19.3 C
Nepal
Tuesday, September 17, 2024

यि ९ कम्पनिहरु जसको १ रुपैया आम्दानी खान तपाईं १ हजार देखी २० हजार १६६सम्म तिर्दै हुनुन्छ! ती कम्पनी कुन कुन हुन?

नेप्सेमा सुचिक्रित कम्पनीहरुमध्ये यस्ता 9 कम्पनीहरु पनि रहेको पाईएको छ , जसमा लगानिकर्ताहरु १ रुपैया प्रतिफलका लागि १ हजार देखी २० हजार १६६ सम्म तिरिरहेका छन भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर वास्तविकता यही हो ।

नेप्सेमा सुचिक्रित यि ९ कम्पनिहरु मुल्य र कमाइको अनुपातलाई हिसाब गरेर हेर्दा अचाक्ली महङ्गो देखिएको छ ।


कम्पनिको प्राइस टू अर्निङ रेसियोले लगानिकर्तालाई कम्पनी अन्डरभ्यालुड छ कि ओभरभ्यालुड छ भन्ने कुराको जानकारी दिन्छ । कम्पनिको पिई सामान्यतया १५ देखी २५ को बिचमा हुनुलाई सामान्य मानिन्छ । १५ भन्दा मुनी हुनुलाई अन्डरभ्यालुड मानिन्छ । कम्पनिको पिई रेसियोले लगानिकर्तालाई १ रुपैया प्रतिफलका लागि कती रकम लगानी गर्नु पर्छ भन्ने देखाउछ । मानौ कुनै कम्पनिको पिई रेसियो १५ छ भने त्यसको अर्थ १ रुपैया प्रतिफलका लागि १५ रुपैया लगानी गर्नु पर्छ भन्ने बुझाउछ ।

1.निर्धन उत्थान लघुबित्त बित्तिय सङ्स्था
यो कम्पनिको बजार मुल्य ६०८.९ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो २०२९६. ६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि २०२९६.६७ तिरिरहेका छन।

2.रिदी पावर कम्पनी लिमिटेड
यो कम्पनिको बजार मुल्य २०६ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०२ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १०३०० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १०३०० तिरिरहेका छन ।


3.विन नेपाल लघुबित्त बित्तिय सङ्स्था
यो कम्पनिको बजार मुल्य ७४५ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ७४५० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ७४५० तिरिरहेका छन ।


4.अरुण काबेली पावर लिमिटेड
यो कम्पनिको बजार मुल्य १८६.५ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.०३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ६२१६.६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ६२१६.६७ तिरिरहेका छन ।


5. अभियान लघुबित्त बित्तिय सङ्स्था
यो कम्पनिको बजार मुल्य ६२६ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१३ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई) रेसियो ४८१५.३८ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ४८१५.३८ तिरिरहेका छन ।


6.सामुदायिक लघुबित्त बित्तिय सङ्स्था
यो कम्पनिको बजार मुल्य ८०१ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.२७ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो २९६६.६७ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि २९६६.६७ तिरिरहेका छन ।


7.राष्ट्रिय बिमा सस्थान
यो कम्पनिको बजार मुल्य ५१०० रहेको छ भने यसको प्रतिसेयर आम्दानी ३.४७ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १४६९.७४ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १४६९.७४ तिरिरहेका छन ।


8.राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेड
यो कम्पनिको बजार मुल्य २०० रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१६ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो १२५० हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि १२५० तिरिरहेका छन ।


9.अपी पावर कम्पनी लिमिटेड
यो कम्पनिको बजार मुल्य १७६.२ रहेको छ भने यसको प्रतिसेयर आम्दानी ०.१६ रहेको देखिन्छ । यसको अर्थ प्राइस टू अर्निङ (पीई ) रेसियो ११०१.२५ हुन आउछ । यसले के बुझाउछ भने लगानिकर्ता १ रुपैया प्रतिफलका लागि ११०१.२५ तिरिरहेका छन ।

हुनत धेरै पिई रेसियो हुनु भनेको लगानिकर्ता उक्त कम्पनिको भबिस्य प्रती धेरै नै विश्वस्त छन भन्ने पनि अर्थ लाग्छ तर यस्ता कम्पनीहरु लगानिकर्ताको अपेक्षा पुरा भएन भने कम्पनिको मुल्य धेरै नै घट्न सक्छ अथवा भनौ यस्तो कम्पनिमा रिस्क धेरै हुन्छ ।

नोट : यो रिपोर्ट आब २०७९-८० को चौथो त्रैमासमा आधारित रहेको छ । यो बाइ सेल रेकोमेन्डेसन होइन । लगानी गर्नु अघी आँफै अध्ययन अनुसन्धान गर्नुहोला ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here