24.6 C
Nepal
Saturday, April 25, 2026
Home Blog Page 206

आजको सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय

0

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

रु.१० अर्बको ६ बर्षे विकास ऋणपत्र जारी गर्ने तयारीमा राष्ट्र बैंक, आइतबार बोलकबोल हुने

केन्दिय बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने निर्णय गरेको छ।

केन्द्रीय बैंकले भदौ ११ गते जारी गर्ने ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि भदौ १० गते बोलकबोल हुने भएको छ ।

यसमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक जो कसैले बोलकबोलमा भाग लिना पाउनेछन ।

अर्धवार्षिक रुपमा भुक्तानी हुने यसको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ। ऋणपत्र

२०८६ भदौ ११ गते परिपक्व हुनेछ। यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ। यसको ब्याजमा ब्याजकर लाग्नेछ ।

बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउने ब्यबस्था मिलाईएको छ । प्रतिस्पर्धीका लागि रु. ५ अर्ब ५० करोड र अप्रतिस्पर्धी बोलकबोलहरुका लागि रु. १ अर्ब ५० करोड छुट्याइएको छ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ।

२० हजार कित्ता शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, न्यूनतम मूल्य १४५

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक समूहको २० हजार कित्ता सेयर आजबाट लिलामी बिक्रीमा राखिएको छ।

आबेदन हाल विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले दिन सक्ने ब्यबस्था मिलाइएको छ ।

कम्पनिको प्रतिकित्ता न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले खरिद गर्न चाहनेले न्युनतम १४५ र सो भन्दा बढी मुल्य राखी आबेदन दिनु पर्ने हुन्छ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न आबेदन दिन सक्नेछन ।

लगानीकर्ताले काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर लीलाम बिक्रिमा

सांग्रिला डेभलपमेन्ट बैंकको सवा ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

बिक्रिमा राखिएको संस्थापक समूहको ३ लाख ३४ हजार ८७४ संस्थापक कित्ता सेयर जोकोही नेपाली नागरिक तथा संस्थाले खरिदका लागि निबेदन दिन सक्नेछन ।

यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई ३५ दिनको समय दिई संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन माग गरेको थियो तर उक्त समयमा सस्थापक सेयरधनिको आबेदन नपरेपछी अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरेको हो।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओमा आबेदन दिने आज अन्तिम दिन ,१७ गुणाले ओभरसब्स्क्राइब्ड

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्बसाधारणका लागि खुलेको आईपीओमा आज भाद्र ८ गतेसम्म मात्र आबेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बाँडफाँट गरेपछी सर्वसाधारणका लागि प्रिमियममा आईपीओ खुल्ला गरेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता कुल ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनिको आइपिओमा ७ लाख १२ हजार २२० कित्ता जारी गरिएको भएतापनी हिजो बेलुका ७ गते बेलुका ५ बजेसम्मको सिडीएससीको विवरण अनुसार १ करोड २१ लाख २४ हजार २२० बिस कित्ता आइपिओमा आबेदन परेको छ । यो भनेको १७ गुणा ओभरसब्स्क्राइब्ड हो ।

माग भन्दा बढी आइपिओ परेकोले यो आइपिओमा गोलाप्रथाद्वारा आइपिओ बाडफाड गरिनेछ ।

यो कम्पनिको आइपिओमा न्यूनतम १० कित्तादेखी अधिकतम ५००० कित्तासम्म आबेदन दिन सकिन्छ ।

कम्पनिको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता आईपीओ ल्याउने

0

दरमखोला हाइड्रो इनर्जीले आईपीओ ल्याउने निर्णय गरेको छ । यसका लागि कम्पनिले आबस्यक प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्कासनका प्रयोजनका लागि निवेदन दिएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ । सेबोनले अनुमति दिए पछी कम्पनीले ३९ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

३१ अङ्कले घट्यो सेयर बजार, कुथेली बुखरीले आज पनि सर्किट हान्यो

0

आज सेयर बजार ३१.५२ अङ्कले घटेको छ । आज १.५४ प्रतिसतले घट्दै सेयर बजार २०१३.९३ को बिन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा सुचिक्रित कम्पनिमध्ये १७ कम्पनिको मुल्य बढेको छ भने २०६ कम्पनिको मुल्य घटेको छ ।

सेयर बजारमा आज १ अर्ब ५५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सेयर बजारमा आज सर्बाधिक कमाउने कम्पनीहरुम कुथेली बुखरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रो, सिभिल बैंक डिभेन्चर, सामुदायिक लघुबित्त,एनआइसी एसिया ब्यालेन्स फण्ड लगायतका कम्पनीहरु रहेका छन ।

त्यस्तै आज सर्बाधिक गुमाउने कम्पनिहरुमा मोलुङ हाइड्रोपावर,समता घरेलु लघुबित्त, ग्लोबल आइएमई ब्यालेन्स फण्ड १,रावा ईनर्जी ,सिङ्गटी हाइड्रो लगायतका कम्पनीहरु रहेका छन ।

त्यसै गरी आज सर्बाधिक कारोबार हुने कम्पनिहरुमा सोल्टी होटल,घोराही सिमेन्ट, शिभम सिमेन्ट, एनआइसी एसिया बैंक, आइएमई लाईफ इन्सुरेन्स लगायतका कम्पनिहरु रहेका छन ।

अध्यागमनका महानिर्देशक अधिकारीको सुन तस्करसङ्ग संम्पर्क रहेको थाहा भएपछी गृह मन्त्रालयमा तानियो

0

तस्करीको सुन प्रकरणमा शंकास्पद भूमिका रहेको देखिएपछी अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

निर्देशक अधिकारिको दावा छिरिङ्गसङ्ग निरन्तर संपर्क रहेको भन्ने सार्वजनिक भएपछी उनको सामाजिक सन्जालमा ब्यापक आलोचना भईरहेको छ ।

गत साउन २ गते ६० किलो सुन राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। सोही बिषयमा अधिकारि पनि सामेल भएको देखिएको भन्दै सत्यतथ्य छानबिनका लागि मन्त्रालय तानिएको बताईएको छ ।

निर्देशक अधिकारि र दावा छिरिङ्गको विच्याटमा सुन पास गर्नका लागि डिल गरेको एक सामाग्री अहिले भाईरल भईरहेको छ । त्यसको सत्यता जाचबुझ भईरहेको छ ।

काठमाडौं महानगरले एक महिनामा ६५ करोड ४२ लाख राजस्व उठायो , सम्पत्ति करबाट मात्र १२ करोड बढी

0

काठमाडौं महानगरपालिका ६५ अर्ब रुपैयाँ भन्दाबढी राजस्व उठाउन सफल भएको छ । महानगरले साउन महिनामा मात्र ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त समयमा सम्पत्ति कर शिर्षकमा महानगरपालिकाले १२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको छ ।

त्यस्तै, साउन महिनामा भुमिगत मालपोतबाट २३ लाख ७८ हजार, घर बहाल करबाट ३१ करोड ६० लाख, अनुदान चालुबाट २४ हजार, व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८७ हजार र पर्यटन शुल्कबाट ७४ लाख २८ हजार रुपैयाँ राजस्व उठाउन सफल भएको छ ।

त्यसैगरि, अन्य सेवाशुल्कबाट तीन करोड ४५ लाख ७२ हजार रुपैयाँ , न्यायिक दस्तरबाट ३५ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट १६ हजार, प्रशासनिक सेवा शुल्कबाट ९ लाख २९ हजार, पार्किङ शुल्कबाट ४७ लाख २३ हजार र नक्सापास दस्तुबाट ६ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व उठाएको देखिन्छ ।

महानगरले यस एक महिनाको अबधिमा सिफारिस दस्तुरबाट ६४ लाख ४१ हजार, व्यक्तिगत घटना दस्तुबाट एक लाख ११ हजार, नाता प्रमाणित दस्तुरबाट ५ लाख २८ हजार, प्रसाशनिक दण्ड जरिवाना जफतबाट १९ लाख ७६ हजार र बेरुजुबाट १४ लाख २८ हजार राजस्व प्राप्त गरेको छ ।

व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट काठमाडौं महानगरपालिकाले साउनमा ८ करोड १८ लाख २४ हजार रुपैयाँ राजस्व प्राप्त गर्न सफल भएको छ ।

सुन र चादी दुबै महङ्गियो

0

नेपाली बजारमा आज बिहीबार सुनको र चादी दुबैको मुल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँ कायम भएको छ।