20.5 C
Nepal
Monday, September 16, 2024

सर्वसाधारणका लागि प्रिमियममा सिटिजन लाइफको आईपीओ आउँदै, प्रतिकित्ता रु. २४४ तिर्नुपर्ने

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्बसाधारणका लागि भदौ १५ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गर्ने निर्णय गरेको छ।

कम्पनिले जारी पुँजी ३ अर्ब ७३ करोड रुपैयाँको ३० प्रतिशतले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर अर्थात १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीको अनुमती पाएको थीयो ।कम्पनिले नियमानुसार बैदेशिक रोजगारमा रहेकालाई छुट्याउनु पर्ने १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता बिक्री खुला गरिसकिएको छ।

कम्पनीले कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फन्डलाई सुरक्षित गरेपछी बाँकी रहेको ९० लाख कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

कम्पनीले कर्मचारीलाई १०० रुपैयाँमै आईपीओ बिक्री गर्ने निर्णय गरेको छ भने बाँकी समूहलाई अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २४४ रुपैयाँ कायम गरिएको छ।

सर्वसाधारणले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्।

सिटिजन लाइफको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here