20 C
Nepal
Monday, September 29, 2025

सवा १३ लाख बढी कित्ता नेसनल हाइड्रोपावरको सेयर बिक्रीमा, न्युनतम १०० रुपैया

spot_imgspot_imgspot_img

नेसनल हाइड्रोपावर कम्पनीको सवा १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिने भएको छ।

कम्पनीको सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१७८ कित्ता हकप्रद बिक्री भएको थिएन । त्यही सेयर भदौ १३ गतेबाट लिलाम बिक्रीमा राखिने छ, इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संस्थाले खरिदका लागि बोलपत्र दिन सक्नेछन ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

आबेदन दिदा न्यूनतम १०० कित्ता र अधिकतम जतीपनी सेयर संख्याका आबेदन दिन सक्नेछ्न ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरमा पेस गर्न सकिनेछ।

यसको अन्तिम मिति भदौ २४ गतेसम्म तोकिएको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here