20.2 C
Nepal
Thursday, December 5, 2024

प्रतिसेयर आम्दानी ३० भन्दा बढी भएका यि १४ कम्पनीहरु, लगानिका लागि उपयुक्त राजा कम्पनिहरु

प्रतिसेयर आम्दानी भनेको करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफल हो । प्रतिसेयर आम्दानी भनेको सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलका लागि मुख्य आधार हो । अतः प्रतिसेयर आम्दानी कम्पनीको नाफा विश्लेषण गर्ने एउटा महत्त्वपूर्ण औजार हो ,त्यस्तै आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचक पनि हो ।

यदी एउटा कम्पनीको सेयरको संख्या २ करोड छ । मानौ, उक्त कम्पनीले यो वर्ष रु ६० करोड मुनाफा गर्‍यो भने उक्त कम्पनीको प्रतिसेयर आम्दानी रु ३० हुनु आउँछ, ६० करोड नाफा ÷ २ करोड सेयर संख्या यसको अर्थ उक्त कम्पनिको एककित्ता सेयरले ३० रुपैयाँ कमाएको छ भन्ने बुझिन्छ , कम्पनिको प्रतिसेयर आम्दानी जती धेरै हुन्छ , लाभांश क्षमता पनि त्यती नै धेरै हुन्छ । बित्तिय सङ्स्थामा भने नियामकको निर्देसन तथा खराब कर्जाले लाभांश क्षमतामा असर गर्न सक्छ ।

कम्पनिको मुल्यलाई प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । कम्पनीले १ रुपैया प्रतिफलका लागी लगानीकर्ताले कति तिर्न तयार हुन्छ भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ । जस्तै कुनै कम्पनी मुल्य आम्दानी अनुपात ३५ छ भने एक रुपैयाँ आम्दानी प्रतिफलका लागि लगानीकर्ताले ३५ रुपैयाँ तिरिरहेको छ भन्ने बुझिन्छ ।

यहाँ हामी प्रतिसेयर आम्दानी ३० भन्दा बढी भएका कम्पनीहरुको बारेमा चर्चा गर्दैछौ । यसले तपाईंको लगानीको निर्णयलाई सहयोग गर्नेछ भन्ने अपेक्षा राखेका छौ ।

1.युनिलिभर नेपाल लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ३५९०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी १९८७.०७ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १८.०७ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) ४१.९९ रहेको छ । यसको बुक भ्यालु ४७३२.४६ रहेको देखिन्छ ।


2.बोट्लर्स नेपाल तराइ लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य १३९९० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४७४.१३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २९.५१ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.६६ रहेको छ । यसको बुक भ्यालु ३२३४.६३ रहेको देखिन्छ ।


3. बोट्लर्स नेपाल बालाजु लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य २४०५.२ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४५५.०३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५.२९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.३ रहेको छ । यसको बुक भ्यालु ३१८१.८८ रहेको देखिन्छ ।


4. राष्ट्रिय बिमा कम्पनी लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य १५५०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी २८९.७३ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५३.५ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १९.१३ रहेको छ । यसको बुक भ्यालु १५१४.४७ रहेको देखिन्छ ।


5. आत्मनिर्भर लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य २११९.५ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ७७.९७ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २७.१८ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १७.६८रहेको छ । यसको बुक भ्यालु ४४१.०१ रहेको देखिन्छ ।


6. नेस्डो सम्रिद्ध लघुबित्त बित्तिय सङ्स्था
यस कम्पनिको हालको बजार मुल्य १८८४.९रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ५७.५४ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ३२.७६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १४.९२ रहेको छ । यसको बुक भ्यालु ३८५.६४ रहेको देखिन्छ ।


7. नेपाल दुरसन्चार कम्पनी लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ८७८.१ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४३.३५ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २०.२६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) ८.३२ रहेको छ । यसको बुक भ्यालु ५२१.२७ रहेको देखिन्छ ।
8. एनआइसी एसिया बैंक लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ८०० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ४०.२२ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १९.८९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.६९ रहेको छ । यसको बुक भ्यालु २५६.४१ रहेको देखिन्छ ।


9. छिमेक लघुबित्त बित्तिय सङ्स्था
यस कम्पनिको हालको बजार मुल्य ९७६ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३७.४५ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २६.०६ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.७२ रहेको छ । यसको बुक भ्यालु २३८.२७ रहेको देखिन्छ ।


10.स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ५६६.३ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३७.३८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १५.१५ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १७.४७ रहेको छ । यसको बुक भ्यालु २१३.९८ रहेको देखिन्छ ।


11. महिला लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य १८६० रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३४.७१ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ५३.५९ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १६.३३ रहेको छ । यसको बुक भ्यालु २१२.६३ रहेको देखिन्छ ।


12. जिबन बिकास लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य १४५१रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३४.२८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो ४२.३३ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १३.०३ रहेको छ । यसको बुक भ्यालु २६३.०७ रहेको देखिन्छ ।


13. समाज लघुबित्त बित्तिय सङ्स्था लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ६८.६ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३३.१८ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो २.०७ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १५.८९ रहेको छ । यसको बुक भ्यालु २०८.८ रहेको देखिन्छ । तर यो कम्पनीको खासै खरिद बिक्री भएको देखिदैन ।


14. एभरेस्ट बैंक लिमिटेड
यस कम्पनिको हालको बजार मुल्य ६१६.१ रहेको छ । यो कम्पनिको प्रतिसेयर आम्दानी ३१.७१ रहेको छ । यसको प्राइस टू अर्निङ (पीई ) रेसियो १९.४३ रहेको छ । यसको रिटर्न अन ईक्विटी (आरओई ) १३.३१ रहेको छ । यसको बुक भ्यालु २३८.३३ रहेको देखिन्छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here