हो ।
भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
नेप्सेमा सुचिक्रित कम्पनीहरुमध्ये यस्ता 9 कम्पनीहरु पनि रहेको पाईएको छ , जसमा लगानिकर्ताहरु १ रुपैया प्रतिफलका लागि १ हजार देखी २० हजार १६६ सम्म तिरिरहेका छन भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर वास्तविकता यही हो ।
नेप्सेमा सुचिक्रित यि ९ कम्पनिहरु मुल्य र कमाइको अनुपातलाई हिसाब गरेर हेर्दा अचाक्ली महङ्गो देखिएको छ ।
कम्पनिको प्राइस टू अर्निङ रेसियोले लगानिकर्तालाई कम्पनी अन्डरभ्यालुड छ कि ओभरभ्यालुड छ भन्ने कुराको जानकारी दिन्छ । कम्पनिको पिई सामान्यतया १५ देखी २५ को बिचमा हुनुलाई सामान्य मानिन्छ । १५ भन्दा मुनी हुनुलाई अन्डरभ्यालुड मानिन्छ । कम्पनिको पिई रेसियोले लगानिकर्तालाई १ रुपैया प्रतिफलका लागि कती रकम लगानी गर्नु पर्छ भन्ने देखाउछ । मानौ कुनै कम्पनिको पिई रेसियो १५ छ भने त्यसको अर्थ १ रुपैया प्रतिफलका लागि १५ रुपैया लगानी गर्नु पर्छ भन्ने बुझाउछ ।
1.निर्धन उत्थान लघुबित्त बित्तिय सङ्स्था यो कम्पनिको बजार मुल्य ६०८.९ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो २०२९६. ६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि २०२९६.६७ तिरिरहेका छन।
2.रिदी पावर कम्पनी लिमिटेड यो कम्पनिको बजार मुल्य २०६ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०२ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १०३०० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १०३०० तिरिरहेका छन ।
3.विन नेपाल लघुबित्त बित्तिय सङ्स्था यो कम्पनिको बजार मुल्य ७४५ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ७४५० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ७४५० तिरिरहेका छन ।
4.अरुण काबेली पावर लिमिटेड यो कम्पनिको बजार मुल्य १८६.५ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ६२१६.६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ६२१६.६७ तिरिरहेका छन ।
5. अभियान लघुबित्त बित्तिय सङ्स्था यो कम्पनिको बजार मुल्य ६२६ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई) रेसियो ४८१५.३८ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ४८१५.३८ तिरिरहेका छन ।
6.सामुदायिक लघुबित्त बित्तिय सङ्स्था यो कम्पनिको बजार मुल्य ८०१ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.२७ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो २९६६.६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि २९६६.६७ तिरिरहेका छन ।
7.राष्ट्रिय बिमा सस्थान यो कम्पनिको बजार मुल्य ५१०० रहेको छ भने यसको प्रतिसेयर आम्दानी ३.४७ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १४६९.७४ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १४६९.७४ तिरिरहेका छन ।
8.राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड यो कम्पनिको बजार मुल्य २०० रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१६ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १२५० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १२५० तिरिरहेका छन ।
9.अपी पावर कम्पनी लिमिटेड यो कम्पनिको बजार मुल्य १७६.२ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१६ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ११०१.२५ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ११०१.२५ तिरिरहेका छन ।
हुनत धेरै पिई रेसियो हुनु भनेको लगानिकर्ता उक्त कम्पनिको भबिस्य प्रती धेरै नै विश्वस्त छन भन्ने पनि अर्थ लाग्छ तर यस्ता कम्पनीहरु लगानिकर्ताको अपेक्षा पुरा भएन भने कम्पनिको मुल्य धेरै नै घट्न सक्छ अथवा भनौ यस्तो कम्पनिमा रिस्क धेरै हुन्छ ।
नोट : यो रिपोर्ट आब २०७९-८० को चौथो त्रैमासमा आधारित रहेको छ । यो बाइ सेल रेकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।
आज सेयर बजार १७.६९ अङ्कले बढेको छ । आज ०.८८ प्रतिसतले बढ्दै सेयर बजार २०१५.९८ को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १८१ कम्पनिको मुल्य बढेको छ भने ४२ कम्पनिको मुल्य घटेको छ ।
सेयर बजारमा आज १ अर्ब ३३ करोड भन्दा माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर ,माइ खोला हाइड्रोपावर मकर जितुमाया सुरी हाइड्रोपावर,छ्याङ्दी हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा लक्ष्मी लघुबित्त, सामुदायिक लघुबित्त, विन नेपाल लघुबित्त,बलेफी हाइड्रोपावरलगायतका कम्पनीहरु रहेका छन ।
त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा कुमारी बैंक प्रमोटर सेयर, युनाइटेड एजोड इन्सुरेन्स, शिभम सिमेन्ट, सोल्टी होटल, घोराही सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।
आज भदौ ५ गतेबाट कुमारी बैंकले साढे ७ लाख बढी कित्ता सेयर लीला बिक्रीमा राखेको छ।
बैंकको संस्थापक समूहको ७ लाख ५१ हजार ६९९ कित्ता सेयर लिलामी मार्फत बिक्रिका लागि बढाबढमा राखेको हो। कम्पनिको सेयरमा हालका संस्थापक सेयरधनीका, इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिद गर्नका लागि आबेदन दिन सक्नेछन ।
यसका लागि सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ छ भने १०१ माथि जती पन कबोल गर्न सकिनेछ ।
यसमा आबेदन दिदा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन सकिनेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ १९ गतेसम्म तोकिएको छ।
नेप्सेमा सुचिक्रित एउटा यस्तो कम्पनी कारोबारमा रहेको पाईएको छ , जसमा लगानिकर्ताहरु १ रुपैया आम्दानी प्रतिफलका लागि २० हजार १६६ तिरिरहेका छन भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर वास्तविकता यही हो ।
नेप्सेमा सुचिक्रित कम्पनीहरु मध्ये निर्धन उत्थान लघुबित्त बित्तिय सङ्स्था अहीले कारोबारमा रहेका कम्पनिहरुमध्ये सबैभन्दा महङ्गो साबित भएको छ ।
कम्पनिको प्राइज टू अर्निङ रेसियोले लगानिकर्तालाई कम्पनी अन्डरभ्यालुड छ कि ओभरभ्यालुड छ भन्ने कुराको जानकारी दिन्छ । कम्पनिको पिई सामान्यतया १५ देखी २५ को बिचमा हुनुलाई सामान्य मानिन्छ । १५ भन्दा मुनी हुनुलाई अन्डरभ्यालुड मानिन्छ । कम्पनिको पिई रेसियोले लगानिकर्तालाई १ रुपैया प्रतिफलका लागि कती रकम लगानी गर्नु पर्छ भन्ने देखाउछ ।मानौ कुनै कम्पनिको पिई रेसियो १५ छ भने त्यसको अर्थ १ रुपैया प्रतिफलका लागि १५ रुपैया लगानी गर्नु पर्छ भन्ने बुझाउछ ।
नेप्सेमा कारोबार भईरहेको निर्धन उत्थान लघुबित्त बित्तिय सङ्स्थाको पिई रेसियो २०,१६६ रहेको छ । यसको बजार मुल्य हाल ६०५ छ भने यसको प्रतिसेयर आम्दानी ०.०३ रहेको देखिन्छ । यसको अर्थ लगानीकर्ता १ रुपैया प्रतिफलका लागि २० हजार १६६ तिरिरहेका छन ।
हुनत धेरै पिई रेसियो हुनु भनेको लगानिकर्ता उक्त कम्पनिको भबिस्य प्रती धेरै नै विश्वस्त छन भन्ने पनि अर्थ लाग्छ तर यस्ता कम्पनीहरु धेरै लगानिकर्ताको अपेक्षा पुरा भएन भने कम्पनिको मुल्य धेरै नै घट्न सक्छ अथवा भनौ यस्तो कम्पनिमा रिस्क धेरै हुन्छ ।
नोट : यो रिपोर्ट आब २०७९-८० को चौथो त्रैमासमा आधारित रहेको छ । यो बाइ सेल रेकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।