कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका छन् ।
विभिन्न व्यक्ति र संघ-संस्थाले दिएको उजुरीका आधारमा केन्द्रले बिभिन्न बचत तथा ऋण सहकारी, बहुद्देश्यीय सहकारी, कृषि सहकारी लगायतका सहकारी कालोसुचिमा परका छन ।
त्यस्तै केन्द्रका अनुसार कालोसूचीमा पर्ने सहकारीमा डिलीबजार पिपलबोट सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, शिखरदीप बहुद्देश्यीय सहकारी संस्था, तुलसी बहुमुखी सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, मेगा ड्रिम बहुद्देश्यीय सहकारी संस्था, शिवशिखर बहुद्देश्यीय सहकारी संस्था उमा ,गौरी कृषि सहकारी संस्था, प्रारम्भिक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ कालोसुचिमा परेका छन ।
त्यस्तैगरी बिन्दवासिनी बचत तथा ऋण सहकारी र साना वित्त विकास बहुद्देश्यीय सहकारी संस्था, नेपाल मोडल बहुद्देश्यीय सहकारी संस्था , नागरिक विकास सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ग्रिनरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, ओम शान्ति सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, आगन्तुक सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ र नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था कालोसूचीमा परेका छन् ।
त्यस्तै जनशक्ति बचत तथा ऋण सहकारी संस्था र साकुरा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, अरुण उपभोक्ता सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी, लुम्बिनी बचत तथा ऋण सहकारी, कर्नर सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ, माझी गाउँ बहुद्देश्यीय सहकारी संस्था, सुविधा कृषि सहकारी कालोसूचीमा परेका छन् ।
सहकारी संस्थाहरुले सदस्यको पैसा सेयर बजार, घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने लगायतका कार्य गर्नाले कर्जा समयमा भुक्तानी दिन नसक्दा कालोसूचीमा पर्ने गरेका हुन ।
खातामा पर्याप्त रकम नभई चेक काटेर कालोसूचीमा पर्नेहरुको संख्या झनै बढ्दो छ ।
उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।
भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।
चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाउन सक्ने अधिकारीहरुको भनाइ छ। यदि भारतले निर्यातमा प्रतिबन्ध लगाएमा विश्व बजारमा चिनीको मूल्य बढ्न सक्ने उनीहरुको अनुमान छ।
यसअघि भारत सरकारले सन् २०१६ मा चिनी निर्यात कम गर्न २० प्रतिशत ट्याक्स लगाएको थियो।
रिपोटर्सका अनुसार भारतमा यसपालि चिनी उत्पादन ३.३ प्रतिशतले घटेर ३१.७ मिलियन टनसम्म हुन सक्छ। त्यसैले भारत सरकारले ३० सेप्टेम्बरसम्म मात्र ६.१ जना टन चिनी निर्यातको अनुमति दिएको छ। यो अघिल्लो सिजनको तुलनामा ११.१ मिलियन टनको तुलनामा लगभग आधा हो।
यसअघि भारतले गैरबासमती सेतो चामलको निर्यातमा रोक लगाएको छ। यसैगरी भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ। –एजेन्सी
करिब साढे ६७ हजार कित्ता हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयर लीलाम बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक सेयरधनी पृथ्वीबहादुर पाँडेको नाममा रहेको कुल ६७ हजार ४८१ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखिएको हो। अहिले यो सेयरमा कम्पनिमा हाल कायम सेयरधनीले मात्र किन्न पाउने ब्यबस्था मिलाईएको छ ।
यस कम्पनिकोस सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २०० रुपैयाँ राखिएको छ।खरिदकर्ताले आबेदन दिदा न्युनतम २०० वा सो भन्दा बढीको बोली लगाउनु पर्नेछ ।
संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजपत्रसहित लिन चाहेको सेयर सङ्ख्या खुलाई काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निबेदन दिनु पर्नेछ ।
प्रतिसेयर आम्दानी भनेको करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल हो । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलका लागि मुख्य आधार हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार हो ,त्यस्तै आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचक पनि हो ।
यदी एउटा कम्पनीको सेयरको संख्या २ करोड छ । मानौ, उक्त कम्पनीले यो वर्ष रु ६० करोड मुनाफा गर्यो भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी रु ३० हुनु आउँछ, ६० करोड नाफा ÷ २ करोड सेयर संख्या यसको अर्थ उक्त कम्पनिको एककित्ता सेयरले ३० रुपैयाँ कमाएको छ भन्ने बुझिन्छ , कम्पनिको प्रतिसेयर आम्दानी जती धेरै हुन्छ , लाभांश क्षमता पनि त्यती नै धेरै हुन्छ । बित्तिय सङ्स्थामा भने नियामकको निर्देसन तथा खराब कर्जाले लाभांश क्षमतामा असर गर्न सक्छ ।
कम्पनिको मुल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । कम्पनीले १ रुपैया प्रतिफलका लागी लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै कुनै कम्पनी मुल्य आम्दानी अनुपात ३५ छ भने एक रुपैयाँ आम्दानी प्रतिफलका लागि लगानीकर्ताले ३५ रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ ।
यहाँ हामी प्रतिसेयर आम्दानी ३० भन्दा बढी भएका कम्पनीहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंको लगानीको निर्णयलाई सहयोग गर्नेछ भन्ने अपेक्षा राखेका छौ ।
1.युनिलिभर नेपाल लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ३५९०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी १९८७.०७ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १८.०७ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) ४१.९९ रहेको छ । यसको बुक भ्यालु ४७३२.४६ रहेको देखिन्छ ।
2.बोट्लर्स नेपाल तराइ लिमिटेड यस कम्पनिको हालको बजार मुल्य १३९९० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४७४.१३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २९.५१ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.६६ रहेको छ । यसको बुक भ्यालु ३२३४.६३ रहेको देखिन्छ ।
3. बोट्लर्स नेपाल बालाजु लिमिटेड यस कम्पनिको हालको बजार मुल्य २४०५.२ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४५५.०३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५.२९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.३ रहेको छ । यसको बुक भ्यालु ३१८१.८८ रहेको देखिन्छ ।
4. राष्ट्रिय बिमा कम्पनी लिमिटेड यस कम्पनिको हालको बजार मुल्य १५५०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी २८९.७३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५३.५ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १९.१३ रहेको छ । यसको बुक भ्यालु १५१४.४७ रहेको देखिन्छ ।
5. आत्मनिर्भर लघुबित्त बित्तिय सङ्स्था लिमिटेड यस कम्पनिको हालको बजार मुल्य २११९.५ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ७७.९७ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २७.१८ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १७.६८रहेको छ । यसको बुक भ्यालु ४४१.०१ रहेको देखिन्छ ।
6. नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सङ्स्था यस कम्पनिको हालको बजार मुल्य १८८४.९रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ५७.५४ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ३२.७६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.९२ रहेको छ । यसको बुक भ्यालु ३८५.६४ रहेको देखिन्छ ।
7. नेपाल दुरसन्चार कम्पनी लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ८७८.१ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४३.३५ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २०.२६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) ८.३२ रहेको छ । यसको बुक भ्यालु ५२१.२७ रहेको देखिन्छ । 8. एनआइसी एसिया बैंक लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ८०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४०.२२ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १९.८९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.६९ रहेको छ । यसको बुक भ्यालु २५६.४१ रहेको देखिन्छ ।
9. छिमेक लघुबित्त बित्तिय सङ्स्था यस कम्पनिको हालको बजार मुल्य ९७६ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३७.४५ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २६.०६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.७२ रहेको छ । यसको बुक भ्यालु २३८.२७ रहेको देखिन्छ ।
10.स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ५६६.३ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३७.३८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १५.१५ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १७.४७ रहेको छ । यसको बुक भ्यालु २१३.९८ रहेको देखिन्छ ।
11. महिला लघुबित्त बित्तिय सङ्स्था लिमिटेड यस कम्पनिको हालको बजार मुल्य १८६० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३४.७१ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५३.५९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १६.३३ रहेको छ । यसको बुक भ्यालु २१२.६३ रहेको देखिन्छ ।
12. जिबन बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड यस कम्पनिको हालको बजार मुल्य १४५१रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३४.२८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ४२.३३ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १३.०३ रहेको छ । यसको बुक भ्यालु २६३.०७ रहेको देखिन्छ ।
13. समाज लघुबित्त बित्तिय सङ्स्था लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ६८.६ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३३.१८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २.०७ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.८९ रहेको छ । यसको बुक भ्यालु २०८.८ रहेको देखिन्छ । तर यो कम्पनीको खासै खरिद बिक्री भएको देखिदैन ।
14. एभरेस्ट बैंक लिमिटेड यस कम्पनिको हालको बजार मुल्य ६१६.१ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३१.७१ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १९.४३ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १३.३१ रहेको छ । यसको बुक भ्यालु २३८.३३ रहेको देखिन्छ ।
नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अबतरण गरेको छ । उक्त यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो ।
यो सँङ्गै भारत चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।
यसअघि अमेरिका, तत्कालीन सोभियत संघ र चीनले सफलतापूर्वक चन्द्रमाको सतहमा यान प्रक्षेपण गरेका छन् ।
अवतरणको दृश्यलाई इसरोले युट्युव र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । जसलाई ८० लाख मान्छेले युटुबबाट लाइभ हेरेका थिए । उनले आजै बेलुका देशवासीलाई सम्बोधन गर्ने छन ।
यो परियोजनाको मुख्य उद्देश्य चन्द्रमामा पानी खोजी गर्नु र चन्द्रमामा मानव बसोबासका लागि उचित वासस्थानको खाजी गर्नु रहेको छ ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले भदौ ५ गते कम्पनिलाई अनुमती प्रदान गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ३८ करोड २५ लाख रुपैयाँबराबरको ३८ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गर्नका लागि धितोपत्र बोर्डले स्विक्रिती दिएको हो ।
कम्पनिले १० प्रतिशत साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गर्नेछ। त्यस्तै बाँकी १० प्रतिशतमध्येको १० प्रतिशत बिदेशिक रोजगार गरिरहेका नेपालीका लागि, ५ प्रतिशत सामुहिक लगानी कोष, २ प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीका लागि र बाँकी १५ लाख ८७ हजार ३७५ कित्ता साधारण सेयर सर्वसाधारणहरुका लागि निष्कासन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
आज सेयर बजार २९.४७ अङ्कले बढेको छ । आज १.४६ प्रतिसतले बढ्दै सेयर बजार २०४५.४५ को बिन्दुमा बन्द भएको छ ।
आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये २०४ कम्पनिको मुल्य बढेको छ भने २० कम्पनिको मुल्य घटेको छ ।
सेयर बजारमा आज १ अर्ब ५१ करोड भन्दा माथिको कारोबार भएको छ ।
सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, लिबर्टी ईनर्जी ,डोल्टी हाइड्रोपावर,माया खोला हाइड्रोपावर लगायतका कम्पनीहरु रहेका छन ।
त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा बिभिन्न म्युचुवल फण्ड, सामुदायिक लघुबित्त, जनउत्थान लघुबित्त,स्वाभिमान लघुबित्त लगायतका कम्पनीहरु रहेका छन ।
त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा घोराही सिमेन्ट,सोल्टी होटल , आइएमई लाईफ इन्सुरेन्स , एसियन लाइफ इन्सुरेन्स, शिभम सिमेन्ट लगायतका कम्पनिहरु रहेका छन ।
एक महिनामै १८ हजारभन्दा बढी ग्राहक इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले गुमाउन पुगेको छ। इन्टरनेट सेवा प्रदायकमध्ये सो सबै भन्दा ठुलो ग्राहक सङ्ख्याको गिरावट हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामा रेकर्ड राख्ने गरी ग्राहक गुमाउन पुगेको हो ।
रिपोर्टअनुसार २०७९ चैतसम्म वर्ल्डलिंक ग्राहकसंख्या ७ लाख ७१ हजार ४ सय ६२ थियो तर २०८० वैशाखसम्म आइपुग्दा १८ हजार ८ सय ८९ ग्राहक गुमाउँदै ७ लाख ५२ हजार ५ सय ७३ ग्राहक मात्र उक्त कम्पनीसङ्ग छ ।
त्यस्तै गरी चैतसम्म २ लाख ४० हजार ६ सय ६८ ग्राहकसंख्या रहेको डिसहोमले एक महिनामा ११ हजार २२ ग्राहक कमी भएका छन । बैशाखमा २ लाख २९ हजार ६ सय ४६ ग्राहक मात्र उक्त कम्पनीसँग रहेका छन । त्यस्तै चैतसम्म २ लाख ८७ हजार १ सय ९० ग्राहक रहेको नेपाल टेलिकमसँग बैशाखमा ७ लाख ५२ हजार ५ सय ७३ ग्राहक छन ।
त्यस्तै सोही अबधिमा सुबिसुले ४ हजार ७ सय ५९ र ब्रोडलिंकले २ हजार ५ सय ९६ ग्राहक गुमाएका छन्। साथै, यस अवधिमा वेब सफरले ५ हजार ३ सय १२ ग्राहक थप गर्न सफल भएको छ भने सिजी नेटले ४ सय ८२ नयाँ ग्राहक थपेको छ। यसैगरी भायानेट, क्लासिक टेक र टेक माइन्ड्सको ग्राहक सङ्ख्या स्थिर रहेका छन ।
धादिङको गजुरी गाउँपालिका-१, को छहराबाट त्रिशुली नदीमा खस्दा एक बस दुर्घटनाग्रस्त भएको छ । काठमाडौबाट पाेखराका लागि हिंडेको यात्रुबाहक बस खस्दा ८ जनाको निधन भएको हो ।
दुर्घटनामा ६ पुरुष र २ महिलाकाे निधन भएकाे छ । त्यस्तै १६ जनाको भने उद्धार गरिएकाे थियाे । घाइते यात्रुहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल नदिमा खसेको हो ।
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्बसाधारणका लागि भदौ १५ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ।
कम्पनिले जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमती पाएको थीयो ।कम्पनिले नियमानुसार बैदेशिक रोजगारमा रहेकालाई छुट्याउनु पर्ने १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता बिक्री खुला गरिसकिएको छ।
कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फन्डलाई सुरक्षित गरेपछी बाँकी रहेको ९० लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
कम्पनीले कर्मचारीलाई १०० रुपैयाँमै आईपीओ बिक्री गर्ने निर्णय गरेको छ भने बाँकी समूहलाई अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँ कायम गरिएको छ।
सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।
यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।
सिटिजन लाइफको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।